सामसङ को क्यूलेड

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले हाई डाइनामिक रेन्ज (एचडीआर) र क्वान्टम डट प्रविधिसहितको क्यूलेड टिभी बजारमा ल्याएको छ। अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको डिजाइनले बेग्लै अनुभूति सहितको दृश्य हेर्न सकिने क्यूलेड टिभीका हाल दुई मोडल नेपाली बजारमा उपलब्ध छन्। किस्ताबन्दीमा खरीद गर्न सकिने क्यूलेडको क्यूए–५५–क्यू–७ मोडलको मूल्य रु.४ लाख ५० हजार र क्यूए–६५–क्यू–८ को मूल्य रु.६ लाख ५० हजार रहेको छ।

नोकिया को पुनरागमन

झण्डै दशकअघिको चर्चित मोबाइल ब्राण्ड नोकिया ले नोकिया–३, नोकिया–५ र नोकिया–६ सिरिजका स्मार्टफोनसहित नेपाली बजारमा पुनरागमन गरेको छ। आधिकारिक बिक्रेता पारामाउन्ट इलेक्ट्रोनिक्सका अनुसार सबै सिरिजमा डुअल सीम तथा एन्ड्रोइड न्युगट अपरेटिङ्ग सिष्टम रहेको छ। कम्पनीका अनुसार नोकिया–३ को रु.१५ हजार ६५०, नोकिया–५ को रु.२१ हजार ३५० र नोकिया–६ को रु.२५ हजार ६०० मूल्य रहेको छ। नयाँ सिरिजका फोनसँगै बहुचर्चित सिरिज नोकिया–३३१० पनि पुनः भित्र्याएको नोकिया ले चाँडै नोकिया–८ पनि ल्याउने जनाएको छ।

फक्सवागेन का दुई नयाँ गाडी

नेपालका लागि फक्सवागेन को आधिकारिक वितरक पूजा इन्टरनेशनलले दुई नयाँ गाडी– एसयूभी सिरिजको न्यू टिग्वान र पिकअप सिरिजको न्यू एमरोक भित्र्याएको छ। ७ स्पिड स्वचालित गियर र २.० एलटीएसआई इन्जिनसहित रु.९९ लाख शुरु मूल्य रहेको न्यू टिग्वानमा ६ वटा एयर ब्याग, हिल स्टार्ट एसिस्ट, अटो होल्ड, अटो पार्क एसिस्ट, क्रुज नियन्त्रण, झरी र बिजुली सेन्सरलगायतका विशेषता रहेका छन्। त्यसैगरी २.० लिटर टीडीआई बाइटर्बो इन्जिनसहितको एमरोकको शुरु मूल्य रु.९० लाख रहेको कम्पनीले जनाएको छ।

भारतीय जुत्ता प्यारागन

प्रिन्सा इम्पेक्सले भारतीय जुत्ता कम्पनी प्यारागन का उत्पादनहरुको बिक्री–वितरण शुरु गरेको छ। प्यारागन का विभिन्न मोडलका स्कूल, पार्टी, अफिसियल तथा फेसनेबल जुत्ताहरुमा एक वर्षको वारेण्टी रहेको जनाइएको छ। काठमाडौंबाट शुरु भएको प्यारागन का उत्पादनको बिक्री छिट्टै नै देशका प्रमुख शहरहरुमा आउटलेट स्थापनामार्फत विस्तार गरिने प्रिन्सा इम्पेक्सले जनाएको छ। सन् १९७५ मा भारतको केरलामा स्थापित प्यारागन को भारतका विभिन्न चार स्थानमा उत्पादन प्लान्ट रहेका छन्।

हुवावे को वाई फाइभ

हुवावे ले वाई सिरिजको नयाँ स्मार्टफोन वाई फाइभ–२०१७ सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन, ३००० एमएएचको ब्याट्री र स्मार्ट पावर सेभिङसहितको विशेषतासहितको वाई फाइभ नेपाली बजारमा छिट्टै नै लोकप्रिय हुने कम्पनीले दाबी गरेको छ। २ जीबी र्‍याम, ५ मेगापिक्सलको फ्रन्ट र ८ मेगापिक्सलको रियर क्यामेरासँगै ५ इन्चको एचडी डिस्प्लेसहितको यो स्मार्ट फोनको मूल्य रु.१५ हजार ६०० रहेको छ।

सामसङ 'उत्सवको उमंग'

सामसङ इलेक्ट्रोनिक्सले 'उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग' नामक योजना प्रस्तुत गरेको छ। योजना अन्तर्गत सामसङ का आउटलेटबाट सामसङ स्मार्टफोन खरीदकर्तालाई 'विदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ' भन्ने फारम भराइन्छ। प्राप्त फारममध्ये उत्कृष्ट जवाफ लेख्ने पाँच जनाले चार दिन तीन रातका लागि मलेशिया, कतार, साउदी अरेबिया, युएई वा दक्षिण कोरियामा गई आफन्तसँग दशैं मनाउने अवसर पाउनेछन्। विजयीले आफूसँगै यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउने सामसङ ले जनाएको छ।


१९ वर्षअघि विराटनगरबाट क्षेत्रीय ब्यांकको रुपमा नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल ब्यांक लिमिटेडको नामबाट सेवा शुरु गरेको एनआईसी एशिया ब्यांक लिमिटेड २०औ वर्षमा प्रवेश गरेको छ। २०७० मा ब्यांक अफ एशियासँग मर्ज भएपछि एनआईसी एशिया ब्यांक लिमिटेडको नामबाट सेवा प्रदान गर्दै आइरहेको छ। ११९ शाखा, चार विस्तारित काउण्टर, ८० एटीएम तथा चार हजार रेमिट्यान्स काउण्टरसहितको सञ्जालमार्फत सेवा दिइरहेको ब्यांकले चालू आर्थिक वर्षभित्र २०० शाखा पुर्‍याउने लक्ष्य लिएको छ।

एनएमबी ब्यांकले आर्थिक वर्ष २०७४/७५ को शुरुआतसँगै आन्तरिक प्रशिक्षण केन्द्र एनएमबी एकेडेमी को शुरुआत गरेको छ। आफ्ना कर्मचारीहरूलाई प्रशिक्षण दिनको लागि एकेडेमी सञ्चालन गरेको ब्यांकले जनाएको छ। एकेडेमीले जनशक्तिको दक्षता र क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छ।

सानिमा ब्यांकले साउन महीनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरूलाई उपहार दिंदै आएको छ। ब्यांकले ग्राहकहरूलाई बचत खातामा वार्षिक ६ देखि ८ प्रतिशतसम्मको मासिक भुक्तानी उपलब्ध गराउँदै आएको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत सानिमा ब्यांकले छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ। योजना साउन महीनाभरि चल्ने ब्यांकले जनाएको छ।

comments powered by Disqus

रमझम