३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

रेनो क्याप्चरको बुकिङ शुरू

Share:
  

एड्भान्स अटोमोबाइलले रेनो को पछिल्लो उत्पादन क्याप्चर एसयूभीको बुकिङ खुल्ला गरेको छ । एलइडी हेडल्याम्प, टेललाइट र डीएलआर लाइटसहितको यस प्रिमियम एसयूभी गाडीमा पूर्ण अटोमेटिक टेम्प्रेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाइमेट लगायतका विशेषता छन् ।

पेट्रोल र डिजल दुवै भर्सनमध्ये क्याप्चरको १.५ लिटर द लिजेन्ड्री के ९ के डिजल इन्जिनले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्छ । त्यसैगरी एच ४ के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क प्रदान गर्छ । क्रुज कन्ट्रोल, स्पिड मीटर र स्टेरिङ ह्वील कन्ट्रोललगायतका स्टेट अफ आर्ट टेक्नोलोजी सहितको क्याप्चरमा डुअल एयर ब्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेन्स् जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

सिरहामा यामाहा को शोरुम

एमएडब्लु इन्टरप्राइजेजले सिरहा बजारमा यामाहा मोटरसाइकलको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । स्थानीय रमन अटोमोबाइल सेन्टरमार्फत सञ्चालित नयाँ शो रुमबाट ग्राहकहरूले सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउने कम्पनीले जनाएको छ । यामाहा ले नेपाली बजारमा फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडलका स्कूटर तथा एफजेड–एस एफआई, आर–१५, एसजीआरआर, सलुटो र आर–३ मोटरसाइकल बिक्री गरिरहेको छ ।

हुण्डाई को वल्र्ड कप योजना

हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदो जूनमा रूसमा शुरु हुन गइरहेको वल्र्डकप फूटबल प्रतियोगिताको सन्दर्भ पारेर ‘रोड टू रसिया’ नामक योजना ल्याएको छ । हुण्डाई सवारी धनीहरू हुण्डाई नेपालको वेबसाइटमा गएर यो योजनामा सहभागी हुन सक्छन् । योजनामा सहभागीमध्ये दुईजना विजेताले सम्पूर्ण भ्रमण खर्चसँगै फिफा वल्र्ड कप २०१८ को फाइनल खेल हेर्न पाउनेछन् । २४ वैशाखदेखि अनलाइन दर्ता शुरु भएको योजना १ असारसम्म चल्नेछ । फिफाको अटोमोटिभ पार्टनर हुण्डाई को सन् १९९९ देखि शुरु भएको फिफासँगको सहकार्य २०२२ सम्म जारी रहनेछ ।

हिरो का नयाँ बाइक र स्कूटर

हिरो मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ग्ल्यामर एसभी मोटरसाइकल र ड्यूट स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको छ । १२५ सीसी इन्जिन क्षमताको ग्ल्यामर एसभीमा मोटरसाइकल रोकिंदा स्वतः इन्जिन बन्द हुने आईथ्रीएस प्रविधि, ट्यूबलेस टायर, लिड टेल ल्याम्प लगायतका विशेषता छन् । टेक्नो ब्लू, ब्ल्याक विथ स्पोर्टी रेड र क्याण्डी रेड रंगमा उपलब्ध यो बाइकको मूल्य रु.१ लाख ९३ हजार छ ।

त्यस्तै एड्भान्स इन्जिनसहितको उच्च पिकअप क्षमताको ड्यूट स्कूटरमा तेल भर्न डिक्की बाहिरै एक्सटर्नल फ्यूल फिलिङ सिस्टम जडान छ । मोबाइल चार्ज, इन्टिग्रेटेड ब्रेकिङ सिस्टमसहित ब्लेजिङ रेड, ग्रेस ग्रे र प्यान्थर ब्ल्याक रंगमा उपलब्ध यो स्कूटरको मूल्य रु.१ लाख ७५ हजार ५०० छ ।

नबिल ब्यांकले सिरहाको लहान, महोत्तरीको बर्दिबास, सर्लाहीको हरिऔन र चितवनको टाँडीमा चार शाखाको उद्घाटन गरेको छ । ग्राहकको सुविधा र ब्यांकिङ पहुँच विस्तारको लागि शाखा शुरुआत गरेको ब्यांकले जनाएको छ ।

एनआईसी एशिया ब्यांक लिमिटेडले रेमिटवेयर पेमेन्ट्स क्यानडासँगको सहकार्यमा क्यानडा र यूएईबाट ईन्वार्ड रेमिटेन्सको शुरुआत गरेको छ । सम्झौता अनुसार रेमिटवेयर पेमेन्ट्समार्फत क्यानडा र यूएईबाट पठाएको रकम नेपालमा एनआईसी एशिया ब्यांकका शाखा र रेमिटेन्स केन्द्रमार्फत भुक्तानी लिन सकिन्छ ।

लक्ष्मी ब्यांकले सर्लाहीको लालबन्दी र मोरङको बेलबारीमा नयाँ शाखा सञ्चालन गरेको छ । नयाँ शाखामार्फत साना व्यवसाय तथा कृषि कर्जा र लघु उद्यममा लगानी गर्ने भएकाले व्यक्तिगत तथा साना व्यवसाय ब्यांकिङ सेवा फराकिलो हुने विश्वास ब्यांकको छ ।

आईएमई जनरल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालबीच नगदरहित हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवाका ग्राहकहरूलाई बी एण्ड बी अस्पतालबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त हुनेछ ।

comments powered by Disqus

रमझम