१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

हिरो का तीन मोटरसाइकल

Share:
  

हिरो मोटोकर्पले आफ्ना तीन नयाँ उत्पादन स्प्लेण्डर आईस्मार्ट–११०, न्यू अचिभर–१५० र नयाँ सुपर स्प्लेण्डर–१२५ बजारमा ल्याएको छ। तीन वटैमा कम्पनीकै प्याटेन्ट रहेको आइडल स्टप–स्टार्ट सिस्टम जडान गरिएको यी बाइकको मूल्य क्रमशः रु.१ लाख ६६ हजार, रु.१ लाख ७६ हजार र रु.२ लाख ३ हजार रहेको छ। स्प्लेण्डर आईस्मार्टमा ११० सीसी क्षमताको टर्क एण्ड डिमाण्ड इञ्जिन जडित छ भने न्यू अचिभरमा प्राविधिक रुपमा उत्कृष्ट दाबी गरिएको बीएस–फोर इञ्जिन जडित छ। त्यस्तै १२५ सीसीको नयाँ सुपर स्प्लेण्डर हिरो को चर्चित बाइक सिरिज 'स्प्लेण्डर' कै पछिल्लो स्वरुप हो।

महिन्द्रा को युवो

महिन्द्रा एण्ड महिन्द्रा को आधिकारिक बित्रे्कता अग्नि इन्कर्पारेटेडले कम्पनीको पछिल्लो उत्पादन युवो ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ। ३०–४५ हर्सपावर सेग्मेन्टको युवोमा पहिलो १२ फरवार्ड र ३ रिभर्स फुल कन्स्ट्यान्ट–मेस गियरबक्स छ। ३० भन्दा बढी कामका लागि प्रयोगमा ल्याउन युवोबाट हार्भेस्टिङ्गदेखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्गसम्मका काम गर्न सकिने कम्पनीले जनाएको छ।

एनसेल को 'एकमा दुई'

एनसेल ले भ्वाइस प्याकमा 'एकमा दुई' अफर सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत एनसेल का प्रिपेड ग्राहकले करसहित २५ पैसा प्रति मिनेटसम्म एनसेल को अन्य नम्बरमा कल गर्न सक्नेछन्।

६ मंसीरदेखि शुरु भएको अफरमा हालकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस्ा प्याक खरीद गर्दा दोब्बर अवधि प्राप्त गर्न सकिन्छ। यसका लागि १७११८ डायल गरेर दैनिक भ्वाइस प्याकका लागि १, साप्ताहिक भ्वाइस प्याकका लागि २ र मासिक भ्वाइस प्याकका लागि ५ थिचेर तथा युएसएसडीबाट सेवा सुचारु गर्न एस्ट्रिक १७११८ ह्यास डायल गरी सेवा सुचारु गर्न सकिनेछ।

स्काईवर्थ को वाशिङ्ग मेशिन

स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक बित्रे्कता स्मार्ट एप्लाइन्सेसले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजीसहितको स्काईवर्थ वाशिङ्ग मेशिन प्रस्तुत गरेको छ। १० वर्षको वारेण्टी भएको यस वाशिङ्ग मेशिनमा ऊर्जा तथा पानीको बचत, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ्ग टब तथा चाइल्ड लक जस्ता विशेषता रहेको जनाइएको छ। रु.८१ हजार मूल्यको यो वाशिङ्ग मेशिन माघ मसान्तसम्म खरीद गर्दा रु.३ हजार बराबरको राइस कुकर उपहार पाइन्छ।

सीजी को ब्लाज मिनी

सीजी मोबाइल्सले नयाँ स्मार्टफोन ब्लाज मिनी बजारमा ल्याएको छ। ४ इन्चको डिस्प्ले, ८ जीबीको रोम, ३२ जीबी मेमोरी, ५ मेगापिक्सेलको क्यामेरा तथा २०५० एम्पियरको ब्याट्री सुविधासहितको यो स्मार्टफोन मध्यम तथा न्यून आयस्तर भएका ग्राहककेन्द्रित रहेको चौधरी ग्रुपको मोबाइल विभागका व्यापार प्रमुख रमेश श्रेष्ठ बताउँछन्। यसको मूल्य रु.५ हजार ५५५ छ।

लिपआइस को जाडो अफर

चिसोमा स्वास्थ्य, छाला र ओठको सुरक्षाका लागि क्रिम उत्पादन गर्दै आएको जापानी कम्पनी रोथो मेन्थोलेटमले यो हिउँदका लागि विशेष अफर ल्याएको छ। जस अन्तर्गत लिपआइस ब्राण्डका हरेक लिप वाममा रु.८६ छूट पाइने जनाएको छ। लिपआइस ब्राण्डका पाँचथरी उत्पादन नेचुरल, स्ट्रवेरी, लेम स्पार्कल, हनी र नेचुरल ओरेन्जमा देशभरि नै छूट पाउन सकिनेछ।

राष्ट्रिय वाणिज्य ब्यांक लिमिटेडले आफ्नो मुख्यालय सिंहदरबार प्लाजाबाटै कर्पोरेट ब्राञ्च सञ्चालनमा ल्याएको छ। योसँगै ब्यांकका १७१ वटा शाखा पुगेका छन्। यसबाहेक ब्यांकको सञ्जाल भित्र ७५ ब्राञ्चलेस ब्यांकिङ्ग, ८६ एटीएम र १६ एक्स्टेन्सन काउन्टर छन्।

लक्ष्मी ब्यांकले पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा नयाँ शाखा स्थापना गरेको छ। इन्टरनेट ब्यांकिङ्ग र मोबाइल फोन ब्यांकिङ्ग सेवासहितका यी दुई शाखासँगै ब्यांकको सञ्जालमा ५९ शाखा, दुई विस्तार काउन्टर र ७९ एटीएम पुगेका छन्।

प्रभू ब्यांकको रुपन्देहीको लुम्बिनीमा शाखा कार्यालय स्थापना गरेको छ। ग्राण्ड ब्यांकसँगको मर्जरपश्चात भैरहवा शाखालाई लुम्बिनीमा स्थानान्तरण गरिएको हो।

नबिल ब्यांकका कर्मचारीहरुले भूकम्पबाट क्षति भएको सिन्धुपाल्चोकको फटकशिला माविलाई भवन निर्माणका लागि सहयोग गरेका छन्। कर्मचारीहरुले आफ्नो तलबबाट कटाएर उठाएको रु.४ लाख १ हजार ७८३ ब्यांकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विद्यालयका प्रधानाध्यापक ईश्वर चौलागाईंलाई हस्तान्तरण गरेका छन् ।

comments powered by Disqus

रमझम