१-७ पुस २०७५ | 16-22 December 2018

हुन्डाई टुशन २०१९ नेपालमा

Share:
  

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले एसयूभी टुशन २०१९ नेपालमा भित्र्याएको छ ।

नयाँ टुशन आकर्षक डिजाइन, अत्याधुनिक सुरक्षा विशेषता, शक्तिशाली चार सिलिण्डर इन्जिनयुक्त रहेको कम्पनीले जनाएको छ । ठूलो आन्तरिक स्पेससहितको टुशन २०१९ मा अगाडिको सिट तताउन÷चिस्याउन मिल्ने प्रविधि र ताररहित स्मार्टफोन चार्जिङ सुविधा छ । यसको पछाडिको सिट पनि एडजस्टेबल छ ।

फोर ह्वील ड्राइभ, रियर पार्किङ असिस्ट, ६ वटा एअर ब्याग, पछाडि हेर्न मिल्ने इलेक्ट्रोनिक क्रोमिक ऐना, लेदर स्टेरिङलगायत विशेषता रहेको १९९५ सीसीको नयाँ टुशनमा ७ स्पिड अटोमेटिक गियर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एलईडी हेड र टेल लाइट, लेन चेन्ज वार्निङ, अगाडि र पछाडि डिस्क ब्रेकलगायतका सुविधा पनि छन् ।

सुजुकी को वर्गम्यान १२५

सुजुकी टू ह्वीलर्सको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकी वर्गम्यान १२५ स्कूटर सार्वजनिक गरेको छ ।

ट्यूबलेस टायर, १२४.३ सीसीको इन्जिन, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको यो स्कूटरमा ५.६ लिटर इन्धन अट्ने ट्यांकी छ । वर्गम्यान १२५ मा एलइडी हेड लाइट, एलइडी टेल ल्याम्प, यूएसबी चार्जलगायतका विशेषता छन् । यसको बजार मूल्य रु.२ लाख २९ हजार ९०० तोकिएको छ । भीजी अटोमोबाइल्सले जापानी कम्पनी सुजुकीका स्कूटर तथा मोटरसाइकल ७३ वटा डिलरमार्फत देशभर बिक्री गरिरहेको छ ।

पोखरामा नेबिको को नयाँ डाइजेस्टिभ

नेबिको प्रालिको नयाँ उत्पादन डी. ट्वान्टी डाइजेस्टिभ बिस्कुट पोखरामा पनि बिक्री शुरु भएको छ । मेटालिक प्याकमा उपलब्ध उक्त बिस्कुटमा शरीरलाई आवश्यक पोषकतत्व रहेको कम्पनीको दाबी छ । शक्ति र फाइबरसहित मीठो स्वादमा उपलब्ध ९० ग्राम तौलको नयाँ डाइजेस्टिभको बजार मूल्य प्रति प्याकेट रु.२० तोकिएको छ ।

नेपाल ब्यांक लिमिटेडले ‘नागरिक बचत खाता’ नामक नयाँ निक्षेप योजना शुरु गरेको छ ।

न्यूनतम रु.१० हजार मौज्दातमा खाता खोल्न सकिने यस योजनाअन्तर्गत ग्राहकले रु.१० लाखसम्मको दुर्घटना बीमा र रु.२५ हजारसम्मको औषधोपचार सुविधा पाउनेछन् । यस योजना अन्तर्गत ग्राहकलाई भिसा डेबिट कार्ड, एबीबीएस, सी–आस्वा, डिम्याट, मेरो शेयर, इन्टरनेट ब्याङ्किङ र स्मार्ट मोबाइल ब्याङ्किङ जस्ता सेवा पनि निःशुल्क प्रदान गरिनेछ ।

योजनाअन्तर्गत ग्राहकलाई उपलब्ध गराउने दुर्घटना बीमा र औषधोपचार सुविधाका लागि ब्याङ्कले आईएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयका स्वयंसेवक शिक्षकहरुलाई आर्थिक सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुरुप ब्याङ्कले टिच फर नेपाललाई रु.१० लाख सहयोग गर्नेछ ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ब्याङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक, सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गरिरहेको र भविष्यमा थप सहयोग गर्दै जाने बताएका छन् ।

टिच फर नेपालले दाङ, लमजुङ, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोकमा रहेका ५१ वटा सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकमार्फत अध्यापन गराइरहेको छ । राष्ट्रिय वाणिज्य ब्याङ्कका ७४ जिल्लामा २०८ वटा शाखा, १६५ एटीएम र ९३ वटा शाखारहित ब्याङ्किङ इकाइ छन् ।

comments powered by Disqus

रमझम