३-९ मंसिर २०७४ | 19-25 November 2017

हुण्डाई को नेक्स्ट जेन भर्ना

Share:
  

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई को पछिल्लो उत्पादन ‘नेक्स्ट जेन भर्ना’ कार स्थानीय बजारमा ल्याएको छ । एलईडी टेल ल्याम्प, सार्क फिन एन्टेना, कुल्ड ग्लोब बक्स, डुअल टोन बम्पर, सिट हाईट एडजष्टर, कप होल्डरलगायतका सुविधा र विशेषता रहेका भर्ना १५९१ सीसीको पेट्रोल इन्जिनसहितको छ । तीन मोडलमा उपलब्ध नेक्स्ट जेन भर्नाको बजार मूल्य रु.४२ लाख ९६ हजारदेखि रु.४६ लाख ९६ हजारसम्म रहेको छ ।

भर्नासँगै हुण्डाई का सबै गाडीमा तीन वर्षको वारेन्टी, चार वर्षसम्मको निःशुल्क सर्भिसिङ तथा चालू आवको कर र नामसारी पनि निःशुल्क रहेको कम्पनीले जनाएको छ ।

हुवावे को नोभा २–आई

कल मोविलिटी प्रालिले हुवावे को पछिल्लो उत्पादन चारवटा क्यामेरा सहितको नोभा २–आई स्मार्टफोन सार्वजनिक गरेको छ । फ्रण्ट तथा रिअर दुवैतर्फ ड्युअल लेन्सयुक्त चारवटा क्यामेरासहितको नोभा २–आई स्मार्टफोनमा ५.९ इन्चको फुल भ्यु डिस्प्ले रहेको छ ।

चारवटै क्यामेरा एकैपटक चलाउन सकिने र १६ एमपीआर जीबी सेन्सरका कारण स–साना दृश्यसमेत समेटिने नोभा–२ आईमा पोटेट, वाइड एपेचर र मोसनलगायतका मोड रहेका छन् । यस्तै फोनमा फुल भ्यु स्क्रिन, फ्रण्ट तथा ब्याक क्यामेरा, फिंगर प्रिन्ट सेन्सर, युएसबी सकेट, सेन्सर फ्ल्यासलगायतका थप विशेषता रहेको कम्पनीले जनाएको छ । ८ कोर किरिन ६५९ चिपसेट, ४ जीबी र्‍याम तथा ६४ जीबी रोमसहितको हुवावे नोभा २–आई ग्राफाइट ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरी दुई रंगमा उपलब्ध छ ।

सिप्रदी लाई सुपर प्लाटिनम

सिप्रदी ट्रेडिङ्ग प्रालिले सुपर प्लाटिनम अवार्ड पाएको छ । व्यावसायिक र ग्राहकमुखी सेवाका कारण ‘नेपाल बिजिनेस एक्सिलेन्स अवार्ड २०१७’ मा सिप्रदी ले यो अवार्ड पाएको हो ।

दिगो आर्थिक तथा गैरआर्थिक फाइदाहरू, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसायबीचको मैत्रीपूर्ण साझेदारी, भरपर्दो व्यवस्थापन प्रक्रिया तथा व्यावसायिक व्यापार जस्ता पाँच परिसूचकहरू माथि ‘फ्रस्ट एण्ड सुलेमान’ नामक अमेरिकी संस्था र नेपाल उद्योग परिसंघको संयुक्त मूल्यांकनमा श्रेष्ठ देखिएको सिप्रदी लाई अवार्ड प्रदान गरिएको हो । गाडी र यससँग सम्बन्धित व्यवसायहरूमा संलग्न सिप्रदी ले सन् १९८२ देखि नेपालमा टाटाका गाडीहरू बिक्री गरिरहेको छ ।

comments powered by Disqus

रमझम