२०-२६ जेठ २०७५ | 3-9 June 2018

किङ्गफिसर नेपालमा

Share:
  

यूनाइटेड ब्रुअरिज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग बियर सार्वजनिक गरेको छ । यूनाइटेड ब्रुअरिज लिमिटेड ग्लोबल बियर लिडर कम्पनी हेनिकेन एनके को साझेदार कम्पनी हो ।

भारतीय ब्राण्ड किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली र हब्र्सबाट गरिएको ब्रुअरिजले जनाएको छ । यसको स्वाद तथा गुणस्तरका कारण विश्वव्यापी रुपमा बढिरहेको भन्दै ब्रुअरिजले किङ्गफिसर मुलुकभरका सम्पूर्ण रिटेल स्टोरमा उपलब्ध रहेको जनाएको छ । किङ्गफिसर प्रिमियम ६५० एमएलको मूल्य रु.२७५ र ५०० एमएल क्यानको मूल्य रु.२१० तोकिएको छ । त्यस्तै स्ट्रङ्ग ६५० एमएलको रु.२३५ र क्यानको रु.१८० पर्छ ।

पोखरामा यामाहा ‘राइड आउट’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले कास्कीको पोखरामा ‘राइड आउट’ को तेस्रो संस्करण आयोजना गरेको छ । एमएडब्ल्यूले गण्डकी अञ्चलका ‘एफजी–२५’ राइडर्सलाई पाँच समूहमा विभाजन गरी ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका प्रशिक्षण दिएको थियो ।

कार्यक्रममा सहभागी सबै राइडर्सहरुलाई ‘यामाहा एम्बासडर’ घोषणा गरिएको छ । यामाहा मोटरसाइकल र ग्राहकहरुबीच सम्बन्ध गाढा बनाउने उद्देश्यले ‘राइड आउट’ आयोजना गरिएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक फ्यूल इन्जेक्सन प्रविधि रहेको एफजी–२५ मा एयर कुल्ड विथ अयल कुलर, फोर स्ट्रोक, एसओएचसी, टू भल्भ, सिंगल सिलिन्डर सहित २४९ सीसीको इन्जिन छ । एफजी–२५ मा रहेको ‘ब्लुकोर’ इन्जिनले मोटरसाइकलको क्षमता बढाउनुका साथै इन्धन खपत न्यून गर्ने कम्पनीले जनाएको छ । ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’ गरी तीन रंगमा उपलब्ध एफजी–२५ एक वर्षमै तीन हजार वटा बिक्री भएको कम्पनीले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले रोल्पाको त्रिवेणी गाउँपालिका जुँगारमा आफ्नो ७१औं शाखा खोलेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज ब्यांकिङ सेवा प्रदान गर्न र सरकारी नीति अनुसार ब्यांकिङ पहुँच विस्तार गर्न शाखा विस्तारको अभियानलाई तीव्रता दिइएको ब्यांकले जनाएको छ ।

आठ लाख बढी ग्राहक रहेको यस ब्यांकका १०० एटीएम र ६ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट ब्यांकको ६३ वटा शाखारहित सेवा सञ्चालनमा छन् । ब्यांकले विपन्न वर्ग कर्जा अन्तर्गत २२ हजार व्यक्तिलाई रु.३ अर्ब ६४ करोड लगानी गरेको छ ।

मेगा ब्यांक नेपाल लिमिटेडले सिरहाको लहान र गोरखाको भीमसेन थापा गाउँपालिकामा शाखा विस्तार गरेको छ । दुवै शाखाबाट साना व्यवसाय कर्जा र व्यक्तिगत निक्षेप केन्द्रित योजना अगाडि बढाइने ब्यांकले जनाएको छ । दुई नयाँ शाखासँगै मेगा ब्यांकका शाखा संख्या ९३ पुगेको छ । ब्यांकका ८ वटा एक्सटेन्सन, ७४ वटा एटीएम र ५८ वटा शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा छन् ।

सिद्धार्थ ब्यांकले सेवाग्राहीलाई ‘आईएमई पे वालेट’ मार्फत ब्यांक खाताबाट वालेट र वालेटबाट ब्यांक खातामा रकमान्तर गर्ने लगायतका सेवाहरू उपलब्ध गराउन थालेको छ । ‘आईएमई डिजिटल’ र सिद्धार्थ ब्यांकबीच ‘आईएमई पे वालेट’ मार्फत सेवा उपलब्ध गराउने सम्बन्धी गत फागुनमा सम्झौता भएको थियो । ब्यांकका सेवाग्राहीले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । सिद्धार्थ ब्यांक लिमिटेड ‘आईएमई डिजिटल’ को ब्यांकिङ साझेदार संस्था हो ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ओम हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकहरुले ओम हस्पिटलबाट नगद रहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्नेछन् ।

comments powered by Disqus

रमझम