१३-१९ जेठ २०७५ | 27 May - 2 Jun 2018

स्काईवर्थ को ‘वालपेपर’ टिभी

Share:
  

के.एल. दुगड ग्रुपको स्मार्ट अप्लाइन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेपर टिभी’ सार्वजनिक गरेको छ । स्मार्टफोनभन्दा पातलो ३.६ एमएम मोटाइको यो टेलिभिजन ओ–लिड टेक्नोलोजीमा आधारित छ । जेबीएल साउण्ड सिस्टम जडान गरिएको यसको डिस्प्ले उज्यालो र किफायती रहेको कम्पनीको दाबी छ । ‘वालपेपर टिभी’ को बजार मूल्य रु.२० लाख रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै स्मार्ट अप्लाइन्सेसले ‘स्काईवर्थ वल्र्डकप अफर’ पनि ल्याएको छ । फिफा वल्र्डकप २०१८ लाई लक्षित गरी कम्पनीले ल्याएको अफरमा गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४–के यूएचडी टेलिभिजनमा २५ प्रतिशत छूट दिइनेछ । स्मार्ट अप्लाइन्सेस नेपालको लागि इलेक्ट्रोलक्स, स्काइवर्थ, ओस्टर, फेगोर र ह्वाइट–वेस्टिङ हाउसका उत्पादनको आधिकारिक वितरक हो ।

सामसङ जे–२ का नयाँ मोडल

सामसङ ले जे सिरिज अन्तर्गत ‘जे–२ २०१८’ मोडलको मोबाइल फोन बजारमा ल्याएको छ । दुई जीबी र्‍याम तथा १६ जीबी इन्टरनल मेमोरी रहेको यो मोडलमा हरेक एप्लिकेशन्सलाई मेमोरी कार्डमा सेभ गर्न सकिने मेमोरी सेभिङ फिचर समेत छ । यसमा पाँच इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० एमएएचको ब्याट्री र मोबाइलको कार्यक्षमतालाई चुस्त राख्ने डिभाइस मेन्टिनेन्स फिचर समेत रहेको कम्पनीले जनाएको छ । क्वाड कोर प्रोसेसर सहितको यो मोबाइलमा एलइडी फ्ल्यासको साथ ८ मेगापिक्सलको रियर र पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । गोल्ड र ब्ल्याक गरी दुई रंगमा उपलब्ध ‘जे–२ २०१८’ को बजार मूल्य रु.१४ हजार ५९० तोकिएको छ ।

ओप्पो लाई इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पेटेन्ट

ओप्पो मोबाइलले ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका लागि पेटेन्ट पाएको छ । द स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले ओप्पो लाई पेटेन्ट प्रदान गरेको हो । उक्त स्क्यानर मोबाइल अनलकका साथ भुक्तानीका लागि पनि उपयोग हुने कम्पनीको भनाइ छ । उक्त सेन्सर सहितको मोबाइल छिट्टै विश्वबजारमा पुर्‍याउने कम्पनीले जनाएको छ ।

जनकपुरमा महिन्द्रा टू ह्वीलर्स

अग्नि मोटो इन्कले महिन्द्रा टू ह्वीलर्सको थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सहितको शोरुम जनकपुरमा संचालनमा ल्याएको छ । ग्राहकलाई सहज र स्तरीय सेवा उपलब्ध गराउन नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले उद्घाटनको अवसरमा नगद छूटको योजना समेत सार्वजनिक गरेको छ । छूट योजना अनुसारको महिन्द्रा को कुनै पनि बाइक वा स्कूटरको खरीद गर्दा रु.१० हजार ३७५ देखि रु.२० हजार ७५० सम्म छूट दिइनेछ ।

लक्ष्मी ब्यांकले सल्यानको ढोरचोर, रुकुमको त्रिवेणी, महोत्तरीको मनरा र रामेछापको खाँडादेवीमा शाखा सञ्चालनमा ल्याएको छ । सबै शाखाबाट ब्यांकले बचत निक्षेप सेवाका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवा प्रदान गर्ने जनाएको छ । यसले व्यक्तिगत तथा साना व्यवसाय ब्यांकिङ सेवाको दायरा थप फराकिलो हुने ब्यांकको विश्वास छ । यी शाखाहरूबाट इन्टरनेट ब्यांकिङ, मोबाइल ब्यांकिङ लगायतको सेवा पनि दिने ब्यांकले जनाएको छ । चार नयाँसँगै लक्ष्मी ब्यांकको शाखा संख्या ८४ पुगेको छ ।

एनआईसी एशिया ब्यांकले ‘कृषि र पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि र पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना ल्याइएको ब्यांकले जनाएको छ । व्यावसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई सरकारको नीति अनुरुप पाँच प्रतिशत ब्याज अनुदान र शून्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ । ब्यांकका मुलुकभर २११ शाखा, २०३ एटीएम र ६ एक्सटेन्सन काउन्टर छन् ।

नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेड र विश्व ब्यांक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच कर्जा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेण्ट ब्यांकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इन्भेष्टमेण्ट ब्यांकले आईएफसीसँग कर्जा लिन पाउनेछ । आईएफसीबाट प्राप्त कर्जालाई राष्ट्र ब्यांकले तोके अनुसारको क्षेत्रमा उपलब्ध गराउने ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम