२३-२९ मंसिर २०७५ | 9-15 December 2018

नयाँ प्याकमा डाबर हेयर आयल

Share:
  

डाबर नेपालले डाबर स्पेशल हेयर आयल नयाँ र आकर्षक प्याकमा बजारमा ल्याएको छ । ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेवलका साथ फ्लिपकप बिर्कोसहितको नयाँ प्याक उपभोक्तामाझ ल्याएको कम्पनीले जनाएको छ ।

प्राकृतिक तत्व हिविस्कस र लेमनको सम्मिश्रण रहेको तेलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्ने डाबरको दाबी छ । डाबर स्पेशल हेयर आयल ‘कन्फिडेन्स सुन्दरताको’ नाराका साथ गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरेको छ ।

नयाँ प्याक सार्वजनिक गरेको अवसरमा कम्पनीले ५० मिलिलिटरको प्याकमा रु.५, १०० मिलिलिटरमा रु.१० र २०० मिलिलिटरमा रु.१५ छूट दिएको छ ।

ओरिएन्ट का हिटर र इलेक्ट्रिक गिजर

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको कम्पनी ईओएल प्रालिले ओरिएन्ट ब्राण्डको हिटर र इलेक्ट्रिक गिजर बजारमा ल्याएको छ ।

एचसी–२००३–डी मोडलको हिटरमा दुई वटा हिटिङ पोजिसन छन् । नाइट लाइट समेत रहेको २००० वाटको उक्त हिटरको मूल्य रु.५ हजार ४९१ तोकिएको छ ।

त्यस्तै, थर्मोस्टेट, मल्टिफङ्सन भल्भसहितको औरा नियो मोडलको एक लिटर क्षमताको इलेक्ट्रिक गिजरको मूल्य रु.६ हजार ९९४ रहेको छ भने तीन लिटर क्षमताको मूल्य रु.९ हजार ९८९ तोकिएको छ । यी दुवै गिजरमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ ।

हिमस्टार का नयाँ वूफर्स

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले १७, १८ र १९ सीएमपीएलका वूफर सार्वजनिक गरेको छ । यी सबै मोडलका वूफरमा एलईडी डिस्प्ले, ब्लूटुथ र फूलफंक्शन रिमोट कन्ट्रोल जस्ता विशेषता छन् ।

१७ सीएमपीएल मोडल कालो रङमा उपलब्ध छ । आरएमएस २०Š२ को आवाज निकाल्ने यसमा यूएसबी, डिजिटल रेडियोलगायतका विशेषता छन् ।

कालो रङमा नै उपलब्ध १७ सीएमपीलकै जस्तै विशेषता भएको १८ सीएमपीएलले आरएमएस ४०Š५ को आवाज निकाल्छ भने १९ सीएमपीएल मोडलले आरएमएस २०Š५ को आवाज निकाल्छ ।

नबिल ब्याङ्क लिमिटेडले आफ्ना भिसाकार्ड ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत नबिलको भिसाकार्डबाट कारोबार गर्दा ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

नबिलको डेबिट, क्रेडिट, प्रिपेडमध्ये कुनै पनि कार्डबाट नेपाल भित्रका पोइन्ट अफ सेल (पीओएस) मार्फत कारोबार भएको रकमको १० प्रतिशत नगद फिर्ता हुनेछ । यो योजना १४ मंसीरदेखि १६ पुससम्म लागू हुने ब्याङ्कले जनाएको छ ।

एनआईसी एशिया ब्याङ्क लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–२६ बुढीबजारमा नयाँ शाखा स्थापना गरेको छ । योसँगै ब्याङ्कको शाखा संख्या २६८ पुगेको छ । उक्त ब्याङ्कले २७६ एटीएम, ३७ एक्सटेन्सन काउन्टर र १८ शाखारहित ब्याङ्किङ इकाइबाट १३ लाख ५० हजार बढी ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । एनआईसी एशियाको कुल निक्षेप करीब रु.१६९ अर्ब तथा कर्जा रु.१४४ अर्ब रहेको छ ।

सिभिल ब्याङ्क लिमिटेड र आइएमई डिजिटल सोलुसन्स लिमिटेडबीच डिजिटल सेवा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटलका प्रमुख परिचालन अधिकृत ड्यानियल डी. श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमई–पेमार्फत सिभिल ब्याङ्क वा अन्य ब्याङ्कमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत्, ल्यान्डलाइन, एडीएसएल, डिसहोमको बिल भुक्तानी गर्न तथा एअरलाइन्स र सिनेमाको टिकट समेत किन्न सकिनेछ ।

comments powered by Disqus

रमझम