२९ असोज - ११ कार्तिक २०७४ | 15-28 October 2017

डाबर को रेड जेल

Share:
  

डाबर नेपालले रेड जेल नामक दन्तमञ्जन नेपाली बजारमा भित्र्याएको छ । ल्वाङ, पुदिना र मरिचजस्ता आयुर्वेदिक तत्वहरूको सम्मिश्रण गरेर रेड जेलले ताजा साससँगै दाँतको सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । तीन प्रकारका रेड जेलमध्ये १५० ग्रामको रु.१०० र ८० ग्रामको रू.६० तथा २५ ग्रामको रू.२४ मूल्य रहेको छ ।

गुडलाइफ को म्याङ्गो जुस

गुडलाइफ वेभरेजले नेपालमै उत्पादन गरिएको म्याङ्गो जुस बजारमा ल्याएको छ । यसलाई सुरक्षित राख्न टेट्रा प्याकमा प्याकिङ गरिएको कम्पनीले जनाएको छ । २०० मिलिको म्याङ्गो जुसको मूल्य रु.२५ रहेको छ । गुडलाइफ ले ४० भन्दा बढी प्रकारका बिस्कुट र २० भन्दा बढी प्रकारका चकलेट उत्पादन गर्दै आएको छ ।

सामसङ प्लाजा शुभारम्भ

सामसङ को आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले काठमाडौंको बौद्धमा नयाँ शोरुम संचालनमा ल्याएको छ । सरल र सुविधायुक्त सेवा प्रवाहको लागि शुरु गरिएको नयाँ शोरुमबाट सामसङ का टेलिभिजन, मोबाइल, रेफ्रिजेरेटर, वासिङ मेशीनलगायतका सामान बिक्री गरिने जनाएको छ ।

योसँगै हिम इलेक्ट्रोनिक्सका काठमाडौंमा आठ र मोफसलमा पाँच गरी १३ वटा शोरुम सञ्चालनमा आएका छन् ।

लुइस फिलिप को नयाँ शोरुम

लुइस फिलिप ले ललितपुरको पुल्चोकस्थित लबिम मलमा नयाँ शोरुम सञ्चालन गरेको छ । नयाँ शोरुमबाट पुरुषका लागि पोशाक, जुत्तालगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एनसेल र आईफ्लिक्स बीच सहकार्य

एनसेल प्राइभेट लिमिटेड र आईफ्लिक्स बीच सहकार्य भएको छ । यसअन्तर्गत, एनसेल का ग्राहकले २६ असोजदेखि तीन महीनासम्म विश्वचर्चित सिनेमा तथा टिभी शोलाई नेपाली सब–टाइटलमा हेर्न सक्नेछन् । यससँगै राति १२ देखि बिहान ५ बजेसम्म एनसेल को डेटा सेवा प्रयोग गरी आईफ्लिक्स मा रहेको कुनै पनि सामग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सकिने जनाएको छ ।

चोकोफन बाल–बाटिका

सुजल फुड्स प्रालिले बाल मन्दिरको शाखा, सिफल काठमाडौंमा ‘चोकोफन बाल–बाटिका’ निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरिएको खेल मैदानमा चिप्लेटी, ढिकी–च्याउँ र पीङ जडान गरिएको छ भने कलात्मक बालमैत्री चित्रहरू कोरिएका छन् । यसले बाल संरक्षण गृहमा आश्रित बालबालिकालाई खुला वातावरणमा खेल्न सहज हुने कम्पनीले जनाएको छ । सुजल फुड्सले विभिन्न प्रकारका चकलेट उत्पादन गर्दै आएको छ ।


सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेशियाको मर्चेन्ट ट्रेड एशियाबीच रेमिटेन्स सेवा आदानप्रदान सम्झौता भएको छ । सम्झौताअनुसार मलेशियामा रहेका नेपालीले मर्चेन्ट ट्रेडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् ।

नबिल ब्यांकलाई चौथो न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड २०१७ मा ‘सर्वोत्कृष्ट व्यवस्थित वाणिज्य ब्यांक–२०१७’ बाट सम्मानित गरिएको छ । नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर विजयनाथ भट्टराईले ब्यांकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।

सानिमा ब्यांक लिमिटेडले काठमाडौंको गौशालामा नयाँ शाखा स्थापना गरेको छ । ब्यांकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शाखाको उद्घाटन गरेका छन् । यससँगै ब्यांकका ४७ शाखा र ५३ एटीएम पुगेका छन् ।

comments powered by Disqus

रमझम