१९-२५ फागुन २०७५ | 3-9 March 2019

टोयोटा को ‘रस रोड शो’

Share:
  

नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले ‘टोयोटा रस रोड शो’ आयोजना गरेको छ । सातदिने कार्यक्रम काठमाडौंबाट शुरु भई चितवन, बुटवल हुँदै पुनः काठमाडौं आएर समाप्त भएको छ । ८ फागुनदेखि शुरु कार्यक्रम अन्तर्गत, चितवनमा तीन र बुटवलमा एउटा रोड शोका साथै दुवै शहरमा ग्राहकसँग अन्तरक्रिया पनि गरिएको थियो । रोड शोका अवसरमा १० वटा टोयोटा रस बुकिङ भएको कम्पनीले जनाएको छ । कार्यक्रम अन्तर्गत, न्यूनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको इन्स्योरेन्स, एक वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहार आदि सुविधा दिइएको थियो ।

बाल्ट्रा को स्मार्ट टेलिभिजन

इलेक्ट्रोनिक सामाग्री उत्पादक प्रसिद्ध कम्पनी बाल्ट्रा ले विभिन्न मोडलका स्मार्ट फोर के यूएचडी टेलिभिजन नेपाली बजारमा भित्र्याएको छ ।

५० र ५५ इन्चका यी टेलिभिजनमा सिनेमा डिस्प्ले, अल्ट्रा स्लिम बडी, वाइड स्क्रिन, हाई रिजोलुसन, मिरा स्क्रिन, एचडीएमआई लगायतका विशेषता छन् । यी सबै टेलिभिजनमा दुई वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ । यसअघि बाल्ट्रा ले ४० इन्चका एफएचडी स्मार्ट टेलिभिजन बिक्री गर्दै आइरहेको थियो ।

नेपाल इन्भेष्टमेण्ट ब्याङ्क स्थापना भएको ३३ वर्ष पुगेको छ । ३३औं वार्षिकोत्सवको अवसरमा ब्याङ्कले ९.२५ प्रतिशत ब्याज प्रदान गरिने क्रमिक मुद्दती खाताको शुरुआत गरेको छ । त्यस्तै, ब्याङ्कले भिसा कार्डका प्रयोगकर्ताहरूको लागि पीओएस मेसिन मार्फत कारोबार गर्दा ३३ प्रतिशत क्यासब्याक दिने जनाएको छ । ब्याङ्कले ७८ शाखा, ८ एक्सटेन्सन काउन्टर, ९ राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ शाखारहित ब्याङ्किङ इकाइ र ११० एटीएम मार्फत सेवा दिइरहेको छ ।

सन्राइज ब्याङ्कले आफ्नो १०३औं शाखा कास्कीको पोखरा महानगरपालिका–१, बगरमा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका छन्् । ब्याङ्कले २८ शाखारहित ब्याङ्किङ इकाइ, ११६ एटीएम मार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

आईएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स ब्याङ्कबीच ब्याङ्कास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात ब्याङ्कका ग्राहकले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स ब्याङ्कका शाखा मार्फत आईएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी ब्याङ्कले आफ्नो ९९औं शाखा काठमाडौंको कीर्तिपुरमा सञ्चालनमा ल्याएकोे छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसाय कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरूको बढ्दो मागका कारण शाखा विस्तारलाई तीव्रता दिएको ब्याङ्कले जनाएको छ । योसँगै ब्याङ्कका ४६ जिल्लामा ९९ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटीएम काउन्टर विस्तार भएका छन् ।

comments powered by Disqus

रमझम