१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

साओमी का चार स्मार्टफोन

Share:
  

साओमीले ‘मी ए–२’, ‘मी ए–२ लाइट’, ‘रेडी मी–६’ र ‘रेडी मी ६–ए’ गरी चार थरीका नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

‘रेडी मी–६’ मा १२ र ५ मेगापिक्सलका दुई क्यामेरा छन् । फेश रिकग्निशन विशेषता सहितको यो स्मार्टफोनमा रहेको ५.४५ इन्च स्क्रिनकोे रेजुलुशन १४४०ः७२० छ । तीन जीबी र्‍याम र ३२ जीबी रोम सहितको ‘रेडी मी–६’ को मूल्य रु.१६ हजार ४९९ र तीन जीबी र्‍याम र ६४ जीबी रोम सहितको मूल्य रु.१८ हजार ४९९ तोकिएको छ ।

त्यस्तै, ३००० एमएएचको ब्याट्री रहेको, फोरजी सीम चल्ने ‘रेडी मी ६–ए’ कोे मूल्य रु.१२ हजार ९९९ तोकिएको छ । रेडी मी–६ र ६–ए दुवै मोबाइल सुनौलो, कालो र नीलो गरी तीन रंगमा उपलब्ध छन् ।

‘मी ए–२’ मा २० मेगापिक्सलका दुई क्यामेरा छन् । यसले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्ने कम्पनीको दाबी छ । ५.८४ इन्चको स्क्रिन रहेको यो मोडलको स्मार्टफोनमा अटो कन्ट्र्याक्ट, रिडिङ मोड र नाइट मोड लगायत विशेषता छन् । चार जीबी र्‍याम, ६४ जीबी रोम र ४००० एमएएचको ब्याट्री जडित यो स्मार्टफोनको मूल्य रु.३० हजार ९९९ तोकिएको छ ।

दुई मोडलमा उपलब्ध ‘मी ए–२ लाइट’ मा १२ र ५ मेगापिक्सलका दुई क्यामेरा छन् । चार जीबी र्‍याम र ६४ जीबी रोम सहितको मोडलको मूल्य रु.२४ हजार ९९९ तोकिएको छ भने तीन जीबी र्‍याम र ३२ जीबी रोम सहितको मूल्य रु.२० हजार ९९९ छ । ‘मी ए–२’ र ‘मी ए–२ लाइट’ कालो, सुनौलो र नीलो रंगमा उपलब्ध छन् ।

शिखर सुज को दशैं–तिहार योजना

शिखर सुजले दशैं तिहार लगायत चाडबाडलाई लक्षित गर्दै ‘पाडो किन्दा भैंसी उपहार’ योजना ल्याएको छ । यो योजना अनुसार, शिखर सुजको जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्पर उपहारमा कार पाउने छ ।

योजना अन्तर्गत रु.२ हजारभन्दा बढी मूल्यका जुत्ता खरीदमा प्रत्येक ग्राहकले लेडिज स्यान्डल उपहार पाउने छन् । त्यस्तै, कम्पनीले हरेक जुत्ता चप्पल खरीद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउने छ ।

एक सयभन्दा बढी डिजाइनका जुत्ता बजारमा ल्याएको शिखरले सबै जुत्तामा ६ महिनाको वारेण्टी दिएको छ ।

इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंमा २० लाख’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत आईएमई मार्फत कारोबार गरेका ग्राहकमध्ये ‘लक्की ड्र’ गरी हरेक दिन १० जनाले ‘आईएमई पे’बाट एक हजारको बिल भुक्तानी, हरेक हप्ता एक जनाले रु.१० हजार नगद, हरेक महीना एक जनाले रु.१ लाख नगद तथा बम्परमा एक जनाले रु.२० लाख नगद प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उपहार पाउनको लागि ग्राहकले कारोबार गरेको भौचरको सक्कल कपी सुरक्षित राख्नुपर्नेछ । ७ असोजबाट शुरु भएको यो योजना मंसीर अन्तिमसम्म लागू हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट ब्यांक लिमिटेडले काठमाडौं न्यूरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन ब्यांकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका हुन् ।

इन्भेष्टमेण्ट ब्यांकका मुलुकभर ७७ शाखा छन् । आठ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको ब्यांकका १०३ वटा एटीएम छन् ।

मेगा ब्यांक नेपाल लिमिटेडले तीन नयाँ ठाउँमा एटीएम सेवा विस्तार गरेको छ । ब्यांकले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर, टेकु अस्पताल र सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीएम सेवा विस्तार गरेको हो । योसँगै ब्यांकको एटीएम सेवा ७९ स्थानमा विस्तार भएको छ ।

comments powered by Disqus

रमझम