३-९ भदौ २०७५ | 19- 25 August 2018

पल्सर १५० सीसी डबल डिस्कमा

Share:
  

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘पल्सर १५० ट्वीन डिस्क’ मोटरसाइकल बजारमा ल्याएको छ । दुवै पांग्रामा डिस्क ब्रेक रहेको यो मोटरसाइकल कालो–नीलो, कालो–रातो तथा ब्ल्याक–क्रोम गरी तीन रंगमा उपलब्ध छ ।

स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फूटपेज भएको यस मोटरसाइकलमा १७ इन्च एलोय ह्वील छ भने चेसिस र सकर पनि पुरानोको तुलनामा ठूलो रहेको कम्पनीले जनाएको छ । १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन सहितको मोटरसाइकलमा दुई वटा भल्भ र १५ लिटर क्षमताको पेट्रोल ट्याङ्की छ । ५ गियर भएको यो मोटरसाइकलको बजार मूल्य रु.२ लाख ५५ हजार ९०० तोकिएको छ ।   

टम्बो मोबाइल नेपालमा

भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि शंकराचार्य मोबाइल प्रालि आधिकारिक वितरक रहेको टम्बो ब्राण्डका ६ मोडलका बारफोन र दुई मोडलका स्मार्टफोन नेपाली बजारमा उपलब्ध छन् ।

बिक्री शुरुआतको अवसरमा कम्पनीले टम्बो का सम्पूर्ण मोबाइल सेटमा २०० दिनसम्मको रिप्लेसमेन्ट र ३६५ दिनको स्क्रिन रिप्लेसमेन्ट वारेन्टी दिएको छ ।

प्रत्येक स्मार्टफोनमा फेस रिकग्निसन, फिंगरप्रिन्ट, फोर–जी लगायत प्रिमियम विशेषता रहेको टम्बो का बारफोनको मूल्य रु.१००० देखि शुरु हुने कम्पनीले जनाएको छ ।

सुबिसु को नयाँ आउटलेट

इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रा.लि.ले आफ्नो पाँचौं आउटलेट काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । यो आउटलेटबाट सुबिसु ले कलंकी तथा यस क्षेत्र नजिकका ग्राहकहरुलाई आफ्नो सेवासँग सम्बन्धित सम्पूर्ण जानकारी, बिक्री–वितरण साथै बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । सुबिसु ले एउटै केबल नेटवर्क मार्फत इन्टरनेट र टिभी सेवा प्रवाह गर्दै आइरहेको छ ।

गुड डे को ब्राण्ड एम्बेस्डरमा प्रियंका

ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले नायिका प्रियंका कार्कीलाई गुड डे बिस्कुटको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । ६० भन्दा बढी देशमा उपलब्ध यो बिस्कुट नेपालमा वितरणको जिम्मा विशाल गु्रपले लिएको छ । सन् १९१८ मा भारतमा स्थापित ब्रिटानिया इण्डस्ट्रिजले पछिल्ला ३० वर्षदेखि नेपालमा बिस्कुट बिक्री गर्दै आएको छ । नेपालमा ब्रिटानियाका गुड डे, टाइगर, न्यूट्रिच्वाइस, मिल्कविकिस र मारी गोल्ड लगायतका उत्पादन उपलब्ध छन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश ब्यांक लिमिटेडबीच ब्यांकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ब्यांकको तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्राहकले अब नेपाल बंगलादेश ब्यांकको कुनै पनि शाखाबाट आईएमई लाइफको जीवन बीमा गराउन र जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आईएमई लाइफले हाल ५० स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

एनआईसी एशिया ब्यांक लिमिटेडले धादिङको गजुरी र गल्छीमा दुई शाखा विस्तार गरेको छ । ब्यांकका मुलुकभर २३४ शाखा कार्यालय, २२४ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर र १६ वटा शाखारहित ब्यांकिङ एकाइ छन् ।

comments powered by Disqus

रमझम