केटीएम को नयाँ बाइक

Share:
  

हंसराज हुलासचन्द कम्पनीले केटीएम बाइकका नयाँ मोडल भित्र्याएको छ। नयाँ मोडल– आरसी–३९०, आरसी–२००, ड्यूक–३९०, ड्यूक–२५० र ड्यूक–२०० बाइकमा स्लिपर क्लच, एबीएसलगायतका प्रिमियम सुविधा छन्। आरसी–२०० मा अल्मुनियम स्वीङ आर्म, ट्रेलिस फ्रेम र अपसाइड डाउन सस्पेन्सनलगायतको सुविधा रहेको जनाइएको छ। कम्पनीका अनुसार आरसी–३९० को रु.६ लाख ९० हजार, आरसी–२०० को रु.५ लाख ३० हजार मूल्य रहेको छ। त्यस्तै ड्यूक–३९० को रु.७ लाख, ड्यूक–२५० को रु.५ लाख ३५ हजार र ड्यूक–२०० को रु.४ लाख ४५ हजार मूल्य तोकिएको छ।

फोर्ब्स को उत्कृष्ट ब्राण्डमा हुवावे

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका उत्कृष्ट एक सय कम्पनीमा चिनियाँ मोबाइल कम्पनी हुवावे पनि परेको छ। विश्व बजारको हिस्सा, लगानी, ब्राण्डको मूल्यका आधारमा मूल्यांकन गरेर फोर्ब्स ले सन् २०१७ का लागि विश्वका सय कम्पनीको सूची सार्वजनिक गरेको हो। जसमा हुवावे ८८औं नम्बरमा चीनको एक मात्र ब्राण्डमा परेको छ। हुवावे ले विश्व बजारमा स्मार्टफोनको ९.३ प्रतिशत हिस्सा ओगटेको फोर्ब्स ले उल्लेख गरेको छ।

चिम्नी हुड र कुक सार्वजनिक

सीजीको सहायक कम्पनी ईओएल प्रालिले विभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ। खिया नलाग्ने स्टीलबाट बनेका यी चिम्नी हुड मा टच कन्ट्रोल र इटालियन मोटर जडान गरिएको छ। मोटरका कारण ध्वनि प्रदूषण नहुने भएकाले यो वातावरणमैत्री रहेको कम्पनीको दाबी छ। सबै प्रकारका एलिका स्टाइलिस चिम्नी हुड र कुक मा १५ वर्षको वारेन्टी छ। चिम्नी हुड को मूल्य रु.२६ हजारदेखि रु.५७ हजार र कुक टप्सको मूल्य रु.९ हजारदेखि रु.२९ हजारसम्म छ।

लक्ष्मी ब्यांकका प्रतिनिधि र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर संस्थान परिसरभित्र करीब ७०० बिरुवा रोपेका छन्। आफूलाई 'हरित कम्पनी' को रूपमा चिनाउनका लागि ब्यांकले वातावरणमैत्री अभियानलाई तीव्र बनाएको बताएको छ। ब्यांकले दीर्घकालीन रुपमा 'एक खाता, एक रुख', 'सोलार लोन', 'साइकल लोन' लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

नबिल ब्यांक लिमिटेड र ब्रिटिश काउन्सिलबीच आईएलटीएस लगायतका विभिन्न टेस्ट परीक्षाको शुल्क संकलनका लागि सम्झौता भएको छ। सम्झ्ाौता अनुसार काउन्सिलले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने विद्यार्थीले तिर्नुपर्ने शुल्क नबिलका निश्चित शाखाहरुमा जम्मा गर्न सकिन्छ। यो सेवा बुटवल, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, बिर्तामोड, पोखराका शाखाबाट १ असारदेखि र काठमाडौंका तीनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँबानेश्वर, कान्तिपथ, बालाजु, चाबहिल शाखाबाट ४ असारदेखि सञ्चालन हुने भएको छ।

एभरेष्ट ब्यांक लिमिटेड र बेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ। यसअघि नै ब्यांकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा 'एभरेष्ट रेमिट' सँगै इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न युनियन मनि ट्रान्सफर तथा क्यास एक्सप्रेसमार्फतका रेमिट्यान्सको पनि भुक्तानी सेवा दिंदै आएको छ ।

comments powered by Disqus

रमझम