१३-१९ माघ २०७५ | 27 Jan - 2 Feb 2019

पोखरामा टाटा को एनआरजी

Share:
  

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालै सार्वजनिक गरेको नयाँ कार ‘एनआरजी’ को पोखराबाट समेत बिक्री शुरु गरेको छ । सार्वजनिक समारोहकै अवसरमा पोखराबाट दुई वटा गाडी बिक्री भएको र चार वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।

कम्प्याक्ट यूटिलिटी भेइकल (सीयूभी) मोडलको एनआरजीमा १.२ लिटरको रेभोट्रोन पेट्रोल इन्जिन, पाँच स्पिड म्यानुअल ट्रान्समिसन, १८० एमएम ग्राउण्ड क्लियरेन्सलगायतका विशेषता छन् ।

यसमा क्यानोयन अरेन्ज हाइलाइट्ससहित कालो इन्टेरियर, फेब्रिकसहितको बोल्स्टेर्स सीट, कुल्ड ग्लोभ बक्स र २४२ लिटर स्पेससहितको बुट छ । सस्पेन्सन, लिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली, पाँच इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीसहितको एनआरजीमा डुअल टोनसहितका फोर स्पोक डुरअलोय चक्काहरू छन् ।

एनआरजी डुअल फ्रन्ट एयरब्याग, इबीडी र कर्नर स्टेबिलिटी कन्ट्रोलसहितको एबीएस, स्मार्ट वाइपर, पार्किङ सेन्सरलगायतका सुरक्षा प्रणालीयुक्त छ । मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तीन रंगमा उपलब्ध एनआरजीको मूल्य रु.२९ लाख ५५ हजार तोकिएको छ ।

प्रो–स्टाइलका प्रतियोगी डाबर नेपालको नर्सरीमा

प्रो–स्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल–२०१९ का अन्तिम १५ प्रतियोगीले काभ्रेको बनेपास्थित डाबर नेपालको नर्सरी भ्रमण गरेका छन्  । भ्रमणका क्रममा प्रतियोगीले नर्सरीमा गरिएको उत्पादन, ग्रीन हाउसका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यबारे जानकारी लिए  ।

नर्सरीका प्रमुख डा. पंकज राठुरीले प्रतियोगीहरूलाई डाबर नेपालले गरेको दुर्लभ जडीबुटीको खेती प्रणालीबारे जानकारी गराएका थिए । उनीहरूले डाबर नेपालद्वारा संरक्षित बालकुमारी सामुदायिक वन क्षेत्रमा वृक्षरोपणसमेत गरेका छन् । प्रो–स्टाइल म्यानहन्ट इन्टरनेशनलको ग्रान्ड फिनाले १८ माघमा हुँदैछ ।

रुस्लान को ब्रान्ड एम्बास्डरमा तीन क्रिकेटर

रुस्लान ले तीन जना क्रिकेट खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । एक वर्षका लागि गरिएको ब्रान्ड एम्बास्डर सम्बन्धी सम्झौता क्रिकेटको विकासमा केन्द्रित रहने रुस्लान ले जनाएको छ । रुस्लान ले लामो समयदेखि नेपालका मुख्य खेलको प्रायोजन गर्दै आएको पनि जनाएको छ ।

सिभिल ब्याङ्क लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब एशियन लाइफको बीमा सेवा सिभिल ब्याङ्कका देशभर रहेका ७१ शाखामार्पmत उपलब्ध हुनेछ ।

सिभिल ब्याङ्कले यसअघि पनि विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीसँग सम्झौता गरेर बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

आर्थिक रुपमा कृषिलाई सुदृढ बनाउने उद्देश्यसहित लक्ष्मी ब्याङ्क लिमिटेड र नेपाल एग्री बिजनेश इनोभेसन सेन्टर बीच सम्झौता भएको छ । सम्झौतापश्चात लक्ष्मी ब्याङ्कले एग्री–स्टार्टअप कम्पनी तथा एग्री–एसएमइहरूका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । नेपाल एग्री बिजनेश कृषिसँग सम्बन्धित संस्था हो । यसले कृषि व्यवसायको लागि सल्लाह, परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी ब्याङ्कका ८४ शाखा, तीन हस्पिटल काउन्टर, १०१ एटीएम तथा २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट छन् ।

सिटीजन्स् ब्याङ्क इन्टरनेशनलले ‘बेस्ट प्रेजेन्टेड एनुअल अवार्ड २०१८’ प्राप्त गरेको छ । साउथ एशिएन फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले ब्याङ्कलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सार्क क्षेत्रमा क्रियाशील व्यावसायिक लेखा निकायको छाता संगठनका रूपमा स्थापित साफाले हरेक वर्ष प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ ।

सिटीजन्स् ब्याङ्क इन्टरनेशनलले ८१ शाखा, ७५ एटीएम र ९९ शाखारहित ब्याङ्किङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

रमझम