१-७ साउन २०७४ | 16-22 July 2017

हुन्डाई को जोएफूल अफर

Share:
  

गाडी खरीदमा आकर्षक छूट पाउने गरिको नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बित्रे्कता लक्ष्मी इन्टरकन्टिनेन्टलले 'हुन्डाई जोएफूल अफर' प्रस्तुत गरेको छ। यस अफरअन्तर्गत प्रत्येक हुन्डाई गाडीको खरीदमा आकर्षक नगद छूटसँगै निःशुल्क बीमा तथा रोड ट्याक्स र स्क्र्याच कुपनमार्फत रु.१ लाखसम्मको थप नगद छूट पाउन सकिन्छ। यस्तै चार वर्षसम्म निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाइने पनि कम्पनीले जनाएको छ।

टाँडी र निजगढमा बजाज

हंसराज हुलासचन्द एण्ड कम्पनीले चितवनको रत्ननगर (टाँडी) र बाराको निजगढमा बजाज को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। रत्ननगरस्थित निशान मोटर्स र निजगढको नित्यम ट्रेडर्समार्फत कम्पनीले बजाज को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। शोरुममा मोटरसाइकल खरीदबिक्रीका साथै स्पेयर पार्टस् तथा एसेसरिज समेत पाइने कम्पनीले जनाएको छ।

थ्री–इन–वन बजारमा

बाबा अटोमाटा ट्रेडिङले मल्टिक्स ब्रान्डका गाडीहरु नेपाल भित्र्याएको छ। व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा उपयोगी मल्टिक्स का गाडीमा पनि यसको ट्यूब्लर फ्रेम रहेकाले ज्यादा सुरक्षित हुने कम्पनीको दाबी छ। फोर स्ट्रोक इन्जिनसहित १७२ एमएमदेखि २२४ एमएमसम्मको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीको माइलेज २५ देखि ३० किलोमिटर प्रतिलिटर रहेको कम्पनीले जनाएको छ। पाँच सिट क्षमतामा दुई मोडल र विभिन्न चार रंगमा उपलब्ध मल्टिक्स को मूल्य रु.१२ लाख ५० हजार तोकिएको छ।

डाबर नेपाल २५ वर्षमा

डाबर नेपाल ले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ अर्थात् रजतजयन्ती मनाएको छ। विश्वका १२० राष्ट्रमा आफ्नो उत्पादनको बिक्री गरिरहेको डाबरले नेपालसँगै युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा गरी १९ वटा उत्पादन केन्द्रहरुमार्फत उत्पादन गर्दै आएको छ। एसके वर्मनले स्थापना गरेको डाबरले रियल जुस, च्यवनप्रास, रेड टुथपेस्ट, हाजमोला, अमला हेयर आयल, हनीलगायतका वस्तु उत्पादन गर्दै आइरहेको छ।

सीजीको १०० दिने अफर

सीजी मोबाइल्स प्रालिले १०० दिने सटही अफर ल्याएको छ। अफरअन्तर्गत मोबाइल सेट किनेको १०० दिनभित्र कुनै समस्या देखिएमा सीजीले अर्को मोबाइल दिनेछ। फिचर फोनका मोडेलको खरीदमा मात्र लागू हुने यो अफरमा सीजीको आधिकारिक बिक्रेताबाट मोबाइल खरीद गर्दा मात्र सहभागी हुन पाइन्छ।

भिवोर सोसाइटी डेभलपमेन्ट ब्यांक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड मर्ज भएर बनेको लुम्बिनी विकास ब्यांकले आफ्नो एकीकृत कारोबार शुरु गरेको छ। दुई संस्था मर्ज भएपछि बनेको लुम्बिनी विकास ब्यांकको चुक्ता पूँजी रु.२ अर्ब ८८ लाख पुगेको छ। त्यस्तै ब्यांकको कुल निक्षेप रु.१७ अर्ब, कर्जा रु.१५ अर्ब ५८ करोड रहेको छ। मर्जरसँगै ब्यांकका ४९ वटा शाखा र १२ वटा एटीएम पुगेका छन्।

रिलायबल डेभलपमेन्ट ब्यांकलाई ग्लोबल आईएमई ब्यांकमा गाभिएको छ। रिलायबल गाभिएसँगै ग्लोबल आईएमईको चुक्ता पूँजी रु.८ अर्ब पुगेको छ। मर्जरपछि ग्लोबल आईएमई ब्यांकका ११२ शाखा र ११४ वटा एटीएम पुगेको ब्यांकले जनाएको छ।

जापानबाट नेपाललगायत विभिन्न देशमा रेमिट्यान्स कारोबार गर्दै आएको आईएमई–क्योदाई रेमिट्यान्सले जापानको फुकुओकामा नयाँ शाखा विस्तार गरेको छ। आईएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार नेपाली विद्यार्थीको उल्लेख्य बसोबास रहेको फुकुओकामा शाखा सञ्चालनबाट त्यहाँका नेपालीसँगै देशभित्र रेमिट्यान्स प्रवाहमा पनि सहयोग पुग्नेछ।

लुम्बिनी विकास ब्यांक लिमिटेडले तनहुँको चन्द्रावतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 'ग्रामीण क्षेत्र ब्यांकिङ्ग अबको प्राथमिकता' भन्ने नारासहित ब्यांकले तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीमा ५०औं शाखा स्थापना गरेको हो। स–साना निक्षेप परिचालन, कृषि एवम् साना व्यवसायमा कर्जा आफूहरुको मुख्य उद्देश्य रहेको ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम