६-१२ चैत २०७३ | 19-25 March 2017

एचआर मीट हुँदै

Share:
  

ग्रोथ सेलर्सले आयोजना गर्दै आएको मानव संसाधन भेला (एचआर मीट) को दशौं संस्करण 'एचआर मीट–२०१७' काठमाडौंमा १६–१७ चैतमा आयोजना हुने भएको छ। 'एचआर फर अल, अल फर एचआर' भन्ने नाराका साथ आयोजना हुन लागेको एचआर मीटमा विभिन्न क्षेत्रका २५० जनाको सहभागिता रहने आयोजक समितिका संयोजक मोहन ओझाले जानकारी दिए। भेलामा भारतबाट टीभीआरएलएसका अध्यक्ष प्रा.डा. टी.भी. राव, ज्याभियर लेवर रिलेसन इन्ष्टिच्यूटका प्रा.डा. आई.एस.एफ. राज वक्ता रहेका छन्। डीएभी कलेज अफ म्यानेजमेन्ट एसोसिएट पार्टनर रहेको भेलाको मुख्य प्रायोजक निम्बल इन्फोसिस प्रालि रहेको छ।

बजाज को नयाँ योजना

बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिले नयाँ वर्ष २०७४ का लागि 'सुन्दर रमणीय नेपाल' योजना सार्वजनिक गरेको छ। नेपालको भूगोल, संस्कृति र परम्परालाई चिनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ। योजनाअन्तर्गत कुनै पनि बजाज मोटरसाइकलको खरीद गर्दा लक्की ड्रमार्फत एक जनालाई भ्रमणका लागि रु.७४ हजार प्रदान गरिनेछ। त्यस्तै प्रत्येक मोटरसाइकलको खरीदमा रु.७ हजार ४०० नगद छूट समेत दिइनेछ।

ओप्पो को एफथ्री प्लस

ओप्पो मोबाइलले १० चैतमा संसारभरि एकै पटक एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। नयाँ डुअल सेल्फी क्यामेरा सहितको स्मार्टफोनमा १६ मेगापिक्सेलको प्रमुख क्यामेरा र ८ मेगापिक्सेलको सव–क्यामेरा रहेको छ। “उत्पादनमा नवप्रवर्द्धन ओप्पो को मूल उद्देश्य तथा प्रमुख ब्राण्ड भ्यालू हो” ओप्पो का उपाध्यक्ष तथा इन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भनेका छन्। एफथ्री प्लसले सेल्फी प्रविधिलाई नयाँ उँचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्ने उनको दाबी छ।

रेनल्ट को 'वाउ अफर'

रेनल्ट गाडीको नेपालस्थित आधिकारिक वितरक एड्भान्स अटो मोबाइल्स प्रालिले 'रेनल्ट वाउ अफर' ल्याएको छ। नयाँ वर्षका लागि ल्याइएको यो योजना अन्तर्गत रेनल्ट का क्विड र डस्टर गाडी मासिक किस्ताबन्दीमा खरीद गर्न सकिन्छ। ८.९९ प्रतिशत वार्षिक ब्याजदरसहितको फाइनान्सको सुविधामा उपलब्ध यस अफर अन्तर्गत क्विडका लागि रु.१३ हजार ३५७ र डस्टरका लागि रु.२८ हजार २०० ईएमआईमा गाडी पाउन सकिन्छ। यससँगै दुवै गाडीका लागि पाँच वर्षको वारेन्टीसहित दुई वर्षको निःशुल्क सर्भिस, एक वर्षको निःशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छूटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

नेबिको नयाँ प्याकेजिङमा नेबिको सुगर फ्रि बिस्कुट नयाँ प्याकेजिङमा बजारमा आएको छ। उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ गरिएको कम्पनीले जनाएको छ। हावा नछिर्ने गरी प्याकेजिङ गरिएको नेबिको बिस्कुट ११० ग्रामको प्याकेटको रु.५० र २२० ग्रामको रु.१०० मूल्य तोकिएको छ।

होङ्सी शिवम् सिमेन्ट खुल्दै

नेपाली र चिनियाँ कम्पनीको संयुक्त लगानीमा नवलपरासीमा होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालन हुने भएको छ। करीब रु.५२ अर्बको लगानीमा स्थापना हुने उद्योगमा रु.३६ अर्ब चीनको होङ्सी सिमेन्ट उद्योगले लगानी गर्ने जनाइएको छ। बाँकी रु.१६ अर्ब लगानी शिवम् सिमेन्ट को रहेको छ।

उद्योगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने सिमेन्ट) उत्पादन गर्ने भएको छ। दुवै प्रकारको दैनिक १२ हजार टन सिमेन्ट र क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। उद्योग सञ्चालनमा आएपछि दुई हजार कामदारले रोजगारी पाउने कम्पनीको दाबी छ।

उद्योग स्थापनाका लागि गत वैशाखदेखि नै काम शुरु भएको थियो। ११५ बिघा जग्गा खरीद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निर्माणको काम थालिएको हो। अझै थप १५० बिघा जग्गा खरीद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ ।

comments powered by Disqus

रमझम