२४-३० भदौ २०७५ | 9-15 September 2018

स्पोर्टी र मस्कुलर ‘सीबी हर्नेट १६० आर’

Share:
  

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले हर्नेट सिरिजको नयाँ मोडल ‘सीबी हर्नेट १६० आर’ सार्वजनिक गरेको छ । आकर्षक र स्पोर्टी लुक भएको यो बाइकमा रहेको सिंगल सिट चालकसँगै पछाडि बस्नेका लागि समेत आरामदायी छ ।

मोनिका देउपाला

यो बाइकको ब्ल्यू ब्ल्याक लाइटसहितको एलईडी डिस्प्लेमा ट्याकोमिटर, स्पिडोमिटर, फ्यूल गज, क्लक, टोटल र ट्रिप मिटर, न्यूट्रल फाइन्डर, साइड इन्डिकेटर फाइन्डिङ, हाई बीम इन्डिकेटर लगायत विशेषता छन् । बाइकमा रहेको हजार्ड लाइटले मधुरो प्रकाश र कुहिरो लागेको बेला पनि सुरक्षित यात्राको सुनिश्चितता गराउँछ । यसमा बढी उज्यालो दिने फूल एलईडी हेड ल्याम्पको सुविधा पनि छ । १६० सीसी सिरिजका अन्य मोटरसाइकलमा नहुने हेलोजन बेस्ड साइड इन्डिकेटर जडित सीबी हर्नेटमा अटो हेड ल्याम्प समेत छ ।

चर्को घाममा पनि टाढाबाट सजिलै देख्न सकिने एक्स सेभ्ड एलईडी टेल ल्याम्पसहित पूर्ण डिजिटल इन्स्ट्रूमेन्ट प्यानल रहेको सीबी हर्नेटमा सिल चेन, ट्यूबलेस टायर, मोनो शक लगायतका विशेषता छन् । यसमा आकर्षक ग्राफिक्स सहितको १२ लिटर क्षमताको मस्कुलर ट्याङ्क छ । पाँच गियरयुक्त यो बाइकको अधिकतम गति ११० किलोमिटर प्रति घण्टा हो ।

त्यस्तै ब्ल्याक पेन्टेड थिमको इन्जिनमा रातो अक्षरमा हाईलाइट भएको ‘होण्डा’ ले मोटरसाइकल थप आकर्षक देखिन्छ । १६४ मिलिमिटरको ग्राउण्ड क्लिरियन्सले बाइक अफरोडका लागि पनि सहज छ भने यसमा भएको मोनो शक र अगाडिको डिस्क ब्रेकले गर्दा तीव्र गतिमा रहेको बाइक सजिलै नियन्त्रणमा आउँछ । मोनो शकले बाइकलाई थप लक्जरियस पनि बनाएको छ ।

पावरफुल १६० सीसीको सीबी हर्नेटमा एअर कुल्ड, फोर स्ट्रोक र सिंगल सिलिण्डरयुक्त इन्जिन छ । सेल्फ र किक दुवै स्टार्टिङ् मेथड सहितको बाइकको लम्बाइ २ हजार ४१ मिलिमिटर, चौडाइ ७८३ मिलिमिटर र उँचाइ १ हजार ६७ मिलिमिटर छ । कुल वजन १३८ केजी भएको सीबी हर्नेटको ह्विल बेस १ हजार ३४६ मिलिमिटर छ । मोटो ह्विल बेस भएको बाइक चिप्लिने डर हुँदैन ।

यो बाइकले शहरमा ४० देखि ४५ र राजमार्गमा ५० भन्दा बढी माइलेज दिन्छ । ग्रे र ग्रिन, अरेन्ज र ग्रे, ब्ल्यू, रेड, यलो गरी पाँच रंगमा उपलब्ध हर्नेटको मूल्य रु.२ लाख ९९ हजार ९०० तोकिएको छ ।

प्रस्तुतिः मस्त केसी

comments powered by Disqus

रमझम