१५-२१ पुस २०७५ | 30 Dec 2018 - 5 Jan 2019

निसान को ‘विन्टर अफर’

Share:
  

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘विन्टर फेष्ट अफर’ ल्याएको छ । अफरअन्तर्गत ग्राहकले हरेक निसान गाडीको खरीदमा रु.५ लाखसम्म छूट पाउने साथै, तीन वर्षको वारेन्टी र सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् । निसान ले एक्स–ट्रायल, टेरानो, नाभारा, सन्नी, मिक्रा एक्टिभलगायतका गाडी बिक्री गर्दै आएको छ ।

डाट्सन को ‘बोनान्जा अफर’

नेपालका लागि डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘डाट्सन बोनान्जा अफर’ सञ्चालन गरेको छ । नयाँ वर्ष २०१९ का अवसरमा सञ्चालित योजनाअन्तर्गत ग्राहकले डाट्सन को गाडी खरीदमा विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागी ग्राहकले रोयल्टी बोनस, फाइनान्स सुविधा, तीन वर्षको वारेन्टीका साथै गाडी एक्सचेन्जको अफरसमेत पाउनेछन् । त्यस्तै, रु.१ लाख ९० हजारसम्म नगद छूट र रु.१ लाख १० हजार बराबरको निःशुल्क एसेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

चैतमा नेपाल लगानी सम्मेलन

सरकारले आगामी चैत १५ र १६ मा लगानी सम्मेलन गर्ने भएको छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो । ‘नेपाल लगानी सम्मेलन’ मा विभिन्न देशका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली, निजी क्षेत्र र विषय विज्ञको सहभागिता हुनेछ ।

सरकारले जलविद्युत्, निर्यातमूलक उद्योग तथा सडक, रेलसहितका पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा लगानीकर्तासामु प्रस्तुत गर्न सरकारले साढे दुई दर्जन आयोजनामा अध्ययन गरिरहेको बताइएको छ । नेपालमा उपलब्ध अवसरहरु, आर्थिक रुपान्तरणका लागि विभिन्न क्षेत्रमा लगानीलगायतका विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ । विकासको दीर्घकालीन सोच तथा रणनीतिलाई कार्यान्वयन गर्न एवं लगानीका लागि अनुकूल वातावरण बनेको जानकारी दिन सरकारले यो सम्मेलन गर्न लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
ठमेलमा ‘छाया सेन्टर’

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ सञ्चालनमा आएको छ । ‘ठमेलभित्रको ठमेल’ का रुपमा प्रवद्र्धन गरिएको छाया सेन्टरमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न पसल, एअरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट तथा सेमिनार हल, रेस्टुरेन्ट, क्लबलगायत उपलब्ध छन् । यस्तै, ब्याङ्क शाखा र कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म ‘अलफ्ट ब्राण्ड’ को अत्याधुनिक होटल सञ्चालन हुनेछ । करीब १५ रोपनी क्षेत्रफलमा बनेको व्यापारिक कम्प्लेक्सको लागत रु.५ अर्ब रहेको निर्माण पक्षले जनाएको छ ।

सेञ्चुरी कमर्सियल ब्याङ्क लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ब्याङ्कास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकले सेञ्चुरी कमर्सियल ब्याङ्कबाट सन नेपाल लाइफको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्नुका साथै दाबी भुक्तानीलगायतका सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सन्राइज ब्याङ्क लिमिटेडले कान्ति बाल अस्पताललाई बर्न वार्डको लागि मेसिन एवं खाद्य सामग्रीहरु सहयोग गरेको छ । ब्याङ्क सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड र सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रुपमा अस्पतालका निर्देशक गणेशकुमार राईलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

comments powered by Disqus

रमझम