९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

आइफोन का तीन मोडल

Share:
  

नेपालका लागि एप्पल इन्कको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसनले आइफोन का तीन नयाँ मोडल एक्सएस, एक्सएस म्याक्स र एक्सआर सार्वजनिक गरेको छ । आइफोन एक्सएस ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यो मोडल स्पेस ग्रे, सिल्भर र गोल्डेन गरी तीन रंगमा पाइन्छ । त्यस्तै, ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजसहितको एक्सएस म्याक्स स्पेस ग्रे, सिल्भर र गोल्डेन रंगमा पाइन्छ । ६४ जीबी, १२८ जीबी र २५६ जीबी फरक स्टोरेज क्षमताका एक्सआर ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लू र ह्वाइट गरी ६ रंगमा उपलब्ध छन् । तीन वटै मोडलका आइफोन मा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल ले ९ हप्तासम्मको लागि हरेक हप्ता २००० एमबी डाटा निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

हुवावे को मेट ट्वान्टी प्रो

मोबाइल फोन उत्पादक कम्पनी हुवावे ले मेट ट्वान्टी प्रो स्मार्टफोनको बिक्री शुरु गरेको छ । यो फोनमा अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा जडान गरिएको छ । सोफिस्टिकेटेड थ्रीडी फेस रिकग्निसन, इनस्क्रिन फिङ्गर प्रिन्ट सेन्सर, सिनेमा मोड, ४२०० एमएएचको ब्याट्री क्षमता लगायतका विशेषता रहेको यो स्मार्टफोनमा ओएलइडी ६.३९ इन्चको स्क्रिन छ ।

यसमा किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज जस्ता अत्याधुनिक विशेषता छन् । यसले १५ देखि ४० वाटसम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ । रिभर्स चार्जिङलाई पनि सपोर्ट गर्ने हुनाले मेट ट्वान्टी प्रो लाई पावर ब्यांकका रूपमा पनि काम गर्न सकिने कम्पनीले जनाएको छ । एमरालन्ड ग्रिन रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य रु.१ लाख २९ हजार ९०० तोकिएको छ ।

जीतपुर र गौरमा बजाज शोरुम

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बाराको जीतपुर र रौतहटको गौरमा नयाँ शोरुम स्थापना गरेको छ । जीतपुरमा खुलेको न्यू एसडीएस इन्टरप्राइजेज र गौरको गुप्ता अटोमोबाइल्स दुवै शोरुमले सेल्स, सर्भिस र स्पेयर पार्टस् (थ्री–एस) सुविधा प्रदान गर्नेछन् । बजाज बाइकको बढ्दो माग तथा ग्राहकलाई सहज सेवा प्रवाह गर्न शोरुम थप गरिएको कम्पनीले जनाएको छ । शुभारम्भको अवसरमा दुवै शोरुमले बाइक खरीदकर्ताको लागि विशेष छूट र उपहारको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

प्रोस्टाइलको सफ्ट एण्ड साइनी हेयर आयल

डाबर नेपाल प्रालिले प्रोस्टाइल ब्राण्डमा कपालमा लगाउने नयाँ तेल सार्वजनिक गरेको छ । डाबर ले प्रोस्टाइलको नयाँ रेन्ज सफ्ट एण्ड साइनी हेयर आयल बजारमा ल्याएको हो । बदाम र एलोभेराबाट बनाइएको यो हेयर आयलले कपाल झर्नबाट जोगाउने कम्पनीको दाबी छ । यो आयल ७५ र १५० मिलिलिटरको बोतलमा उपलब्ध छ । जसको बजार मूल्य क्रमशः रु.५५ र रु.९५ तोकिएको छ ।

हिमालयन ब्यांकले मोबाइल ब्यांकिङ एप शुरु गरेको छ । एप सार्वजनिक गर्दै ब्यांकका वरिष्ठ महाप्रबन्धक इजाज कादिरले ग्राहकलाई ब्यांकिङ कारोबारमा सहजता प्रदान गर्न मोबाइल एप शुरु गरिएको बताए । उनले आधुनिक प्रविधिका साथै सुरक्षित भएकाले ढुक्क भएर एपमार्फत कारोबार गर्न आग्रह पनि गरेका छन् । एपमार्फत रकम ट्रान्सफर, रिचार्ज कार्ड खरीद, इन्टरनेट र डिस होमको बिल भुक्तानी गर्न सकिने ब्यांकले जनाएको छ । ५६ शाखा रहेको ब्यांकले १०८ एटीएम केन्द्रमार्फत पनि सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

रमझम