१७-२३ भदौ २०७५ | 2-8 August 2018

महिन्द्रा को क्यूब–५०० नयाँ मोडलमा

Share:
  

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले क्यूब–५०० को नयाँ मोडल सार्वजनिक गरेको छ ।

‘प्लस न्यू क्यूब–५००’ आकर्षक डिजाइन, आरामदायी इन्टेरियर र उच्च शक्तियुक्त भएको कम्पनीको दाबी छ । स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) मोडलको क्यूबमा लङ प्रोजेक्सन ल्याम्प, विद्युतीय सन रुफ, स्मार्ट वाच कनेक्टिभिटी, ७ इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट लगायतका विशेषता छन् ।

यसमा सुरक्षाको लागि ६ एअरब्याग, एन्टी ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (इबीडी), डिस्क ब्रेक लगायतका विशेषता रहेको पनि कम्पनीले जनाएको छ ।

ओप्पो को एफ–९

स्मार्ट फोन सेट निर्माता ओप्पो ले एफ सिरिज अन्तर्गत नयाँ उत्पादन ‘ओप्पो एफ–९’ सार्वजनिक गरेको छ ।

एफ–९ सनराइज रेड, लाइट ब्लू र पर्पल गरी तीन रंगमा उपलब्ध छ । यसमा ६.३ इञ्च ‘वाटरड्रप स्क्रिन’, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसियो र ३५०० एमएएचको ब्याट्री छ । १०८० टू २३४० रेजोलुसन सहितको एफ–९ मा १६ र २ मेगापिक्सलका डुअल रियर क्यामेरा छन् भने फ्रन्टमा २५ मेगापिक्सलको क्यामेरा जडित छ । एफ–९ ले पाँच मिनेट चार्ज गर्दा दुई घण्टाको टक टाइम दिने कम्पनीको दाबी छ ।

४ र ६ जीबी र्‍याममा उपलब्ध यो स्मार्टफोनमा रहेको ६४ जीबी स्टोरेज क्षमतालाई एसडी कार्डको सहायताले २५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

होण्डा हर्नेटका नयाँ मोडल

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ‘सीबी हर्नेट १६० आर’ सार्वजनिक गरेको छ ।

नयाँ मोडलको हर्नेटमा स्पोर्टी बनोट र आकर्षक ग्राफिक्स रहेको कम्पनीले जनाएको छ ।

फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाइट स्विच रहेको हर्नेटमा सिल चेन, ट्यूबलेस टायर, मोनो सक र डबल डिस्कको सुविधा पनि छ । ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, ब्लू, रेड, यलो गरी पाँच रंगमा उपलब्ध हर्नेटको मूल्य रु.२ लाख ९९ हजार ९०० तोकिएको छ ।

मेगा ब्यांक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

मेगा ब्यांककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, मोटोकर्प प्राइभेट लिमिटेडबाट गाडी किन्ने ग्राहकलाई मेगा ब्यांकले १० वर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ । जसमध्ये डाटसन कम्पनीका गाडीहरु रु.१२ हजार ९९९ मासिक किस्तामै किन्न सकिनेछ ।

त्यसैगरी, ग्राहकले निशान कम्पनीका गाडीका लागि ३५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । लोनको प्रक्रिया शुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ । यो सुविधा मेगा ब्यांकका देशभरका शाखाबाट लिन सकिनेछ ।

एनआईसी एशिया ब्यांकले कास्कीको पोखरा, न्यूरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा दुई शाखा विस्तार गरेको छ । ग्राहकलाई सहज ब्यांकिङ सेवा प्रवाह गर्नको लागि शाखा विस्तारलाई प्राथमिकता दिएको ब्यांकले जनाएको छ ।

एनआईसी ब्यांकका मुलुकभर २४१ शाखा कार्यालय, २३५ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित ब्यांकिङ इकाइ छन् । १२ लाख १९ हजारभन्दा बढी ग्राहक रहेको ब्यांकको वासलातको आकार रु.१८३ अर्ब पुगेको छ भने कुल निक्षेप करीब रु.१५५ अर्ब छ ।

comments powered by Disqus

रमझम