२१-२७ असोज २०७५ | 7-13 October 2018

चितवनको हाकिम चोकमा बजाज शोरूम

Share:
  

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चितवनको हाकिम चोकमा नयाँ शोरुम स्थापना गरेको छ । नयाँ शोरुम ‘एन के मोटर्स’ ले सेल्स, सर्भिस र स्पेयर्सको सुविधा उपलब्ध गराउनेछ ।

बजाज मोटरसाइकलको बढ्दो मागकै कारण नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ । शोरुम शुभारम्भको अवसरमा खरीदकर्ताका लागि विशेष छूट र उपहारको व्यवस्था समेत गरिएको छ ।

न्यूरोडमा स्मार्ट टेलिकम को नयाँ सेन्टर

स्मार्ट टेलिकम ले काठमाडौं, न्यूरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ । सेन्टरको उद्घाटन स्मार्ट टेलिकम का प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरेका हुन् । सहज एवं सरल तरिकाले ग्राहकलाई सुविधा प्रदान गर्न नयाँ सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, स्मार्ट टेलिकम ले ‘डबल योर ह्याप्पिनेस’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले रु.९९ मा स्मार्टको सिमकार्ड खरीद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नेछन् । दुवै सिममा एक जीवी डाटा पनि उपलब्ध हुनेछ ।

कलर्स को ‘चट्ट क्यास पट्ट लक’ योजना

कलर्स अप्लाइन्सेस्ले दशैं, तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’ योजना घोषणा गरेको छ ।

यो योजना अन्तर्गत कलर्स होम अप्लाइन्सेस्का सामग्री खरीदमा उपभोक्ताले रु.१४ हजार ९० सम्म नगद फिर्ता तथा एक जनाले लक्की ड्रमा ५५ इन्चको फोर–के स्मार्ट टेलिभिजन जित्न सक्नेछन् ।

कलर्स अप्लाइन्सेस्ले रेफ्रिजेरेटर, एलइडी टिभी, चेष्टफ्रिजर, अपराइट शोकेस, वासिङ मेशिन लगायतका सामान बिक्री गर्दै आएको छ ।

चालकलाई ज्याकेट

शिवम् सिमेन्ट लिमिटेडले काठमाडौंका केही ट्याक्सी चालकलाई ज्याकेट उपलब्ध गराएको छ । शिवम् सिमेन्टले एभरेष्ट क्याब सर्भिसको संयोजकत्वमा कार्यक्रम आयोजना गरी चालकले लगाउने विशेष ज्याकेट हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागले ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गरेको थियो । सन् २००९ मा हेटौंडामा स्थापित यस उद्योगले क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गर्दै आएको छ ।

जनता ब्यांक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । जनता ब्यांकको वेबसाइट जनताब्यांक डटकम लगइन गरी देशभर रहेका १२३ वटै शाखामा खाता खोल्न सकिन्छ । अनलाइनबाट खाता खोलेपछि ब्यांकले खाता नम्बर र आवश्यक जानकारी ग्राहकको इमेलमा पठाउँछ ।

रेमिटेन्स कम्पनी वेस्टर्न यूनियन मनी ट्रान्सफरले विजया दशमी, दीपावली तथा छठको अवसरमा ‘खुशीको पर्व’ योजना ल्याएको छ । योजना अन्तर्गत विदेशबाट पठाएको रकम प्राप्त गर्दा ग्राहकले उपहारस्वरुप रकम नै प्राप्त गर्नेछन् । योजनामा सहभागी हुन वेस्टर्न यूनियनका सात वटा मुख्य एजेन्ट अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिट, माया रेमिट, नबिल ब्यांक, डिजिटेक रेमिटेन्स, सूर्य रेमिट र तिनका नेपालभरका एजेन्ट मार्फत रकम भुक्तानी गर्नुपर्नेछ । योजनामा लक्की ड्र मार्फत हरेक दिन एक ग्राहकले रु.१५ हजार तथा अन्त्यमा एक जनाले बम्पर उपहार स्वरुप रु.५ लाख जित्नेछन् । ७ असोजदेखि शुरु भएको योजना कात्तिक मसान्तसम्म लागू हुनेछ ।

comments powered by Disqus

रमझम