६-१२ माघ २०७५ | 20-26 January 2019

स्काइवर्थ लाई चार अवार्ड

Share:
  

घरेलु उपकरण तथा टेलिभिजन उत्पादक कम्पनी स्काइवर्थ ले सीईएस–२०१९ कार्यक्रममा चार अवार्ड प्राप्त गरेको छ । स्काइवर्थ लाई ‘२०१८–२०१९ शीर्ष ५० ग्लोबल सीई ब्राण्ड’, ‘शीर्ष १० सीई ब्राण्ड’ तथा ‘शीर्ष १० ग्लोबल टिभी ब्राण्ड’ अवार्ड प्रदान गरिएको हो । स्काइवर्थ ले प्रोडक्ट अवार्डअन्तर्गतको ‘द एआई स्मार्ट डूअल इकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवार्ड’ पनि प्राप्त गरेको छ ।

स्काइवर्थ ले गुगल, अमेजन र अन्य टेक्नोलोजी कम्पनीसँग इन्टेलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी पनि गरेको छ ।

डिसहोम को आईपीओ

डिस मिडिया नेटवर्क लिमिटेडको नवौं वार्षिक साधारण सभाले सर्वसाधारणका लागि १० प्रतिशत शेयर निष्कासन गर्ने निर्णय गरेको छ । साधारण सभाले यस अघिकै सञ्चालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने पनि निर्णय गरेको छ । डिसहोम को सञ्चालक समिति अध्यक्षमा हेमराज ढकाल छन् ।

स्याटेलाइट प्रविधिमा आधारित डिटीएच टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम ले एचडी तथा एसडी प्याकेज प्रदान गर्दै आएको छ ।

जगदम्बा सिमेन्टको हवाई यात्रा

जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई गोसाइँकुण्ड यात्रा गराएको छ ।
कम्पनीले सञ्चालन गरेको ‘हवाई यात्रा’ कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत ग्राहकलाई गोसाइँकुण्ड भ्रमण गराएको हो । विभिन्न समयमा हुने यस्ता कार्यक्रमले देशको आन्तरिक पर्यटनलाई टेवा दिनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

जगदम्बा ले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) तथा पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पीएसी) उत्पादन गर्छ ।

सनराइज ब्याङ्कले ६ वटा प्रादेशिक कार्यालय स्थापना गरेको छ । ब्याङ्कले प्रदेश–१ को इटहरी, प्रदेश–२ को लहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरियामा कार्यालय स्थापना गरेको हो । प्रादेशिक कार्यालयले मातहतका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय ब्याङ्किङ सेवा, संस्थागत सुशासनका साथै व्यापार विस्तारका काम छिटोछरितो र चुस्त रूपमा गर्ने ब्याङ्कले जनाएको छ ।

ब्याङ्कले १०२ शाखा, २८ शाखारहित ब्याङ्किङ सेवा, चार एक्सटेन्सन काउण्टर र ११४ एटीएममार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हिमालयन ब्याङ्क लिमिटेडले मास्टर कार्डको सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । नयाँ कार्ड शुभारम्भको अवसरमा ब्याङ्कले मास्टर कार्डबाट सामान खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक दिने जनाएको छ । नयाँ खाता खोल्ने ग्राहकले भने मास्टर कार्ड निःशुल्क पाउनेछन् ।

उक्त कार्ड नेपाल तथा भारतका एटीएम र पीओएस (प्वाइन्ट अफ सेल्स टर्मिनल) मेशीनमा प्रयोग गर्न सकिनेछ । मास्टर कार्ड भारतमा प्रयोग गर्दा समेत कुनै शुल्क नलाग्ने ब्याङ्कले जनाएको छ ।

सिभिल ब्याङ्क लिमिटेडले अनलाइनबाट खाता खोल्ने सुविधा शुरु गरेको छ । यो सुविधा ब्याङ्कको बेवसाइट धधध।अष्खष्दिबलप।अयm।लउ तथा ‘को बन्छ करोडपति’ (केबीसी) को मोबाइल एपमार्फत उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेपश्चात् कोड उपलब्ध हुनेछ । त्यसपछि ब्याङ्कको कुनै पनि शाखामा गएर कोड भेरिफाई गराएपछि खाता चालु हुनेछ । अनलाइनबाट खोलिएको उक्त खातामा ब्याङ्कले १०० रुपैयाँ जम्मा गरिदिनेछ ।

त्यस्तै यो खातामा निःशुल्क डेबिट कार्ड, चेकबुक, मोबाइल तथा इन्टरनेट ब्याङ्किङ सुविधाका साथै रु.५ लाखसम्म दुर्घटना बीमाको व्यवस्था छ । ब्याङ्कका हाल ७१ वटा शाखा रहेका छन् ।

कुमारी ब्याङ्क लिमिटेड र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड यूकेबीच रेमिटेन्स सेवाको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका काउन्टर र अनलाइन रेमिटेन्स सर्भिसमार्फत नेपालमा पैसा पठाउन सकिनेछ । उक्त पैसा कुमारी ब्याङ्कका देशभर रहेका ८९ शाखा र एजेन्टमार्फत भुक्तानी लिन सकिने जनाइएको छ ।

comments powered by Disqus

रमझम