१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

कोबेल्को को एस्काभेटर

Share:
  

कोबेल्को एस्काभेटरको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सनले २१ टन क्षमताको एस्काभेटर भित्र्याएको छ। कोबेल्को एसके–२२० एक्स डी मोडलको एस्काभेटर शक्तिशाली, इन्धन किफायती र उच्च उत्पादकत्व दिने गरिको रहेको पूजा कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छे बताउँछन्। जापानी प्रविधिमा आधारित प्रति घण्टा ११–१२ लीटर डिजल खपत गर्ने एसके २२० एक्स डीको मूल्य रु.९७ लाख रहेको छ।

रेडमी को नोट फोर

वत्सल इम्पेक्सले साढे पाँच इन्चको डिस्प्ले, धातु जडित बडी, २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसरयुक्त रेडमी नोट फोर मोबाइल सेट बजारमा ल्याएको छ। चार जीबी र्‍याम, ६४ जीबी रोम, ४१०० एमएएचको ब्याट्री र १३ मेगापिक्सलको क्यामरा रेडमी नोट फोरका थप विशेषता हुन्। यसको अग्रिम बुकिङ्ग मूल्य रु.२८ हजार ४९९ तोकिएको छ।

एयरटेक को बिक्रेता स्मार्ट

स्मार्ट एप्लायन्सेस नेपालका लागि एयरटेक कुलरको आधिकारिक बिक्रेता नियुक्त भएको छ। यससँगै स्मार्ट एप्लायन्सेसले एयरटेक को डेजर्ट कुलिङ्ग सिरिजअन्तर्गतका दुई वटा मोडल नेपाल भित्र्याएको छ। यी दुवै मोडलमा कुलिङ्ग मिडिया, वाटर सप्लाई कनेक्सन तथा बिल्ट–इन वाटर ओभरफ्लो प्रोटेेक्सन सिस्टम, ५२ लीटरको वाटर ट्यांक क्षमता तथा कार्बन डस्ट फिल्टर र शतप्रतिशत कपर मोटरको सुविधा रहेको कम्पनीले जनाएको छ।

लेनोभो मा 'क्यास ब्याक'

नेपालका लागि लेनोभो स्मार्ट फोनको आधिकारिक बिक्रेता लाईफ कम प्रालिले 'मनसुन अफर क्यास ब्याक योजना' ल्याएको छ। योजनाअन्तर्गत 'भाइव के–६ नोट' र 'भाइव पी–१ टर्बो' खरीदमा रु.१/१ हजार र ए–६६०० खरीदमा रु.५०० नगद फिर्ता दिइने जनाइएको छ। १२ जेठदेखि ३१ असारसम्म चल्ने योे अफर अरु केही लेनोभो स्मार्ट फोनहरुमा समेत लागू हुने कम्पनीले जनाएको छ।

महिन्द्रा को निःशुल्क सर्भिसिङ

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले केयूभी–१०० को पहिलो वार्षिकोत्सवको अवसरमा फ्रि सर्भिस क्याम्प सम्पन्न गरेको छ। ११ र १२ जेठमा आयोजित क्याम्पमा निःशुल्क परीक्षण, सर्भिसिङ तथा लुब्रिकेन्ट र स्पेयर पार्टस्मा १५ प्रतिशत छूटको व्यवस्था गरिएको थियो।

भोटिङ, 'फेस अफ फेसिनो' का लागि

यामाहा ले मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई 'फेस अफ फेसिनो' अवार्ड प्रदान गर्ने भएको छ। र, अवार्ड विजेताले यामाहा को फेसिनो स्कूटर उपहार प्राप्त गर्नेछिन्। फेसबूक र यामाहा शोरुमहरुमार्फत पब्लिक भोटिङ गरेर विजेता तय गरिने यस अवार्डका लागि ५–१९ जेठ अपराह्न ३ बजेसम्म भोट दिन सकिन्छ। यस्तै भोटिङमा सहभागीहरुमध्येबाट एक जनाले सामसुङ को एस–८ मोबाइल सेट पाउने कम्पनीले जनाएको छ।

एभरेष्ट ब्याङ्कले 'निक्षेप परिचालन योजना' शुरुआत गरेको छ। योजनाअन्तर्गत बचत तथा चल्ती खाता खोल्नमा जोड दिएको ब्यांकले खाता खोल्न आवश्यक न्यूनतम मौज्दातमा ५० प्रतिशत घटाएको छ। वित्तीय समावेशितालाई प्रोत्साहन र निक्षेपको आधार अझ मजबूत बनाउन भन्दै १ जेठमा शुरु गरिएको यो योजनाको अवधि एक महीनाको रहेको छ।

एनआईसी एशिया ब्याङ्कले विभिन्न चार स्थानमा शाखा विस्तार गरेको छ। रुपन्देहीको मणिग्राम, रुद्रपुर, सालझण्डी र कास्कीको नयाँ पुलमा ब्याङ्कको शाखा स्थापना भएको हो। हरेक सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने लक्ष्य लिएको ब्याङ्कको शाखा १०७ पुगेको छ ।

comments powered by Disqus

रमझम