१७-२३ असार २०७५ | 1-7 July 2018

आई–२० को नयाँ संस्करण

Share:
  

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ‘आई–२० एक्टिभ फेसलिफ्ट २०१८’ सार्वजनिक गरेको छ ।

पुरानो संस्करणको ‘आई–२०’ भन्दा यसमा बडी क्लेडिङ, रुफ रेल्स लगायतका नयाँ विशेषता थपिएको छ भने सुरक्षाका लागि एण्टी ब्रेकिङ् सिस्टम (एबीएस) र एअर ब्याग पनि छ । त्यस्तै पार्किङ सेन्सर, स्क्रिन टच सहितको इन्फोटेन्मेन्ट सिस्टम, आर–१६ डायमण्ड कट् अलोय ह्वील नयाँ आई–२० एक्टिभमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

आई–२० एक्टिभ फेसलिफ्ट ‘बेस’ र ‘एस’ गरी दुई भेरियन्टमा उपलब्ध छ । ‘बेस’ भेरियन्टको रु.३३ लाख ९६ हजार र ‘एस’ भेरियन्टको मूल्य रु.३७ लाख ९६ हजार तोकिएको छ ।

सीजी को नयाँ मोबाइल

सीजी इलेक्ट्रोनिक्सले ‘ओरियन १८१ डब्लू’ र ‘ओरियन २४१ डब्लू’ गरी दुई नयाँ मोबाइल सेट नेपाली बजारमा भित्र्याएको छ ।

‘ओरियन १८१ डब्ल्यू’ मा १.८ इन्चको स्क्रिन, डिजिटल क्यामेरा, ८ जीबीसम्म बढाउन मिल्ने मेमोरी, डूअल सिम र १००० एमएएचको ब्याट्री छ । यसमा वायरलेस एफएम, ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता विशेषता पनि छन् । कालो र नीलो, कालो र पहेंलो अनि कालो र रातो रंगमा उपलब्ध ओरियन १८१ डब्ल्यूको बजार मूल्य रु.११९९ तोकिएको छ ।

त्यस्तै ‘ओरियन २४१ डब्ल्यू’ मा २.४ इन्चको स्क्रिन, डिजिटल क्यामेरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, डुअल सिम र १००० एमएचको ब्याट्री छ । यसमा पनि वायरलेस एफएम, ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता विशेषता छन् । कालो र रातो तथा कालो र सुन्तला रंगमा उपलब्ध यो मोबाइल सेटको बजार मूल्य रु.१४९९ तोकिएको छ ।

सामसङ ले ल्यायो दुई नयाँ स्मार्टफोन

सामसङ नेपालले इन्फिनिटी डिस्प्ले सहितको ए–६ र ए–६ प्लस गरी दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । मेटल यूनिबडी र स्लिक डिजाइनमा उपलब्ध दुवै स्मार्टफोनमा ६ इन्चको डिस्प्ले छ ।

फिङ्गर सेन्सर सहितका यी मोबाइल सेटमा अक्टाकोर प्रोसेसर, एण्ड्रोइड अपरेटिङ सिस्टम र चार जीबी ¥याम छ भने ए–६ मा ३००० एमएएच र ए–६ प्लसमा ३५०० एमएएचको ब्याट्री छ ।

सुपर एमोलेड इन्फिनिटी रहेको ए–६ प्लसमा डूअल रियर क्यामरा छ । प्राइमरी रियर क्यामरामा १६ मेगा पिक्सल तथा एफ/१.७ अपार्चर छ । त्यस्तै, ५ मेगा पिक्सलको रियर क्यामेरा एफ/१.९ को अपार्चर छ । यसले फोटो खिच्दा पृष्ठभूमि ‘ब्लर’ गर्न पनि सकिन्छ । यसमा रहेको लो अपार्चर लेन्सले कम उज्यालोमा पनि तस्वीर खिच्न सक्छ ।

कम्पनीले ए–६ को मूल्य रु.३९ हजार ८९० र ए–६ प्लसको रु.४४ हजार ३९० तोकेको छ ।

सिभिल ब्यांक लिमिटेडले आफ्ना ग्राहकमाझ सहज ढंगले सूचना प्रवाह गर्न वेबसाइट शुरुआत गरेको छ । धधध।अष्खष्दिबलप।अयm।लउ मा ब्यांकले प्रदान गर्ने सेवा–सुविधाको जानकारी दिइनुका साथै खाताको विवरण हेर्न मिल्ने र सिभिलबाट अन्य ब्यांकमा रकमान्तर गर्न सकिने सुविधा पनि छ । वेबसाइटबाटै टेलिफोन, विद्युत्को बिल भुक्तानी गर्न सकिन्छ । दुईलाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको ब्यांकका देशभर ६३ वटा शाखा कार्यालय छन् ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले मोबाइल एप सेवाको शुरुआत गरेको छ । मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाता, सामूहिक लगानी कोषको प्रति इकाई मूल्यको जानकारी, नेप्से बजार रिपोर्टका साथै एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको अन्य सुविधाको जानकारी लिन सक्ने छन् । उक्त एप, एण्ड्रोइडको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम