२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

टाटा को एनआरजी

Share:
  

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले ‘एनआरजी’ प्यासेन्जर कार सार्वजनिक गरेको छ । कम्प्याक्ट यूटिलिटी भेइकल (सियूभी) मोडलको एनआरजीमा १.२ लिटरको रेभोट्रोन पेट्रोल इञ्जिन, फाइभ–स्पिड म्यानुअल गियरबक्स, १८० एमएम ग्रान्ड क्लियरेन्सलगायतका विशेषता छन् । यसमा क्यानोयन अरेन्ज हाइलाइट्ससहित कालो इन्टेरियर, फेब्रिकसहितको बोल्स्टेर्स सिट र २४२ लिटर क्षमताको बुट छ । सस्पेन्सन, पाँच इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीसहितको एनआरजीमा डुअल टोनसहितका फोर स्पोक डुरअलोय चक्काहरू छन् । साथै, यो कारमा डुअल फ्रन्ट एयरब्याग, पार्किङ सेन्सरलगायतका सुरक्षा प्रणाली छन् । मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तीन रंगमा उपलब्ध एनआरजीको मूल्य रु.२९ लाख ५५ हजार तोकिएको छ ।

डिसहोम को उज्ज्वल भविष्य योजना

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘डिसहोम उज्ज्वल भविष्य’ योजना ल्याएको छ । योजनाअन्तर्गत डिसहोम ले विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन र शैक्षिक सामग्री हस्तान्तरण गरिरहेको छ । पहिलो चरणमा डिसहोम ले पर्साको पोखरियामा रहेको श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, झोला र न्यानो टोपी वितरण गरेको छ ।

डिसहोम ले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपाली, हिन्दी तथा विदेशी च्यानलहरू प्रसारण हुने डिसहोम को जडान मूल्य रु.२९९९ छ भने रु.२५० देखि माथिका मासिक प्याकेजहरू रहेको कम्पनीले जनाएको छ ।

स्ट्रिक्स को मेगा हेयर शो

प्रिमियम हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले मेगा हेयर शो ‘हेयर एन्ड बियोन्ड’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपस्थित सहभागीहरूले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ र कलरिङबारे नवीनतम प्रचलन र प्रविधि सम्बन्धी जानकारी लिएका थिए । मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनलले कपाल स्ट्रेट गर्ने ‘स्ट्रेटनिङ सोलुसन क्यन्भो लाइन’ सार्वजनिक गरेको छ ।

सनराइज ब्याङ्क लिमिटेडले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न क्रियाशील संस्था टिच फर नेपाललाई रु.५ लाख सहयोग गरेको छ । उक्त रकमको चेक ब्याङ्कका सञ्चालक समिति अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्तरुपमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् । शैक्षिक क्षेत्रमा योगदान गरिरहेको टिच फर नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको ब्याङ्कले जनाएको छ । टिच फर नेपालले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र सार्वजनिक शिक्षालाई सबल बनाउन स्नातक उत्तीर्ण स्वयम्सेवी शिक्षकमार्फत सार्वजनिक विद्यालयहरूमा अध्यापन गराउँदै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा विस्तार गरेको छ । दुवै शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले गरेका हुन् । शाखा उद्घाटनका क्रममा डा. अर्यालले न्यून आय भएका शहरी तथा ग्रामीण भेगका बासिन्दाहरूको जीवन बीमामा पहुँच पुर्‍याउने कम्पनीको उद्देश्य रहेको बताए । कम्पनीले हाल ६९ शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।

अजोड इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ ब्याङ्क लिमिटेडबीच ब्याङ्कास्योरेन्स भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र ब्याङ्कका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम ब्याङ्कका ग्राहकले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा ब्याङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

एनआईसी एशिया ब्याङ्क लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१:२०१५’ पाएको छ । कम्पनीले दिने सेवा, गुणस्तर, व्यवस्थापनलगायतका पक्षलाई मापदण्ड बनाएर यूनाइटेड रजिष्ट्रर अफ सिस्टम–यूकेले उक्त प्रमाणपत्र प्रदान गर्ने गर्छ । ब्याङ्कका देशभर २७० शाखा, २८९ एटीएम, ३७ एक्स्टेन्सन काउण्टर र २२ वटा शाखारहित ब्याङ्किङ इकाइ छन् ।

comments powered by Disqus

रमझम