२०-२६ माघ २०७५ | 3-9 February 2019

रेनो डस्टर आरएक्सएस सार्वजनिक

Share:
  

नेपालका लागि रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले ‘रेनो डस्टर आरएक्सएस’ बजारमा ल्याएको छ ।

रेनो डस्टर आरएक्सएस पेट्रोलबाट चल्ने कार हो । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी, ७ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटूथ जडान गरिएको छ । त्यस्तै डुअल एयरब्याग, एन्टी–लक ब्रेकिङ सिस्टम, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक लगायत सुरक्षा र स्टेरिङ माउन्ट अडियो, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता छन् ।

१.५ डीसीआई इन्जिनयुक्त आरएक्सएसले ८५ एचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ । यो कारमा एअर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, पावर सप्लाई पोर्ट, रियर आर्मरेष्ट लगायतका विशेषता छन् । हलोय ह्वील सहितको डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक छ ।

डिसहोम को सस्तो अफर

डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्कले ‘सस्तो अफर’ ल्याएको छ ।

जसअन्तर्गत गृहिणी र बच्चाहरूका लागि उपयुक्त च्यानलहरू भएको बेसिक प्याकेजको रु.२५०, खेलकुदको सम्पूर्ण च्यानल समावेश भएको मिडियम प्याकेजको रु.३०० तोकिएको छ ।

त्यस्तै सम्पूर्ण एचडी च्यानल सहितको सुपर एचडी प्याकेज रु.३५० र सम्पूर्ण एचडी तथा एसडी च्यानलहरू भएको प्रिमियम एचडी प्याकेज रु.४०० प्रति महीनामा उपलब्ध गराउने कम्पनीले जनाएको छ । १० माघभन्दा अगाडि डिस होम जडान गरेका ग्राहकले वार्षिक शुल्क भुक्तानी गरी यो योजनामा सहभागी हुन सक्नेछन् ।

हाल डिसहोम का १६ लाख ग्राहक रहेको कम्पनीले जनाएको छ ।


ग्लोबल आईएमई ब्याङ्कले पेशागत व्यक्ति तथा कर्मचारीहरूलाई लक्षित गरी ‘ग्लोबल आईएमई प्रोफेशनल लोन’ योजना ल्याएको छ ।

विभिन्न पेशामा सम्बद्ध कर्मचारी लक्षित उक्त योजना अन्तर्गत सेवाग्राहीले विना धितो रु.१५ लाखसम्म ऋण प्राप्त गर्न सक्नेछन् । मासिक किस्ताबन्दीमा पाँच वर्षसम्मको लागि प्रदान गरिने ‘प्रोफेशनल लोन’ सुविधाले आफ्नो पेशाका साथै अन्य क्षेत्रमा लगानी गर्न चाहने कर्मचारीलाई सघाउ पुग्ने विश्वास ब्याङ्कले लिएको छ ।

‘प्रोफेशनल लोन’ सुविधा नेपालभरि रहेका ब्याङ्कका शाखा कार्यालयमार्पmत उपलब्ध हुनेछ । साथै ब्याङ्कले ‘कृषि कर्जा’, ‘साना तथा मझौला व्यवसायी कर्जा’, ‘शैक्षिक कर्जा’, ‘घर तथा गाडी कर्जा’ लगायतका सुविधा प्रदान गर्दै आएको छ । ब्याङ्कले १३३ शाखा, १५ राजस्व संकलन काउण्टर, १४२ एटीएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखारहित इकाइमार्फत देशभर सेवा प्रवाह गर्दै आएको छ ।

मेगा ब्याङ्क नेपालले रुपन्देहीको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले काउन्टरको उद्घाटन गरेका हुन् । योसँगै मेगा ब्याङ्कको एक्सटेन्सन काउन्टर संख्या १९ पुगेको छ । ब्याङ्कका देशभर १०२ वटा शाखा कार्यालय छन् ।

सिभिल ब्याङ्कले बीमा सेवा विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टामोटले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जनरल इन्स्योरेन्सका बीमा सेवा सिभिल ब्याङ्कका देशभर रहेका ७१ शाखामार्पmत लिन सकिनेछ । ब्याङ्कले यसअघि पनि विभिन्न निर्जीवन तथा जीवन बीमा कम्पनीहरूसँग सम्झौता गरी सेवा प्रवाह गरिरहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र नेपाल क्रेडिट एण्ड कमर्स ब्याङ्कबीच ब्याङ्कास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै ब्याङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमाको सेवा एनसीसी ब्याङ्कका जुनसुकै शाखाबाट लिन सक्नेछन् ।

comments powered by Disqus

रमझम