२०-२६ साउन २०७५ | 5-11 August 2018

सामसङ को जे–८ स्मार्टफोन

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी जे–८ स्मार्टफोन सार्वजनिक गरेको छ । एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको स्मार्टफोनमा ४५० को स्न्याप ड्रागन प्रोसेसर, ३५०० एमएएचको ब्याट्री, चार जीबी र्‍याम र ६४ जीबीको रोम छ । जे–८ मा २५६ जीबीसम्मको एक्स्टर्नल मेमोरी प्रयोग गर्न सकिन्छ ।

यसमा ६ इन्चको सुपर एमिलोड इन्फिनिटी डिस्प्ले तथा १६ र ५ मेगापिक्सलका दुई क्यामेरा छन् । भिडियो हेर्दाहेर्दै च्याट गर्न सकिने ‘च्याट ओभर भिडियो’ प्रणाली सुविधा पनि यसमा समेटिएको छ । फिंगर प्रिन्ट तथा फेस रिकग्निसनको माध्यमबाट अनलक गर्न सकिने जे–८ स्मार्टफोन नीलो, कालो र गोल्डेन रंगमा उपलब्ध छन् । यसको बजार मूल्य रु.३३ हजार ४९० तोकिएको छ ।

एलजी का स्मार्ट इन्भर्टर फ्रिज

एलजी इलेक्ट्रोनिक्सको नेपालस्थित आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले स्मार्ट इन्भर्टर फ्रिज बजारमा ल्याएको छ ।

‘सिंगल डोर’ भएको यो फ्रिजमा एलजी पेटेन्ट आइस ट्रे, लोड अनुसारको कम्प्रेसर स्पिड कन्ट्रोल छ । यसले विद्युत् खपत कम गर्नुका साथै आवाज पनि कम निकाल्ने सीजी को दाबी छ । ‘डाइरेक्ट कुल’ विशेषता सहितको यो फ्रिजमा १० वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

एचटीसी का दुई नयाँ मोबाइल

गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इन्फोटेकले एचटीसी ब्राण्डका दुई नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ । कम्पनीले एचटीसी को डिजायर १२ र डिजायर १२ प्लस बजारमा ल्याएको हो ।

डिजायर १२ मा ५.५ इन्चको एलसीडी डिस्प्ले, अक्टाकोर प्रोसेसर तथा २७३० एमएएचको ब्याट्री छ । त्यसैगरी डिजायर १२ प्लसमा ६ इन्चको स्क्रिन, डुअल क्यामेरा, फिङ्गर प्रिन्ट सेन्सर र स्न्याप ड्रागन प्रोसेसर २९६५ एमएएचको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

मिस नेपाल खतिवडा गोर्खा इको प्यानलको ‘ब्राण्ड एम्बासडर’

‘मिस नेपाल वल्र्ड–२०१८’ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ‘ब्राण्ड एम्बासडर’ नियुक्त भएकी छिन् ।

श्रृंखलाले पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्टमा स्नातक गरेकी छन् । अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टिशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट निर्माण छिटो गर्न सकिने कम्पनीले जनाएको छ । निर्माणको लागि भरपर्दो र भूकम्प प्रतिरोधी भएकोले आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्बासडर बनेको श्रृंखला बताउँछिन् । आर्किटेक्टहरूले भवन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामग्री प्रयोग गर्नुपर्ने खतिवडाको भनाइ छ ।

नबिल ब्यांक लिमिटेडले एकैसाथ १२ नयाँ शाखा संचालनमा ल्याएको छ । ब्यांकले प्रदेश–५ मा एक, कर्णाली प्रदेशमा पाँच र प्रदेश–७ मा ६ वटा शाखाको उद्घाटन गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंबाटै नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । त्यस क्रममा मन्त्री खतिवडाले सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार पार्न वित्तीय समावेशिता र ब्यांकिङ पहुँच अत्यावश्यक रहेको बताए । नयाँ शाखाबाट ब्यांकिङ सेवाका साथै सामाजिक सुरक्षा भत्ताको भुक्तानी समेत दिइने ब्यांकले जनाएको छ । नबिल ब्यांकका ७४ वटा शाखा र ११५ वटा एटीएम काउन्टर संचालनमा छन् ।

एनआईसी एशिया ब्यांक लिमिटेडले तनहुँको साँखे बजार र ब्यास नगरपालिकाको कालेस्तीमा दुई शाखारहित ब्यांकिङ सेवा शुरुआत गरेको छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित ब्यांकिङ सेवा शुरु गरेको ब्यांकले जनाएको छ । यी दुईसँगै एनआईसी एशियाका शाखारहित ब्यांकिङ सेवा १५ पुगेका छन् । शाखारहित सेवाबाट ग्राहकले निक्षेप खाता खोल्न, महसुल भुक्तानी गर्न, कर्जा कारोबार तथा संक्षिप्त ब्यांक स्टेटमेन्ट लगायतको सेवा लिन सक्नेछन् । एनआईसी एशिया ब्यांकले २२६ शाखा कार्यालय मार्फत देशभर सेवा दिइरहेको छ ।

comments powered by Disqus

रमझम