८-१४ पुस २०७५ | 23-29 December 2018

रुस्लान अल्ट्रा प्रिमियम भोड्का

Share:
  

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुस्लान अल्ट्रा प्रिमियम भोड्का सार्वजनिक गरेको छ । ४० वर्षदेखि भोड्का उत्पादन गर्दै आएको उद्योगले बजारको मागअनुसार प्रिमियम ब्राण्डको उत्पादन थालेको जनाएको छ ।

मल्टी–डिस्टिलेशन प्रक्रियाबाट उत्पादन गरिएको अल्ट्रा प्रिमियम भोड्का ७५० मिलिलिटर बोतलको मूल्य रु.१८००, ३७५ मिलिलिटरको रु.९०० र १८० मिलिलिटर बोतलको मूल्य रु.४५० तोकिएको छ ।

भायनेट को नयाँ शाखा पोखरामा

इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स प्रालिले पोखराको नयाँबजारमा शाखा खोलेको छ ।

भायनेट ले पोखराबाटै नोकियासँगको सहकार्यमा ‘अल्ट्रा ब्रोडब्यान्ड’ क्षमतासहितको नेटवर्कको पनि शुरुआत गर्दैछ । एक सेकेण्डमा १०० मेगाबाइट्स डेटा ट्रान्सफर हुने ‘अल्ट्रा ब्रोडब्यान्ड’ नेटवर्कबाट प्रयोगकर्ताले अल्ट्रा हाई डेफिनिसन (फोर के) भिडियो सामग्री, अनलाइन भिडियो स्ट्रिमिङ साइटलगायतका इन्टरनेट एप्लिकेसन्स सजिलै प्रयोग गर्न सक्छन् ।

भायनेट ले १९ वर्षदेखि ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गरिरहेकोे छ । त्यस्तै, सन् २०१६ देखि नेट टिभीसँगको सहकार्यमा शुरु भएको इन्टरनेट टिभीमा ५५ एचडी सहित १९० च्यानलहरु हेर्न सकिने कम्पनीले जनाएको छ । भर्खरै भायनेट ले विशेष योजना सार्वजनिक गर्दै इन्टरनेटका वार्षिक ग्राहकलाई एक वर्षको नेट टिभी र सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।

सिभास एक्सभी बजारमा

नेपाली बजारमा सिभास रिगल एक्सभी ह्विस्की आएको छ । १५ वर्ष पुरानो ब्लेन्डेड स्कचबाट एक्सभी तयार पारिएको कम्पनीले जनाएको छ ।

लक्जरी ब्लेन्डेड स्कच ह्विस्कीको रुपमा चिनिने सिभास ब्रदर्सको उत्पादन सिभास रिगल पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध छ । पारदर्शी बोतलमा प्याकेजिङ गरिएको एक्सभी १०० सिएलको मूल्य रु.१०हजार २०० तोकिएको छ ।

सिभिल ब्याङ्क लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सिभिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सको बीमा सेवा सिभिल ब्याङ्कका देशभर रहेका शाखामार्फत उपलब्ध हुनेछन् ।

सिभिल ब्याङ्कले यसअघि पनि मेटलाइफ, एलआईसी नेपाल, रिलायबल, नेपाल लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बीमा कम्पनीसँग सम्झौता गरी जीवन तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ४४औं शाखा कीर्तिपुरमा स्थापना भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा चापागाईले बीमाको पहुँच फराकिलो हुँदै गएको अवस्थामा स्वस्थ प्रतिस्पर्धामार्फत ग्राहकलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न आईएमईलाई सुझाव दिएका छन् ।

आईएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासिकसम्म करीब रु.३२ करोड बीमा शुल्क र खुद नाफा रु.२ करोड ६२ लाख आर्जन गरेको छ ।

कतारको दोहा ब्याङ्कले काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले ४ पुसमा कार्यालयको उद्घाटन गरेका हुन् ।

ब्याङ्कको सम्पर्क कार्यालयले नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्ने र नेपालमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

comments powered by Disqus

रमझम