नेपाली बजारमा वार्सटाइनर बियर

Share:
  

जर्मनीको वार्सटाइनर बियर नेपाली बजारमा भित्रिएको छ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरीले यो बियर नेपालमा भिœयाएको हो । राज ब्रुअरीको फ्याक्ट्री रहेको नवलपरासीमा आयोजित एक समारोहका बीच वार्सटाइनर ग्रुप बोर्डका अध्यक्ष क्याथरिना क्रेमरले बियर सार्वजनिक गरे । अत्याधुनिक उत्पादन प्रविधिद्वारा प्रिमियम बियरको उत्पादन गर्दै आएको वार्सटाइनर ग्रुपले दाबी गरेको छ । यसले डिन इएन आईएसओ २२०००:२००५ सिफ्टी प्रमाणपत्र र अन्तर्राष्ट्रिय मापदण्डको डिन इएम आईएसओ २२०००:२०१० प्राप्त गरेको छ । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रेनो को नयाँ शोरुम

रेनो को नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्स् प्रालिले काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एड्भान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नवीन मिश्राले २१ चैतमा शोरुमको संयुक्त उद्घाटन गरे । विशाल ग्रुप अन्तर्गतको कम्पनीले यो शोरुममा नयाँ रेनो कार, स्पेयर पार्टस् र आफ्टर सेल्स सर्भिस सेवा उपलब्ध हुने जनाएको छ ।

निकिता र मीरा वृज सिमेन्ट को ब्राण्ड एम्बेसडर

वृज सिमेन्ट ले सन् २०१७ की मिस नेपाल निकिता चाण्डक, विश्व अल्ट्रा धावक मीरा राई, हिमाल आरोही कामी रिता शेर्पा र साइकल यात्री पुष्कर शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । बजार प्रवद्र्धनका लागि नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको वृज सिमेन्टले जनाएको छ । रुपन्देहीमा फ्याक्ट्री रहेको वृज सिमेन्टले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पीएससी) उत्पादन गर्दै आइरहेको छ । कम्पनीले ओपीसीअन्तर्गत वृज सुपर प्रिमियम र शंकर शक्ति, पीपीसीअन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्मार्ट तथा पीएससीअन्तर्गत वृज सुपर पावर ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको छ ।

नबिल ब्यांकले आफ्ना भिसाकार्ड प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘कार्डबाट कार, क्यास ब्याक लगातार’ योजना शुरुआत गरेको छ । उक्त योजनालाई ‘क्यास ब्याक’ र ‘बम्पर’ गरी दुई भागमा विभाजन गरिएको छ । ‘क्यास ब्याक’ योजनामा नबिलको डेबिट, क्रेडिट र प्रिपेड कार्ड प्रयोगकर्ताहरूले नेपालभित्रका पोइन्ट अफ सेल्स (पीओएस) वा ई–कमर्शमार्फत एउटै कार्डबाट प्रत्येक तीन पटक कारोबार गरे लगत्तै रु.१०० नगद फिर्ता पाउनेछन् । त्यस्तै ‘बम्पर’ अन्तर्गत योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकले हुण्डाईको ग्राण्ड आई–१० गाडी प्राप्त गर्ने ब्यांकले जनाएको छ । चैत २० देखि शुरु भएको यो योजना १९ असारसम्म लागू हुनेछ ।

सनराइज ब्यांक लिमिटेडले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न भाइबर ब्यांकिङ सेवा शुरुआत गरेको छ । यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटरलगायतबाट भाइबरमार्फत ब्यांकिङ सेवाको जानकारी लिन सक्नेछन् ।

भाइबर ब्यांकिङ सेवा लिनको लागि ब्यांकका ग्राहकहरूले मोबाइल नम्बर ब्यांकको स्मार्ट ब्यांकिङ सेवामा दर्ता गर्नुपर्नेछ । उक्त सेवामार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्दती खाताको जानकारीलगायत सेवाको साथै ब्यांकको सम्पूर्ण शाखा र एटीएमहरू सम्बन्धी जानकारी लिन सकिनेछ । यसैबीच, ब्यांकले काठमाडौंको बानियाटार शाखालाई काठमाडांै टोखामा स्थानान्तरण गरेको छ । त्यसैगरी, ब्यांकले सेन्ट्रल पार्क विशालनगरमा एटीएम सञ्चालनमा ल्याएको छ ।

सिभिल ब्यांक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङको बेसीशहरमा स्थापना गरेको छ । बेसीशहर त्रिवेणी टोलमा रहेको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र ब्यांकका गभर्नर चिरञ्जीवी नेपालले गरेका हुन् । ब्यांकले यसअघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडामा शाखा संचालनमा ल्याइसकेको छ । उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर नेपालले ब्यांकको बढ्दै गएको वित्तीय पहुँच नै समृद्ध नेपालको संकेत भएको बताए ।

comments powered by Disqus

रमझम