९-१५ वैशाख २०७५ | 22-28 April 2018

सीजी को नयाँ स्मार्टफोन

Share:
  

सीजी मोबाइल्स् प्रा.लि. ले नयाँ स्मार्टफोन ‘ओमेगा ६’ बजारमा ल्याएको छ । ५ मेगापिक्सेलको फ्रन्ट, फ्ल्याससहित १३ मेगापिक्सेल र २ मेगापिक्सेलको अटोफोकस डुअल रियर गरी तीनवटा क्यामेरा रहेको ओमेगा–६ मा ५.५ इन्चको एचडी आईपीएस डिस्प्ले, फिंगर प्रिन्ट अनलक सिस्टम, डुअल सिमलगायतका विशेषता छन् । १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसरसहितको यो फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेजलाई माइक्रो एसडी कार्डद्वारा ३२ जीबीसम्म बढाउन सकिन्छ । एन्ड्रोइड ७.० नगेट अपरेटिंग सिस्टममा आधारित ओमेगा–६ मा थ्रीजी कनेक्टिभिटी र २,६०० एमएएचको ब्याट्री छ । कालो र सुनौलो रंगमा उपलब्ध ओमेगा–६ को बजार मूल्य रु.९ हजार ७७७ तोकिएको छ ।

सामसङ को नयाँ वर्ष अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्ष २०७५ मा ‘नयाँ वर्षको उमंग सामसङसँग’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत सामसङ को टीभी तथा घरायसी उपकरणको खरीदमा ग्राहकले १५ प्रतिशत छूटदेखि निःशुल्क इन्टरनेट र नेट टीभीको सुविधा पाउनेछन् ।

३२ देखि ४३ इन्चसम्मको सामसङ स्मार्ट टीभीको खरीदमा ग्राहकहरूले १२ प्रतिशत क्यासब्याक र ६ महीनाको लागि वल्र्ड लिंकको १०एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कूटरको खरीदमा ‘पुनःबिक्री योजना’ ल्याएको छ । योजनाअनुसार यामाहा स्कूटर खरीदकर्ताले एक वर्षभित्रमा खरीद मूल्यको ७५ प्रतिशत मूल्यांकन हुने गरी यामाहा मोटरसाइकल वा स्कूटरसँग एक्सचेन्ज गर्न सक्छन् । त्यस्तै १८ महीनाभित्र एक्सचेन्ज गरेमा ७० प्रतिशत, दुई वर्षभित्र एक्सचेन्ज गरेमा ६५ प्रतिशतको मूल्यांकन हुने कम्पनीले जनाएको छ । १ चैतदेखि स्कूटर खरीद गरेका सबै ग्राहकले यो योजनाको लाभ पाउनेछन् । नेपाली बजारमा यामाहा को फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कूटर उपलब्ध छन् ।

एमबीपीएसको इन्टरनेट र नेट टीभीको सुविधा पाउनेछन् । त्यसैगरी, ४९ देखि ५५ इन्चसम्मको फ्ल्याट स्मार्ट टीभीको खरीदमा १२ प्रतिशत क्यासब्याक, नेट टीभी र ६ महीनाको लागि २५ एमबीपीएसको इन्टरनेट सुविधा पाउनेछन् ।

५५ इन्च कभर्ड र त्योभन्दा माथिल्लो श्रेणीका टेलिभिजन खरीदमा १२ प्रतिशत क्यासब्याकका साथ नेट टीभी र एक वर्षको लागि ५० एमबीपीएसको इन्टरनेट सुविधा दिइने कम्पनीले जनाएको छ । त्यस्तै सामसङ ले अन्य इलेक्ट्रोनिक समान खरीदमा १५ प्रतिशतसम्म छूट दिएको छ । योजना १ जेठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यामाहा स्कूटरमा पुनःबिक्री योजना

एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कूटरको खरीदमा ‘पुनःबिक्री योजना’ ल्याएको छ । योजनाअनुसार यामाहा स्कूटर खरीदकर्ताले एक वर्षभित्रमा खरीद मूल्यको ७५ प्रतिशत मूल्यांकन हुने गरी यामाहा मोटरसाइकल वा स्कूटरसँग एक्सचेन्ज गर्न सक्छन् । त्यस्तै १८ महीनाभित्र एक्सचेन्ज गरेमा ७० प्रतिशत, दुई वर्षभित्र एक्सचेन्ज गरेमा ६५ प्रतिशतको मूल्यांकन हुने कम्पनीले जनाएको छ । १ चैतदेखि स्कूटर खरीद गरेका सबै ग्राहकले यो योजनाको लाभ पाउनेछन् । नेपाली बजारमा यामाहा को फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कूटर उपलब्ध छन् ।

सिभिल बैंक लिमिटेडले स्मार्ट मोबाइल ब्यांकिङ एप्लिकेशनको शुरुआत गरेको छ । सिभिल स्मार्ट मोबाइल ब्यांकिङ एप्लिकेशनमार्फत खाताको विवरण हेर्न सकिने, मोबाइल टपअपको सुविधा र १५० भन्दा बढी संस्थाहरूको सेवा तथा वस्तु खरीद गर्न सकिनेछ । त्यस्तै ब्यांकमा रकमान्तर गर्न र बिजुली, मोबाइल र डिसहोमको बिल तिर्न सकिने ब्यांकले जनाएको छ । सिभिल ब्यांकका हाल दुई लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । रु.३७ अर्बभन्दा बढी निक्षेप परिचालन र झण्डै रु.३६ अर्ब कर्जा लगानी गरेको सिभिलका देशभर ६० वटा शाखा छन् ।

एभरेष्ट ब्यांकले बर्दियाको बाँसगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र ब्यांकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । बाँसगढीसँगै एभरेष्ट ब्यांकको शाखा संख्या ८० पुगेको छ । त्यस्तै सात एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएममार्फत ब्यांकले देशभर सेवा प्रवाह गरिरहेको छ ।

मेगा ब्यांक नेपाल लिमिटेडले नयाँ वर्षको अवसरमा ‘सर्वप्रिय बचत खाता’ सञ्चालनमा ल्याएको छ । भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन ब्यांकिङ, एसएमएस, चेकबूक लगायतका सुविधा निःशुल्क उपलब्ध गराइएको र ८ प्रतिशत ब्याज दिइने यो खाता खोल्ने ग्राहकलाई रु.५ लाखसम्मको दुर्घटना बीमा गरिएको छ । मेगा ब्यांकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दती खाता र हरेक महीना ११ प्रतिशत ब्याज पाइने एकवर्षे मुद्दती खाता पनि सञ्चालन गरेको छ ।

comments powered by Disqus

रमझम