६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

बुटवलमा महिन्द्राको मोजो–३००

Share:
  

नेपालमा महिन्द्रा टु ह्वीलर्सको आधिकारिक वितरक अग्नि मोटो इन्कले बुटवलमा पाल्पा–भैरव अटो सेन्टरमार्फत महिन्द्राको ‘मोजो–३००’ बाइक बिक्री शुरू गरेको छ । ३०० सीसीको मोजो मोटरसाइकलमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (ईएफआई) सिलिण्डर इन्जिन रहेको छ । यसले ३० एनएमको टर्ग दिने कम्पनीको दाबी छ । यसमा ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, रियर मोनो सक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । नेपालमा सन् १९९१ मा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेइकल, ट्रयाक्टर, टु ह्वीलर, विद्युतीय कार र जेनेरेटरहरू बिक्री गर्दै आएको छ ।

किस्तामामाइक्रोम्याक्स को मोबाइल

इजी मोबाइल केयरले ‘माइक्रोम्याक्स क्यानभास इन्फिनिटी’ मोबाइल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । नेपालका लागि माइक्रोम्याक्स को आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंक प्रालिसँगको सहकार्यमा इजी मोबाइल केयरले यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकहरूले माइक्रोम्याक्स का मोबाइल फोनहरू शून्य प्रतिशत डाउन पेमेन्टमा विना ब्याज खरीद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स र सीटीसी मल सुन्धारामा रहेको इजी केयरबाट ६ महीना, १२ महीना र १८ महीने किस्ताबन्दीमा मोबाइल खरीद गर्न सकिनेछ । यो मोबाइल सेटको खरीदमा पारदर्शी कभर निःशुल्क उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।

सुजुकी सेलेरियोको ‘टेष्ट राइड’

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले देशभर सुजुकी ‘सेलेरियो टेष्ट राइड क्याम्पेन’ गरिरहेको छ । खरीदअघि जानकारी र अनुभवका लागि देशभरका आधिकारिक शोरुमहरुमा टेष्ट राइड क्याम्पेन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

पुसदेखि शुरु भएको क्याम्पेनमा हालसम्म कुल १२०० जना ग्राहक सहभागी भइसकेका छन् । ग्राहकहरूका लागि प्रत्येक टेष्ट राइडमा आकर्षक उपहार राखिएको यस अभियानमा एक जनाले रु.१ लाखको बम्पर पुरस्कार जित्ने कम्पनीले जनाएको छ ।

एनआईबीएल एस क्यापिटल लिमिटेडले २८ माघमा कारोबार शुभारम्भ गरेको छ । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर एनआईबीएल एस क्यापिटल लिमिटेड बनेको हो । दुई कम्पनी गाभिएपछि कम्पनीको चुक्ता पूँजी रु.२७ करोड पुगेको छ । एनआईबीएल एस क्यापिटलका एक लाख ४२ हजारभन्दा बढी हितग्राही खाता र चार वटा शाखा कार्यालय छन् । कम्पनीले छिट्टै तीन शाखा कार्यालय थप्ने तयारी थालेको छ ।

नबिल ब्यांकले मर्चेन्ट नेटवर्कमार्फत यूनियन पे इन्टरनेशनल क्यूआर कोड एक्वाइरिङ सर्भिस शुरु गरेको छ । यो प्रणालीमार्फत क्यूआर कोडको प्रयोग गरी नबिल ब्यांकसँग आवद्ध मर्चेन्टहरूले यूनियन पेका अन्तर्राष्ट्रिय कार्डहरू स्वीकार गरी भुक्तानी लिन सक्नेछन् ।

क्यूआर कोड प्रणालीमार्फत उपभोक्ताहरूले व्यापारिक बिक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो प्रणालीमा ‘फिजिकल प्वाइन्ट अफ सेल’ टर्मिनलहरूको आवश्यकता पर्दैन । साथै कार्डको सीधा सम्पर्क समेत आवश्यक पर्दैन । नबिल ब्यांक भिसा इन्टरनेशनल, मास्टर कार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको सदस्य हो ।

हिमालयन ब्यांक लिमिटेडले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ब्यांकका ग्राहकहरूले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामान खरीद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरूले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालको कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशीन वा अनलाइनबाट सामान खरीद गर्नुपर्छ । ग्राहकले पीओएस मेशीनबाट सामान खरीद गर्दा पाँच प्रतिशत र अनलाइनबाट सामान खरीद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने ब्यांकले जनाएको छ । फिर्ता भएको रकम ग्राहकहरूको खातामा नेपाली महीनाको अन्त्यमा जम्मा गरिदिने ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम