सिटी बाट पैसा पठाउँदा घडेरी

Share:
  

सिटी एक्सप्रेस मनी ट्रान्सफर बाट पैसा पठाएका लक्ष्मीनिया–७ महोत्तरीका सन्दिपकुमार महतोले घडेरी उपहार जितेका छन्। गत दशैं, तिहार र छठको अवसरमा सञ्चालित 'सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्' योजना अन्तर्गत सन्दिपले बम्पर उपहारमा काठमाडौं उपत्यकामा ४ आना घडेरी जितेका हुन्। त्यस्तै अन्य १२ जनाले साप्ताहिक उपहार अन्तर्गत १२ थान ३२ इन्च एलईडी टेलिभिजन जितेको सिटी एक्सप्रेस ले जनाएको छ।

सामाजिक सहकार्यमा होण्डा

होण्डा मोटरसाइकल र स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी (एसटीसी)ले 'आई डियोड ईट' नामक सामाजिक सहकार्य अभियान शुरु गरेको छ। ८ हप्तासम्म चल्ने यो अभियानमा रमाइलो भिडियो बनाएर होण्डा नेपाल को फेसबूक पेजमा पोष्ट गरेर सर्वाधिक लाईक पाउने भिडियोलाई प्रत्येक साता रु.२५ हजार नगद पुरस्कार दिइनेछ। यससँगै पुरस्कृत भिडियो निर्माताले रोजेको गैरसरकारी संस्थालाई रु.१ लाख प्रदान गरिनेछ। साथै आठहप्ताको अवधिमा सर्वाधिक लाईक पाउने भिडियो निर्मातालाई थप रु.१ लाख नगद पुरस्कार प्रदान गरिनेछ।

ड्याटसन को मेगा डिल

प्रत्येक खरीदकर्ताले एउटा उपहार पाउने गरी पायोनियर मोटोकर्पले 'ड्याटसन मेगा डिल अफर' ल्याएको छ। अफर अन्तर्गत सात वर्षसम्मको किस्ताबन्दीमा खरीद गर्नेका लागि ५.९९ प्रतिशत ब्याजमा फाइनान्स सुविधा, पहिलो वर्षको निःशुल्क सडक कर, फ्रि एस्सेसरिज, तीन वर्षको वारेन्टी र निःशुल्क सर्भिसिङसँगै प्रत्येक खरीदकर्तालाई सिओमी रेदमी–२ प्रो, १० भाग्यशाली विजेतालाई ब्यांकक् भ्रमण र एकजना भाग्यशाली विजेतालाई बम्पर उपहारमा ड्याटसन रेडी–गो गाडी प्रदान गरिनेछ। एनडीटिभी कार एण्ड बाइक अवार्डस्–२०१७ मा ड्याटसन रेडी–गो ले 'स्मल कार अफ दि ईअर' को उपाधि पाएको खुशियालीमा यो अफर ल्याएको कम्पनीले जनाएको छ।

सुजुकी भिटारा ब्रेजा लाई तीन उपाधि

'सीएनबीसी–टीभी १८ ओभर ड्राइभ–२०१७ अवार्डस्' मा सुजुकी भिटारा ब्रेजा ले तीन भिन्न अवार्ड जित्न सफल भएको छ। कम्पनीका अनुसार अवार्डस्को 'कम्प्याक्ट एसयूभी अफ दि इयर', 'कार अफ दि इयर' र 'भ्यूअर्स च्वाइस कार अफ दि इयर' को अवार्ड भिटारा ब्रेजा ले जित्न सफल भएको हो।


नेपाल क्रेडिट एन्ड कमर्स ब्यांक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्यांक, एपेक्स डेभलपमेन्ट ब्यांक, सुप्रिम डेभलपमेन्ट ब्यांक र इन्टरनेशनल डेभलपमेन्ट ब्यांक एकापसमा गाभिएका (मर्ज भएका) छन्। मर्जपछि कुल चुक्ता पूँजी रु.४ अर्बभन्दा माथि पुर्‍याएको यो ब्यांक यसपछि नेपाल क्रेडिट एण्ड कमर्स ब्यांककै नामबाट सञ्चालित हुनेछ।

सिटीजन्स ब्यांक इन्टरनेसनलले २५ प्रतिशत अर्थात् १०ः२.५ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। १ माघदेखि सार्वजनिक निष्काशन गरिने धितोपत्रको बिक्री एएसबीए (एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड अमाउन्ट) प्रणालीबाट गरिने ब्यांकका प्रवक्ता गणेशराज पोखरेल बताउँछन्।

एनआईसी एशिया ब्यांकले पाँचथरको फिदिम नपा–१, मेनलाइनमा शाखा स्थापना गरेको छ। योसहित ७९ शाखा, तीन एक्स्टेन्सन काउन्टर तथा ६९ एटीएम पुगेको छ।

हिमालयन ब्यांक लि.ले भक्तपुर, भीमसेनस्थान–७ स्थित 'सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम' लाई सहयोग गरेको छ। ब्यांकले दश हजार थान ओपीडी टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुई थान कम्प्युटर सेट प्रदान गरेको हो। हिमालयन ब्यांकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्रीहरु सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई हस्तान्तरण गरेका हुन्।

भिबोर सोसाइटी डेभलपमेन्ट ब्यांक लि. 'बेस्ट इन्टरप्राइज अवार्ड' बाट सम्मानित भएको छ। ब्यांकलाई लण्डनमा आयोजित समिट अफ लीडर्स–२०१६ मा यूरोप बिजनेस एसेम्ब्ली (ईबीए)ले यो अवार्डबाट सम्मानित गरेको हो। ईबीएले भिबोरका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई 'म्यानेजर अफ दि इअर' समेत घोषणा गरेको ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

रमझम