३-९ असार २०७५ | 17-23 June 2018

सामसङ को ‘फिल द गेम’ योजना

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप २०१८ को अवसरमा ‘फिल द गेम’ योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सामसङ का कभ्र्ड, स्मार्ट, एचडी लगायतका टेलिभिजनको खरीदमा २७ प्रतिशतसम्म छूट दिएको छ । त्यस्तै हरेक टेलिभिजन सेटमा दुई वर्षको वारेन्टी र निब्र्याजी किस्ताबन्दीको सुविधा समेत छ ।

कम्पनीले टर्किस एअर, एस ट्राभल्स, वयोधा अस्पताल र केजीएच ग्रुपसँगको सहकार्यमा गिफ्ट भौचरको व्यवस्था पनि गरेको छ । त्यसैगरी लक्की ड्र मार्फत ग्राहकले रेफ्रिजेरेटर, ग्यालेक्सी एस–९, ग्यालेक्सी एस–६ प्लस तथा ग्यालेक्सी–७ डूओस स्मार्टफोन जित्न सक्नेछन् ।

आईएमई १८औं वर्षमा प्रवेश

रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई १८औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि साझेदारीलाई मुख्य प्राथमिकता दिंदै आएको कम्पनीका हालसम्म २० हजारभन्दा बढी व्यावसायिक साझेदार छन् । व्यावसायिक प्रणालीलाई बदल्दै ‘आईएमई पे’ मार्फत डिजिटल रेमिटेन्स सेवाको समेत शुरुआत गरेको आईएमई समूहले ब्यांक, बीमा, अटोमोबाइल्स्, ऊर्जा लगायतका क्षेत्रमा समेत लगानी विस्तार गरेको छ ।

आईफोन सटही योजना

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेन नेक्सट कम्युनिकेशन प्रा.लिले आईफोन सटही योजना ल्याएको छ । भ्याट बिल तथा आईफोनको वारेन्टी सुविधा भएका ग्राहक यो योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । ब्याट्रीको समस्या झेलिरहेका ग्राहकले चाहिं रु.१० हजार तिरेर यो योजनामा सहभागी हुन पाउनेछन् । जेन नेक्सटले आईफोनका साथै म्याकबुक, आईप्याड र आईक्याम बिक्री गर्दै आइरहेको छ । कम्पनीले आईफोन खरीद गर्दा जेन नेक्सटको होलोग्राम हेरेर आधिकारिक डिलरबाट मात्र खरीद गर्न अनुरोध गरेको छ ।

एनआईसी एशिया ब्यांकले सर्लाहीको हरिपुर्वामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन हरिपुर्वा गाउँपालिकाका अध्यक्ष सियाराम रायले गरेका थिए ।

त्यस्तै ब्यांकले देशभर लागू हुने ‘धनवर्षा मुद्दती निक्षेप योजना’ सञ्चालनमा ल्याएको छ । यो योजनामा ब्यांकले १२ प्रतिशत ब्याज मासिक भुक्तानी गर्नेछ । एक वर्ष अवधिको लागि खाता खोल्न सकिने उक्त योजना अन्तर्गत ब्यांकमा जम्मा भएको निक्षेपको ८० प्रतिशत कर्जा समेत दिइने ब्यांकले जनाएको छ । एनआईसी एशिया ब्यांकका देशभर २१८ शाखा र २१० वटा एटीएम काउन्टर छन् ।

सिभिल ब्यांक लिमिटेडले १० प्रतिशत वार्षिक ब्याजदर सहितको ‘चन्द्रसूर्य बचत खाता’ सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात रु.१० हजार रहेको यस खातामा इन्टरनेट ब्यांकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस ब्यांकिङ लगायतका सुविधा निःशुल्क उपलब्ध हुनेछन् । त्यस्तै पाँच लाखसम्मको दुर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमाका साथै घरदैलो सेवा समेत रहेको ब्यांकले जनाएको छ । ब्यांकले २२२ दिने मुद्दती खातामा १२ दशमलव २२ प्रतिशत वार्षिक ब्याजदर दिने निर्णय समेत गरेको छ । मुद्दती खातामा भने न्यूनतम मौज्दात रु.३ लाख हुनुपर्ने ब्यांकले जनाएको छ ।

महालक्ष्मी विकास ब्यांक लिमिटेडले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा दुई शाखा शुरु गरेको छ । दुवै शाखाले व्यक्तिगत, कृषि तथा साना व्यवसाय कर्जामा विशेष जोड दिएका छन् । यी शाखाले महिला तथा बालबालिका लक्षित निक्षेप योजना समेत सञ्चालन गर्नेछन् । शाखाबाट विभिन्न कम्पनीका रेमिटेन्स सेवा समेत उपलब्ध हुने ब्यांकले जनाएको छ ।

comments powered by Disqus

रमझम