टीभीएस को ‘जुपिटर क्लासिक’

Share:
  

टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अल न्यू टीभीएस जुपिटर क्लासिक’ स्कुटर सार्वजनिक गरेको छ ।

यसमा सनलाइट आइभोरी बडी कलर, यूएसबी चार्जर, फराकिलो सिटलगायतका विशेषता रहेका छन् । ११० सीसी इन्जिन भएको यो स्कुटरमा प्याटेन्ट इकोमिटर जडान गरिएको छ । यसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ । इको मोडमा चलाउँदा इन्धन बचत हुने कम्पनीको दाबी छ । जुपिटर क्लासिकको बजार मूल्य रु.१ लाख ८९ हजार ९०० तोकिएको छ ।

‘वानप्लस–५ टी’ बजारमा

वानप्लसले प्रिमियम फ्ल्यागशिप स्मार्टफोनमध्येको अर्को सिरिज ‘वानप्लस–५ टी’ सार्वजनिक गरेको छ । यसले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनको बडीमा आल्मुनियमको प्रयोग गरिएको छ । रिडिङ मोडको यो फोनको १६ मेगापिक्सेलको ड्यूल क्यामेरा, ड्यास चार्जलगायतका विशेषता छन् । फोनको अल न्यू प्रो मोडमा डीएसएलआर क्यामेराका विशेषताहरू पाइने कम्पनीको भनाइ छ । मिडनाइट ब्ल्याक कलरमा रहेको यो फोनको मूल्य ६४ जीबी क्षमतामा रु.६४ हजार ९०० र १२८ जीबीमा रु.७२ हजार ९०० तोकिएको छ ।

बाल्ट्रा को नयाँ गिजर

बाल्ट्रा होम एप्लाइन्सेस्ले ‘ओसन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका इलेक्ट्रोनिक गिजर बजारमा ल्याएको छ । नयाँ ग्याँस तथा इलेक्ट्रोनिक गिजरमा ठूलो एलसीडी तापक्रम डिस्प्लेका साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ पनि प्रयोग गरिएको छ । सुरक्षित, थर्मो स्टाट, ग्लास लाइन, कोटिङ्ग प्रविधि, लगायतका विशेषता रहेको ग्याँस तथा इलेक्ट्रोनिक गिजर एकदेखि ५० लीटरमा पाइने कम्पनीले जनाएको छ ।

किस्ताबन्दीमा जेसीबी का उपकरण

एमएडब्लु अर्थमूभर्स प्रा.लिले २० प्रतिशत ‘डाउन पेमेन्ट’ गरेर किस्ताबन्दीमा जेसीबी उपकरण खरीद गर्न सकिने योजना ल्याएको छ । यो योजनामा एनसीसी ब्यांकले वित्तीय सेवा दिनेछ । जेसीबी का एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्वील लोडर, लोडअल र रोबोटलगायत उत्पादन बजारमा छन् । जेसीबी का सबै सिरिजले इन्धन खपत गर्ने, मर्मत खर्च कम लाग्ने र सहज रुपमा स्पेयर्स पार्टस् उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले काठमाडौं, पोखरा, बुटवल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर सेवा दिइरहेको छ ।

comments powered by Disqus

रमझम