२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

‘भ्वाइस अफ नेपाल’ सँगै टीभीएस

Share:
  

फ्रेन्चाइज गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को प्रायोजन टीभीएस ले गर्ने भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले ‘अपाचे आरटीआर’ लाई उक्त कार्यक्रमसँग आवद्ध गरेको छ । साउन पहिलो हप्तादेखि प्रसारण हुने ‘भ्वाइस अफ नेपाल’ लगातार चार महीनासम्म चल्नेछ । कार्यक्रम कान्तिपुर टेलिभिजन र डिसहोम मार्फत प्रसारण हुनेछ ।

भाटभटेनीको ईसेवापसल

‘भाटभटेनी अनलाइन डटकम’ ‘ईसेवापसल डटकम’को नाममा सञ्चालनमा आएको छ । सञ्चालनको जिम्मेवारी लिएको एफवान सफ्ट इन्टरनेशनल प्रालिले अनलाइन व्यवसायलाई अझ तीव्र बनाउने जनाएको छ । अनलाइन शपिङका लागि भाटभटेनी अनलाइन ६ वर्ष पहिले सञ्चालनमा आएको थियो । ईसेवापसलमा शपिङ गर्दा ईसेवाका साथै मोबाइल ब्यांकिङ र ईब्यांकिङ मार्फत भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छूटको व्यवस्था गरिएको छ । अनलाइनमा अर्डर भएको सामान २४ घण्टाभित्र ग्राहकको घरमा पुर्‍याउने ईसेवाको दाबी छ ।

मेगा ब्यांक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा शाखा विस्तार गरेको छ । ब्यांकिङ पहुँच विस्तार गर्न ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको बताएको मेगा ब्यांकले यो आर्थिक वर्षभित्र थप ६ वटा शाखा विस्तार गर्दैछ । त्रिपुरासुन्दरीसँगै धादिङमा मात्र मेगा ब्यांकको शाखा संख्या ४ पुगेको छ । उदयपुरमा भने यो पहिलो शाखा हो । मेगा ब्यांकले ९५ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम र ५८ वटा शाखारहित ब्यांकिङ सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच नगद रहित सेवा दिने सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकले ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा पाउनेछन् ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास ब्यांकबीच अस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापछि सिद्धार्थ ब्यांकका ग्राहकले मुक्तिनाथ विकास ब्यांकको कुनै पनि शाखाबाट आईएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराउनुका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्नेछन् ।

comments powered by Disqus

रमझम