७-१३ असोज २०७५ | 23-29 September 2018

हुण्डाई को इलेक्ट्रिक कार

Share:
  

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘आयोनिक’ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । यसमा रहेको २८ किलोवाटको लिथियम पोलिमर ब्याट्री एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म कुदाउन सकिन्छ ।

८८ किलोवाटको इलेक्ट्रिक मोटर, सेमी अटोमेटिक ट्रान्समिशन रहेको यसमा एलईडी लाइट र ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट प्यानल समेत छ । ‘आयोनिक’ मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता पनि छन् ।

ड्राइभिङ डाइनामिक्सका साथ ‘आयोनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको यो गाडीको बजार मूल्य रु.५२ लाख ५६ हजार तोकिएको छ ।

बजाज को ‘पकेट फूल’ अफर

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैं–तिहारको अवसरमा ‘पकेट फूल’ अफर ल्याएको छ ।

यो अफर अन्तर्गत बजाज को कुनै पनि मोटरसाइकल खरीद गर्दा ग्राहकले प्राप्त गर्ने स्क्र्याच कार्ड मार्फत तत्कालै रु.१ लाखसम्म नगद छूटका साथै ‘लक्की ड्र’ मार्फत हरेक हप्ता एक जनाले पकेटमा अट्ने जति रकम जित्न सक्नेछन् ।

टीभीएस को ‘अपाचे आरआर–३१०’

नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अपाचे आरआर–३१०’ सार्वजनिक गरेको छ ।

३१२ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन भएको उक्त मोटरसाइकलमा ६–स्पिड गियर बक्स छ । यसको अधिकतम गति १६० किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ ।

यसमा फूल डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ट्रेलिस फ्रेम चेसीस, स्पीडो कम टेकोमीटर, ट्वीन प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रोनिक फ्यूल इन्जेक्शन, एन्टी लक ब्रेकिङ सिस्टम लगायतका विशेषता छन् । रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरी दुई रंगमा उपलब्ध आरआर ३१० को मूल्य रु.७ लाख ८० हजार छ ।

नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि ह्वीलचेयर वितरण गरेको छ । ब्यांकका नायव–महाप्रबन्धक रविन सिजापतिले काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र मार्फत अपांगता भएका व्यक्तिहरुलाई १३ वटा ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसस्था तथा कला, संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्‍याउँदै आइरहेको जनाएको छ ।

आठ लाख ७० हजार बढी ग्राहक रहेको ब्यांकले ७७ शाखा, १०२ वटा एटीएम, ६० वटा शाखारहित ब्यांकिङ सुविधा तथा नौ वटा राजस्व संकलन केन्द्र मार्फत देशभर सेवा प्रवाह गरिरहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं–तिहारलाई लक्षित गरी ‘लखपति एक्सप्रेस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ‘लक्की ड्र’ मार्फत दैनिक १२ जना ग्राहकले रु.२०० को मोबाइल टपअप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जनाले १० हजार नगद र हरेक महीना एक जनाले एक लाख जित्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै योजनाको अन्त्यमा एक जनाले रु.१२ लाख प्राप्त गर्नेछन् ।

१ असोजमा शुरु भएको योजना २९ मंसीरसम्म जारी रहनेछ ।

comments powered by Disqus

रमझम