केएनपीको कलरफूल सपना

Share:
  

कन्साई नेरोल्याक पेन्ट्स (केएनपी) जापान प्रालिले दशैं तथा तिहारको अवसरमा केएनपी कलरफूल अफर ल्याएको छ। यो अफरअन्तर्गत रु.६० हजारभन्दा माथिको केएनपी रंग खरीद गर्दा टाइमेक्स घडी पाउनेछन्।

त्यस्तै लक्की ड्रमार्फत १२/१२ जनाले ३२ इन्चको सामसङ एलइडी टिभी र जे फाइभ प्राइम मोबाइल, बम्पर उपहारमा एक जोडीले सिंगापुर घुम्ने अवसर प्राप्त गर्नेछन्।

१६ भदौदेखि १५ कात्तिकसम्म एक्सेल टोटल, एक्सेल इम्प्रेसन र ब्यूटी गोल्ड इमल्सन खरीद गर्दा यो अफर लागू हुनेछ।

ओप्पो को ए–३७ ब्ल्याक

ओप्पो ले नेपाली उपभोक्तालाई क्यामेरा फोनमार्फत पृथक् अनुभव दिने सोचका साथ आफ्नो सेल्फी एक्सपर्ट ए–३७ लाई कालो रंगमा ल्याएको छ। न्यून प्रकाश भएको समयमा पनि उत्कृष्ट फोटो खिच्न सकिने ए–३७ ब्ल्याकमा डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि अर्थात् स्त्रि्कन फ्ल्यासको सुविधा रहेको छ।
यसमा २ जीबी र्‍याम, ५ मेगापिक्सलको फ्रन्ट र १.४ म्यूएम पिक्सेल क्षमतासहितको ८ मेगा पिक्सेलको रियर क्यामेरा छ। यसको मूल्य रु.१५ हजार ५९० रहेको छ।

सामसङ को 'उत्सवको उमंग'

सामसङ नेपालले दशै तथा तिहारलाई लक्षित गरी 'उत्सवको उमंग सामसङसँग, परिवार दङ्ग' योजना ल्याएको छ। सामसङ को हरेक फोरजी स्मार्ट फोनको खरीदमा विभिन्न सामानको एक सेट होम अप्लाइन्सहरू पाइने यो योजना दैनिक एक जनाका दरले ३५ दिनसम्म चल्नेछ। जसमा, ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेशीन, माइक्रो वेभ ओभन र भ्याक्युम क्लिनर रहेको छ। लक्की ड्रमार्फत विजेता घोषणा गरिने सामसङ ले जनाएको छ।

जेननेक्स्टको दशैं–तिहार अफर

एप्पल को आधिकारिक बिक्रेता जेननेक्स्ट कम्यूनिकेसन्स् प्रालिले दशैं–तिहारको अवसरमा आइफोनको खरीद गर्दा चाँदीको सिक्का उपहार दिने अफर ल्याएको छ।
यसका साथै अफर अवधिभर प्रत्येक महीना लक्की ड्रमार्फत एक जना ग्राहकले स्कूटर जित्न सक्नेछन्। यसका लागि जेननेक्स्टको वेबसाइटमा आईएमईआई नम्बर दर्ता गर्नुपर्नेछ। यससँगै म्याकबुकमा विशेष छूटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

बजाज को नयाँ शोरुम

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले सेल्स, सर्भिस र स्पेयरसहितको कैलालीको टीकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। जैमिनी अटोमोटिभ्ससँगको सहकार्यमा सञ्चालनमा ल्याएको शोरुमबाट गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। बजाज का हरेक मोटरसाइकल खरीद तथा बिक्री गर्न सकिने शोरुम शुभारम्भको अवसरमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ।

क्यास्परस्की को नयाँ संस्करण

रसियन कम्पनी क्यास्परस्की ल्याबको आधिकारिक बिक्रेता सागर टेक्नोलिंकले क्यास्परस्कीको नयाँ संस्करण क्यास्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एन्टीभाइरस र क्यास्परस्की टोटल सेक्युरिटी सार्वजनिक गरेको छ।

नयाँ संस्करणको प्रयोगले साइबर अपराधको जोखिम कम गर्नुको साथै व्यक्तिगत डाटा, आर्थिक कारोबार, अनलाइन भुक्तानी तथा ब्यांकिङ र पासवर्डलाई सुरक्षित बनाउने कम्पनीको दाबी छ। दशैं अवधिभर विशेष सहुलियतमा रु.१,७५० का ३–डिभाइस एण्टीभाइरसलाई रु.८७५ तथा रु.१,००० कोे १–डिभाइस एण्टीभाइरसको रु.५०० तोकिएको छ। त्यस्तै इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रोडक्टहरूमा ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ।

बाजेको सेकुवा मेला

बाजेको सेकुवा को आयोजनामा ७ असोजमा काठमाडौंको भृकुटीमण्डपमा 'सेकुवा मेला–२०७४' हुने भएको छ। दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म चल्ने मेलामा बाजेको मसलामा मोलिएका २० थरी सेकुवा राखिने छन् भने होल मटन बार्बिक्यू आकर्षणका रुपमा राखिनेछ।

बाह्रवर्ष मुनिका बालबालिकाले रु.९०० र अन्यले रु.१,५०० मा टिकट लिएपछि चाहेजति विभिन्न परिकारका सेकुवा खान सक्नेछन्। टुबोर्ग बियरले प्रायोजन गरेको सेकुवा मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति समेत रहनेछ।

लुम्बिनी विकास ब्यांक लिमिटेडले कास्कीको पोखरा, काठमाडौंको गोकर्णेश्वर र कात्यायनीमा नयाँ शाखाको शुरुआत गरेको छ। सहज ब्यांकिङ पहँुच पुर्‍याउन सञ्चालन गरिएका नयाँ शाखाबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल ब्यांकिङलगायतका सेवा उपलब्ध हुने जनाएको छ। यीसँगै लुम्बिनी विकास ब्यांकका ५४ शाखा तथा १२ एटीएम काउन्टर पुगेका छन्।

comments powered by Disqus

रमझम