२-८ मंसिर २०७५ | 18-24 November 2018

निम्बसको व्यञ्जन मस्यौरा

Share:
  

दाना उत्पादनमा ख्याति कमाएको कम्पनी निम्बसले व्यञ्जन सोया नगेट्स (भटमासको मस्यौरा) बजारमा ल्याएको छ । उक्त मस्यौरा स्वस्थकर, प्रोटिनयुक्त शुद्ध तथा पूर्ण शाकाहारी भएको कम्पनीको दाबी छ । उच्च गुणस्तरीय भटमासको दानाबाट तयार पारिएको यो मस्यौरा पूर्ण स्वचालित मेशीनबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । निम्बसले दानाका साथै व्यञ्जन र सुनौलो किरण ब्रान्डमा खाने तेल उत्पादन गरिरहेको छ । कम्पनीले आटा, सुजी, दाल, मैदालगायतका खाद्य पदार्थ समेत उत्पादनको तयारी गरिरहेको छ ।

साओमीको ‘पोकोफोन एफवान’

मोबाइल फोन उत्पादन कम्पनी साओमीले नेपालमा पोकोफोन एफवान स्मार्टफोन भिœयाएको छ । ६ जीबी र्‍याम र ६४ जीबी रोमसहितको यो फोनको मूल्य रु.३४ हजार ९९९ तोकिएको छ । यसमा वालकोम स्नापड्रागन ८४५ प्लेटफर्म, लिक्विड कुल टेक्नोलोजी कुलिङ सिस्टम र ४००० एमएएचको ब्याट्री छ । एआई डुअल क्यामेरा र २० मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको यो मोबाइल ग्राफाइट ब्ल्याक र स्टिल ब्लू ब्याक कभरमा उपलब्ध छ ।

पल्सर एनएस १६० टीडी बजारमा

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले पल्सर एनएस १६० टीडी को बिक्री शुरु गरेको छ । आकर्षक डिजाइनको यो मोटरसाइकल दुई वटा डिस्क ब्रेक, प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, सफायर ब्लू र ग्लसी पेव्टर ग्रे गरी चार रङमा उपलब्ध छ । मोटरसाइकलमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लंगर व्हील बेसलगायतका विशेषता छन् । १६०.३ सीसी सिंगल सिलिन्डर डीटीएसआई इञ्जिनसहितको यो मोटरसाइकलमा दुई वटा भल्भ जडान गरिएको छ ।

यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । १२ लिटर पेट्रोल ट्याङ्की, ५ गियर सहितको मोटरसाइकलमा १६७ एमएमको ग्राउण्ड क्लियरेन्स छ । यसको बजार मूल्य रु.२ लाख ८६ हजार ९०० तोकिएको छ ।

नबिल ब्यांकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पतालमा विशेष छुट र सुविधा पाउने भएका छन् । ब्यांक र अस्पतालबीच भएको सम्झौता अनुसार प्रयोगशाला र बेड चार्जमा १० प्रतिशत छूट तथा रेडियशनसहितका थेरापीमा पाँच प्रतिशत छूट दिइनेछ । यो सुविधा ब्यांकका कार्ड प्रयोगकर्ताहरुसँगै परिवारका सदस्यलाई पनि प्राप्त हुनेछ ।

नेपाल बाङ्लादेश ब्यांकले सल्यानको रामपुर र नवलपरासीको बुलिङ्टारमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी शाखाबाट ग्राहकले निक्षेप, कर्जा, रकम भुक्तानी लगायत सम्पूर्ण ब्यांकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यीसहित ब्यांकका शाखा ८०, एक्सटेन्सन काउन्टर ७, शाखारहित घरदैलो ब्यांकिङ ६ र एटीएम काउन्टर ५७ वटा पुगेका छन् ।

comments powered by Disqus

रमझम