१९-२५ मंसिर २०७३ | 4-10 December 2016

शिवम् को प्राविधिक भ्यान

Share:
  

शिवम् सिमेन्टले निःशुल्क परामर्श तथा जनचेतनाका लागि प्राविधिकसहितको कम्पि्रहेन्सिभ स्ट्रेन्थ टेस्टिङ मेसिन जडित भ्यान सेवा शुरु गरेको छ। निर्माणस्थलमै पुगेर निर्माण सामग्रीहरूको गुणस्तर र प्रयोग सम्बन्धी प्राविधिक ज्ञान निःशुल्क रुपमा उपलब्ध गराउन प्राविधिक सेवा विभाग गठन गरेर सेवा शुरु गरेको छ।
प्राविधिक टीममा नेपाल र भारतका सिमेन्ट उद्योगमा ३० वर्षभन्दा बढी समय प्राविधिक कार्य गरेका वरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ इन्जिनियरहरू रहेको कम्पनीले जनाएको छ। त्यसका लागि निःशुल्क टोल फ्रि नं. १६६००१२३२१ (एनटीसी) र ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

ओप्पो को मूल्य घट्यो

ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल 'ए ३७' को मूल्यमा रु.२ हजार २०० कटौती गरेको छ। अब ५ इञ्च आईपीएस डिस्प्लेसहितको यस फोनको मूल्य रु.२० हजार ४९० कायम भएको छ। ५ मेगापिक्सेलको फ्रण्ट फेसिङ क्यामेरासहितको 'ए ३७' मा अटो फोकस सुविधासहितको ८ मेगापिक्सेल क्षमताको रियर क्यामेरा रहेको छ। फोनमा २ जीबी र्‍याम र १६ जीबी रोम छ भने अतिरिक्त सञ्चयका लागि १२८ जीबीसम्मको एसडी कार्ड राख्न सकिने कम्पनीले जनाएको छ।

डिलक्स हि्वस्की

प्रिमियर अर्गानिक्स प्रालिले 'ह्वेन सक्सेस निड्स अ फ्रेन्ड' को नारासहित रोयल रिजर्भ डिलक्स ह्विस्की बजारमा ल्याएको छ। स्कच माल्टस् र ग्रेन स्पिरिटहरूको मिश्रणसहितको यस ह्विस्कीमा कम्प्लेक्स फ्लेवर, गोल्डेन ह्यू र कमान्डिङ रिच अरोमा रहेको कम्पनीले जनाएको छ। यसैबीच प्रिपियरले विश्वको आइकनिक रम ब्राण्डहरूमध्ये एक ओल्ड मंक लाई नेपाली बजारमा भित्र्याएको छ। ओल्ड मंक डार्क रममा सन् १८५५ देखिको ऐतिहासिक पुरानो डिस्टिलरीमा ७ वर्षसम्म म्याचुर गरेर राखिएका ब्लेन्डस् रहेको जनाइएको छ। नेपालमै ब्लेन्ड गरिएको यो रम ७५० एमएल, ३७५ एमएल र १८० एमएलमा उपलब्ध छ।

होन्डा को हाते ट्रयाक्टर

होण्डा पावर प्रोडक्टको वितरक स्याकार टे्रडिङ्ग कम्पनीले होन्डा एफजे–५०० मोडलको मल्टिपल होन्डा टिलर (हाते ट्रयाक्टर) नेपाली बजारमा भित्र्याएको हो। जीएक्स १६० ओएचभी सिलेन्डर, फोर स्टोक, एसी, ५.५ एचपीको इन्जिनसहितको यो टिलरले ५ देखि ८ फिटसम्म गहिराइ तथा १८ देखि ३६ फिटसम्मको चौडाइमा आवश्यकता अनुसार घाँस उखेल्ने, खेत जोत्ने, सम्याउने र ड्याङ्ग बनाउन सक्छ। प्रतिघण्टा एक लिटर इन्धनको खपतमा एक रोपनी नै खेत जोत्न सक्ने यस टिलरको मूल्य रु.१ लाख ६० हजार रहेको छ।

हुन्डाई का नयाँ एस्काभेटर

कस्ट्रक्शन सलुसनले हुन्डाई कन्स्ट्रक्शन इक्वीपमेन्ट इण्डियाको उत्पादन आर ३४० एलसी–७ र आर ३९० एलसी–९ मोडलका एस्काभेटर बजारमा ल्याएको छ। यसअघि हुन्डाई का आर २२० एलसी–७, आर २१५ एलसी–७, आर १४० एलसी–९ र आर ८० एलसी–७ मोडलका एस्काभेटर नेपाली बजारमा भित्रिसकेका छन्।

टीभीएस मा नयाँ अफर

टीभीएस मोटर कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर २०० ४भी बाइकको खरीदमा टीभीएस ब्राण्डेड रेसिङ गियर उपहार दिने भएको छ। 'अनलिस द बेस्ट इन यू विथ टीभीएस ब्रान्डेड रेसिङ गिअर' नाम दिइएको योजनामा रु.२० हजार बराबरको टीभीएस ब्रान्डेड रेसिङ गिअर उपहार पाउनेछन्। यो योजना २५ नोभेम्बरदेखि १ डिसेम्बरसम्मका लागि काठमाडौं उपत्यकाभित्रको बाइक खरीदमा लागू हुने कम्पनीले जनाएको छ।

comments powered by Disqus

रमझम