८-१४ फागुन २०७३ | 19-25 February 2017

नगदपति बनाउँदै बर्जर

Share:
  

बर्जर पेन्ट्सले 'नगदपति अफर' ल्याएको छ। जसअन्तर्गत बर्जर पेन्ट्स लगाउने घरधनीले लक्की ड्रमार्फत रु.१० लाख जित्न सक्छन्। यसबाहेक दुई जनाले रु.१–१ लाख, तीन जनाले रु.५०–५० हजार, चार जनाले रु.२५–२५ हजार र १० जनाले रु.१०–१० हजार जित्न सक्छन्। आफ्नो उत्पादनको ब्रान्ड एम्बेसडर नायिका प्रियंका कार्कीसहित विशेषज्ञको निर्णायक समितिले पाँचै विकास क्षेत्रबाट बर्जर बाट घर रङ्ग्याएका १० उत्कृष्ट घर चयन गर्ने र ती घरधनीले रु.१ लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै जुरी च्वाइस तथा पब्लिक च्वाइस अवार्ड (बर्जर को फेसबूक पेजमा घरको फोटो अपलोड गरी सबैभन्दा धेरै लाइक पाउने घरधनी) अन्तर्गत उत्कृष्ट दुई घरधनीले रु.१०–१० हजार तथा ३० शहरका ३० उत्कृष्ट घरधनीले रु.१५–१५ हजार पाउनेछन्।

माइक्रोम्याक्स को नयाँ फोन

माइक्रोम्याक्स ले आफ्नो पछिल्लो स्मार्टफोन क्यानभास अल्ट्रा एमवान बजारमा ल्याएको छ। अक्टाकोर प्रोसेसर र एन्ड्रोइडको मार्शमाल्लो अपरेटिङ्ग सिस्टमसँगै थ्री जीबीको र्‍याम तथा ३२ जीबीको रोम जडित यो फोनमा ५.५ इन्चको एफएचडी डिस्प्ले, ४००० एम्पियरको ब्याट्री, १३ र ५ मेगापिक्सेलको क्रमशः रियर र फ्रन्ट क्यामरा रहेको छ। ड्युअल र हाईब्रिड स्लटसहित थ्रीजी र फोरजी भोल्ट नेटवर्कलाई पनि सपोर्ट गर्ने क्यानभास अल्ट्रा एमवानको मूल्य रु.२२ हजार ८९९ रहेको छ।

गुडलाइफ चकलेट बजारमा

एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.ले नयाँ 'गुडलाइफ डेरी मिल्क' चकलेट बजारमा ल्याएको छ। उच्चस्तरीय र परिष्कृत मेशीनहरूबाट उत्कृष्ट घाना कोकाको प्रयोग गरी उत्पादित गुडलाइफ डेरी मिल्क चकलेटको मूल्य रु.१० रहेको छ। गुडलाइफ ब्रान्डमा कम्पनीले ४० थरी बिस्कुट र २० थरी चकलेट उत्पादन गर्दै आएको छ।

त्यस्तै कम्पनीले 'टि्रट क्रिम रोल' पनि बजारमा ल्यएको छ। वेफर चकलेट, स्ट्रबेरी, ओरेन्ज र मिल्क स्वादमा रहेको क्रिम रोलको मूल्य रु.५ रहेको छ।

साओमीको एमआई–५ एस प्लस

चिनिया' कम्पनी साओमीको एमआई–५ एस प्लस स्मार्टफोन स्थानीय बजारमा आएको छ। ५.७ इन्चको डिस्प्ले, ४ जीबी र्‍याम, ६४ जीबी रोम, ३८०० एम्पियरको ब्याट्री, ४ मेगापिक्सेलको फ्रन्ट र १३ मेगापिक्सेलको रिअर क्यामरासहितको यो फोनको मूल्य रु.५२ हजार ९९९ रहेको छ। डुअल सीम लाग्ने अल्ट्रासोनिक फिंगर प्रिन्ट सेन्सरसहितको यो स्मार्टफोनले फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

स्प्राइटबाट ताजापन अफर

कोकाकोलाले आफ्ना उत्पादनहरू कोक, फ्यान्टा र स्प्राइटको खरीदमा नयाँ अफर ल्याएको छ। अफर अनुसार २.२५ लीटरको कोक, फ्यान्टा र स्प्राइटको बोतल खरीदमा आँपको स्वादमा रहेको माजा उपहार पाइनेछ। उपभोक्तामाझ्ा कोक, फ्यान्टा र स्प्राइटको रुचि कायम राख्नुका साथै आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।

ललितपुरमा एक्सीएमजीको शोरुम

आईडीएमसी प्रा.लि.ले एक्सीएमजी नामक हेभी इक्युपमेन्टकोे एक्सक्लुसिभ शो–रुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ। शो–रुममा एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन उपलब्ध हुने कम्पनीले जनाएको छ।

सिटीजन्स ब्यांकले ४ फागुनदेखि लागू हुने गरी पाँचवर्षीय मुद्दती योजना सार्वजनिक गरेको छ। मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म व्याजदर, एकदेखि पाँच वर्षसम्म समयावधि भएको यो योजनामा रु.१ लाखमा मुद्दती खाता खोल्न सकिनेछ। त्यस्तै ४ फागुनदेखि लागू हुने गरी सबै बचत खाताहरूमा १ प्रतिशतका दरले व्याज वृद्धि गरेको ब्यांकले जनाएको छ।

भिबोर सोसाइटी डेभलपमेन्ट ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत झ्ालकप्रसाद खनाललाई 'म्यानेजर टु वाच २०१६' को उपाधिले सम्मानित गरिएको छ। नेपाल व्यवस्थापन संघले ३६औं साधारण सभामा खनाललाई सम्मान गरेको हो।

हिमालयन ब्यांक लिमिटेडले काठमाडौंको सीतापाइला, आदेश्वरस्थित हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। चिल्ड्रेन होमका २१ जना बालबालिकालाई स्कूल ब्याग, जुत्ता तथा खाद्यान्न प्रदान गरिएको हो।

मुक्तिनाथ विकास ब्यांक लि.ले पोखरा, कास्कीमा रहेेको केन्द्रीय कार्यालयलाई कमलादी, काठमाडौंमा स्थानान्तरण गरेको छ। ४ फागुनमा नेपाल राष्ट्र ब्यांकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुक्तिनाथ विकास ब्यांक, केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन्।

comments powered by Disqus

रमझम