एनसेल को फोरजी सेवा विस्तार

Share:
  

एनसेल ले कास्कीको पोखरा र तनहुँको दमौलीमा फोरजी सेवा विस्तार गरेको छ। १८ जेठदेखि काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा शुरु गरेको एनसेल ले सन् २०१७ भित्र १५ शहरमा यसलाई विस्तार गर्ने लक्ष्य राखेको छ।

फोरजी सीम नलिएका ग्राहकले आफूले प्रयोग गरिरहेको सीमलाई एनसेल सेन्टरमा गई फोरजी चल्ने सीम (यूसीम) सँग निःशुल्क साट्न सक्ने एनसेल ले जनाएको छ। पोखरा र दमौलीसँगै मुलुकको १० प्रतिशत जनसंख्याको बीचमा फोरजी सेवा पुगेको एनसेल को दाबी छ।

फोरजी सेवाको विस्तारसँगै एनसेल ले साप्ताहिक कम्बो प्याक 'वान प्लान' ल्याएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार रु.१५०, रु.३०० र रु.५०० को प्याक खरीद गरी डेटा, टक टाइम र एसएमएसको फाइदा लिन सक्ने एनसेल ले जनाएको छ।

क्लासिक विथ स्कच

गोर्खा ब्रुअरीले टुबोर्ग बियरको नयाँ उत्पादन क्लासिक विथ स्कच माल्टस् बजारमा ल्याएको छ। यो उत्पादनले आफ्नो बजारलाई थप बढावा दिने कम्पनीले विश्वास लिएको छ।

सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा भित्र्याएको टुबोर्ग बियर नै नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड भएको कम्पनीको दाबी छ। ६.५ प्रतिशत अल्कोहलको मात्रा रहेको नयाँ बियरको मूल्य रु.३१० तोकिएको छ।

रन शूज का नौ मोडल

रन शूज इण्डष्ट्रिज प्रालिले विभिन्न नौ मोडलका कलेज जुत्ता बजारमा ल्याएको छ। नयाँ मोडलका जुत्तामा एग सोल प्रयोग गरिएकोले हलुका र आरामदायी हुने कम्पनीको दाबी छ।

रन शूज का हरेक उत्पादनमा ६ महीनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ। कम्पनीले पार्टी, स्पोर्टस्, क्याजुअल, स्कूल/कलेज सुज, लेडिज तथा जेन्स चप्पल गरी हालसम्म ६०० भन्दा बढी मोडल उत्पादन गरिरहेको छ। कम्पनीले पोखरा, बुटवल, बाग्लुङ, धनगढी, नेपालगञ्ज, विराटनगरसहित उपत्यकाभित्र पाँच वटा शोरुम रहेको जनाएको छ।

गज्जब चाउचाउ बजारमा

सिद्धि विनायक स्न्याक्स एण्ड नुड्ल्स प्रालिले गज्जब तयारी चाउचाउ बजारमा ल्याएको छ।

चिकेन र भेजिटेबल दुवै स्वादमा उत्पादन गरिएको चाउचाउको मूल्य रु.२० तोकिएको छ। चाउचाउलाई चाँडै भारतमा पनि निर्यात गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। रुपन्देहीमा उद्योग स्थापना गरी कम्पनीले तीन वर्षदेखि गज्जब ब्रान्डमा बिस्कुट, कुकिज र चिजबल उत्पादन गरिरहेको छ।

कुमारी ब्यांक लिमिटेडले काष्ठमण्डप डेभलपमेन्ट ब्यांक, महाकाली विकास ब्यांक, काँक्रेविहार विकास ब्यांक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडसँग मर्ज गरी एकीकृत कारोबार शुरु गरेको छ। ब्यांकले गत जेठमा नेपाल राष्ट्र ब्यांकबाट चार संस्थालाई मर्ज गरेर एकीकृत कारोबार गर्न स्वीकृति पाएको थियो।मर्जपछि कुमारी ब्यांकको चुक्ता पूँजी रु.६.२ अर्ब पुगेको छ।

लक्ष्मी ब्यांकले सल्यानको श्रीनगरपछि सल्लीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखामार्फत साना व्यवसाय कर्जा र व्यावसायिक कृषि क्षेत्रमा केन्द्रित हुने ब्यांकले जनाएको छ। यो शाखासँगै लक्ष्मी ब्यांकका कुल शाखा संख्या ६९ पुगेको छ।

भिबोर सोसाइटी डेभलपमेन्ट ब्यांकले तनहुँको चन्द्रावती र अरनिको उच्च माध्यमिक विद्यालयमा ब्यांकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। विद्यार्थीलाई ब्यांक तथा ब्यांकिङ क्षेत्र सम्बन्धी ज्ञान दिन कार्यक्रम सञ्चालन गरिएको ब्यांकले जनाएको छ। कार्यक्रममा माध्यमिकदेखि स्नातक तहसम्मका विद्यार्थीको सहभागिता रहेको थियो।

एनआईसी एशिया ब्यांकले कैलालीको बौनियाँमा नयाँ शाखा खोलेको छ। शाखाको उद्घाटन नेपाल राष्ट्र ब्यांक धनगढी कार्यालय प्रमुख विश्रुत थापाले गरे। बौनियाँ एनआईसी एशिया ब्यांकको ९५औं शाखा हो।

माछापुच्छ्रे ब्यांक लिमिटेडको सल्यान शाखाले शारदा नगरपालिका निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। ब्यांकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविरको आयोजना गरेको हो। शिविरमा ५३० बिरामीले स्वास्थ्य परीक्षण गराएको र करीब रु.५ लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम