३-९ वैशाख २०७४ | 16-22 April 2017

वाइवाइ को नयाँ अभियान

Share:
  

नागरिकलाई असल व्यवहारप्रति जागरुक गराउन भन्दै सीजी फुड्स, नेपालले आफ्नो उत्पादन वाइवाइ चाउचाउमा 'बनौं आदर्श नागरिक' अभियान शुरु गरेको छ। सबैलाई सहभागी हुन आग्रह गरेको सीजीले यो अभियानलाई सवारी दुर्घटनामा परेका व्यक्तिलाई सघाउन प्रोत्साहन गर्नमा केन्द्रित गरेको छ। ट्राफिक प्रहरी र सडक समन्वय समितिसँगको सहकार्यमा अभियान अन्तर्गत दुर्घटनामा उद्धार तथा घाइतेलाई अस्पताल पुर्‍याउन सहयोग गर्नका लागि प्रेरित गर्ने सन्देशहरु सञ्चारमाध्यमबाट प्रसारण गरिनेछ। दीर्घकालीन रुपमा सञ्चालन हुने यो अभियानअन्तर्गत सडक दुर्घटनाका घाइतेलाई अस्पताल पुर्‍याउने व्यक्तिलाई नगद रु.११०० पुरस्कार प्रदान गरिनेछ।

अर्ना चढ्छ मजाले

यती ब्रुअरीले अर्ना लाइट र अर्ना स्ट्रङ्ग बियर बजारमा ल्याएको छ। 'हाइ अन फन लो अन क्यालोरी' नारा बोकेको अर्ना लाइट मा निकै कम क्यालोरी अर्थात् सामान्य माइल्ड बियरको तुलनामा क्यालोरी २० प्रतिशत र कार्बोहाइड्रेट ३४ प्रतिशत कम रहेको कम्पनीको दाबी छ।

त्यस्तै 'चढ्छ मज्जाले' भन्ने नारासहित प्रस्तुत गरिएको अर्ना स्ट्रङ बियर स्ट्रङ अल्कोहल रुचाउने उपभोक्ता लक्षित छ। चितवनको चैनपुरस्थित ब्रुअरीमा उत्पादित ६५० मि.लि.का अर्ना लाइट र अर्ना स्ट्रङ्ग मा अल्कोहलको मात्रा क्रमशः ४.६ र ६.५ प्रतिशत रहेको छ।

मेगा को 'नानीमा लागेको बानी'

मेगा ब्यांक नेपाल लिमिटेडले 'नानीमा लागेको बानीः आज बचाउँ्क, जिन्दगीभरि रमाउँ' अभियान शुरु गरेको छ। बालबालिकामा सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको ब्यांकले जनाएको छ।

रकफोर्ट हि्वस्की बजारमा

धनुषा डिस्ट्रिलरीले नयाँ वर्षको अवसरमा आफ्नो पछिल्लो उत्पादन रकफोर्ट इम्पोर्टेड रिजर्भ प्रिमियम ह्विस्की बजारमा ल्याएको छ। आठ वर्ष पुरानो स्कच र माल्ट आयात गरी यो ह्विस्की उत्पादन गरिएको कम्पनीले जनाएको छ। अहिले ७५०, ३७५ र १८० मि.लि. मा उपलब्ध रकफोर्ट को उपभोक्ता मूल्य क्रमशः रु.१८२०, रु.९१० र रु.४६० रहेको छ।

सामसङ को नयाँ वर्ष अफर

सामसङ कन्जुमर इलेक्ट्रोनिक्स्, नेपालले नयाँ वर्षको अवसरमा 'क्या समय नव वर्ष २०७४' अफर ल्याएको छ।

यस अफर अन्तर्गत कन्जुमर इलेक्ट्रोनिक्स् प्रोडक्टमा २० प्रतिशतसम्म 'क्यासब्याक' रहेको कम्पनीले जनाएको छ। नयाँ वर्षको उपहारस्वरुप गुणस्तरीय उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किममार्फत सेवा दिने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ। यो अफर १ जेठसम्म जारी रहनेछ।

भायनेट को नयाँ वर्ष अफर

इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले नयाँ वर्ष २०७४ को अवसरमा 'नयाँ वर्षमाः खोजेको के हो?' अफर ल्याएको छ। अफर अन्तर्गत ग्राहकहरुले भायनेट को इन्टरनेट र नेट टिभी एउटै प्याकेजमा लिन सक्नेछन्। वार्षिक ग्राहकका लागि रु.१२८५ मा उपलब्ध कम्बो प्याकेजअन्तर्गत २ एमबीपीएस स्पिडको इन्टरनेटका साथै १२१ वटा च्यानल भएको नेट टिभी हेर्न पाइन्छ। सन् २०११ मा स्थापना भएको भायनेट को काठमाडौं उपत्यकाभर फाइबर कभरेज रहेको छ।

देवः विकास ब्यांक लिमिटेडले साझा विकास ब्यांक लिमिटेड र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति (अक्वायर)गर्ने समझदारी भएको छ। दुवै संस्थासँग छुट्टाछुट्टै भएको समझदारी पत्रमा देवः विकास ब्यांकका तर्फबाट अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले हस्ताक्षर गरेका छन् भने साझा विकास ब्यांकका तर्फबाट संचालक समिति अध्यक्ष फकिरसिंह कडायत तथा युनियन फाइनान्सका तर्फबाट सञ्चालक समिति अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया ब्यांकले झ्ाापाको बुधबारे र सुनसरीको झुम्कामा नयाँ शाखा खोलेको छ। नयाँ शाखामार्फत ब्यांकका सम्पूर्ण सेवा तथा सुविधा त्यस क्षेत्रका उपभोक्तालाई प्रदान गरिने ब्यांकले जनाएको छ।

एभरेष्ट ब्यांकले कमलपोखरीको जैन भवनमा नयाँ एटीएम सेवा शुरुआत गरेको छ। योसँगै ब्यांकका ८८ एटीएम सेवा पुगेका छन्।

एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेज) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता भएको छ। यो सम्झौतापछि यूरोप तथा अमेरिकाबाट पठाइएको रेमिट्यान्स सिटी एक्सप्रेस मनी ट्रान्सफरको भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिनेछ।

comments powered by Disqus

रमझम