६-१२ साउन २०७५ | 22-28 July 2018

सामसुङ को ग्यालेक्सी जे–४

Share:
  

सामसुङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गतको ग्यालेक्सी जे–४ नेपाली बजारमा ल्याएको छ । युनिक एड्भान्स मेमोरी म्यानेजमेन्ट रहेको यो फोनमा तस्वीर, भिडियो र सोसल मिडियाका सामग्री स्वतः मेमोरी कार्डमा सुरक्षित हुन्छन् । यसमा एड्जस्टेबल फ्ल्यास, १३ एमपी रियर क्यामेराका साथ एफ १.९ एपरचर छ । एन्ड्रोइड ओरेओ ८.० अपरेटिङ्ग सिस्टम रहेको मोबाइल १६ तथा ३२ जीबी स्टोरेज क्षमताका गरी दुई सेग्मेन्टमा उपलब्ध छ । ३००० एमएएच ब्याट्री सहितको मोबाइलको मूल्य क्रमशः रु.१७ हजार २९० र रु.२० हजार ६९० तोकिएको छ ।

आईफ्लिक्स र हिमालयन जाभा को सहकार्य

हिमालयन जाभा का ग्राहकहरुले दुई महीना निःशुल्क र थप एक महीना परीक्षणका रुपमा मनोरञ्जनको वेभ प्लेटफर्म आईफ्लिक्स को निःशुल्क अनलिमिटेड पहुँच पाउने भएका छन् । हिमालयन जाभा र आईफ्लिक्स बीचको सम्झौता अनुसार, ग्राहकहरुले जाभा का आउटलेटबाट पाउने भौचर कोड मार्फत यस्तो सेवा लिन सक्नेछन् । १७ जुलाईदेखि १६ अगस्टसम्म यो योजना लागू हुनेछ । आईफ्लिक्स मार्फत हजारौं टीभी शो, सिनेमा, कार्टुन, खेलकुद सहितका च्यानल हेर्न सकिन्छ । मोबाइल, ल्यापटप, टीभी आदि मार्फत आईफ्लिक्स मा उपलब्ध मनोरञ्जन सेवा हेर्न तथा डाउनलोड गर्न मिल्छ । दुई दर्जनभन्दा बढी मुलुकमा आईफ्लिक्स को सेवा उपलब्ध छ ।

आइक्यान को अवार्ड बोटलर्स नेपाल लाई

इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाल लिमिटेडलाई ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७’ द्वारा सम्मान गरेको छ । साधारण क्षेत्रतर्फ उत्कृष्ट लेखा परीक्षण वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकोमा बोटलर्स नेपाल लाई सम्मान गरिएको हो । यसअघि, बोटलर्स नेपाल सन् २०१५ मा दोस्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो ।

किस्ताबन्दीमा भीभो का मोबाइल

न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको ईजी मोबाइल प्रालिले भीभो ब्रान्डका मोबाइल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रु.१ तिरेर ग्राहकले मोबाइल घर लैजान सक्ने यो योजनामा १८ महीनासम्ममा किस्ताबन्दीमा रकम भुक्तानी गर्न पाउने सुविधा छ । एक वर्षको वारेन्टी सहितको यो मोबाइल फोन खरीद गर्दा कम्पनीले किस्ताबन्दीमा ब्याज नलाग्ने बताएको छ ।

सिरहामा बजाज को शोरुम

बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले सिरहाको ट्राफिकचोकमा नयाँ शोरुम ‘स्नेहा अटो जोन’ स्थापना गरेको छ ।
यो शोरुममा बाइकका स्पेयर पार्टस् तथा एसेसरिज लगायतका सुविधा उपलब्ध हुनेछन् । शोरुमले ग्राहकका लागि पुरस्कारको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

एनसेल का सेवामा  दूरसञ्चार सेवा शुल्क

एनसेल ले सबै सेवाका मूल्यमा नयाँ दूरसञ्चार सेवा शुल्क दर समायोजन गरेको छ । कम्पनीले १ साउनदेखि सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क बमोजिम सेवाको मूल्य समायोजन गरेको हो । एनसेल ले सुलभ दरमा डेटा र भ्वाइस सेवा दिनका लागि नयाँ योजना पनि सार्वजनिक गरेको छ । १ साउनदेखि ९० दिनका लागि लागू हुने नयाँ योजनामा दैनिक, तीनदिने, साप्ताहिक, मासिक डेटा र भ्वाइस प्याकहरु छन् ।

नेपाल इन्भेष्टमेण्ट ब्यांकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट ब्यांक नेपाल २०१८ अवार्ड पाएको छ । प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा ब्यांकलाई यो अवार्ड दिएको हो । संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाको मूल्यांकनपछि युरोमनीले यस्तो अवार्ड दिएको ब्यांकले जनाएको छ ।

सानिमा ब्यांकले मलेशियाबाट रेमिटेन्स भिœयाउन सीबीएल मनी ट्रान्सफर मलेशियासँग सम्झौता गरेको छ । सम्झौतापछि सानिमा एक्सप्रेस मलेशियाबाट पठाएको रकम नेपालका ८ हजारभन्दा बढी स्थानीय आधिकारिक एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

सिटीजन्स ब्यांकले इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान) द्वारा प्रदान गरिने ब्यांकिङ समूहतर्फको ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७’ पाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन, लेखा विवरण तथा लेखा सम्बन्धी टिप्पणीका आधारमा ब्यांकले यो अवार्ड पाएको हो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा रु.१ अर्ब ८३ करोड ३९ लाख बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशत बढी हो । कम्पनीले गएको आर्थिक वर्षमा रु.१ अर्ब १८ करोड बीमा दाबी भुक्तानी पनि गरेको छ ।

एनआईसी एशिया ब्यांकले मिस्ड कल ब्यांकिङ सेवा शुरु गरेको छ । यो सेवा अन्तर्गत ब्यांकले मिस्ड कल गर्ने ग्राहकलाई फोन गरेर उनीहरुको खातामा रहेको मौज्दात ब्यालेन्स, मिनी स्टेटमेन्ट एवं अन्य सेवाबारे जानकारी दिनेछ ।

comments powered by Disqus

रमझम