२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

‘सामसङ एस–१०’ को प्रि–बुकिङ

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस १० स्मार्ट फोन नेपाली बजारमा पनि प्रि–बुकिङ गर्न सकिने जनाएको छ । एचडीआर १० प्रमाणित डाइनामिक एमलोडेड डिस्प्ले एवं अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर रहेको फोनमा फुल स्क्रिनको सुविधा छ ।

६.१ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी एस १० मा प्रो–ग्रेड क्यामरा, अल्ट्रावाइड लेन्स, उच्चस्तरीय भिडियो रेकर्डिङ सुविधा, एआई क्यामराका साथै वायरलेस चार्जरको सुविधा छ । १२८ र ५१२ जीबी क्षमतामा उपलब्ध यो फोन प्रिज्म ह्वाइट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्लू गरी तीन रंगमा उपलब्ध छ । ग्यालेक्सी एस १० मार्च १ देखि १४ सम्म प्रि–बुकिङ गर्न सकिने तथा प्रि–बुकिङमा विभिन्न उपकरण र हवाई यात्रामा छुट जस्ता उपहार दिइने कम्पनीले जनाएको छ ।

मिसेलिन टायरको शोरुम टेकुमा

काठमाडौंको टेकुमा मिसेलिन टायरको शोरुम सञ्चालनमा आएको छ । शोरुमको उद्घाटन सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र मिसेलिन इण्डियाका क्षेत्रीय बिक्री प्रबन्धक सत्य प्रसादले संयुक्त रूपमा गरेका छन् ।

शोरुममा मिसेलिन ब्रान्डका सबैखाले गाडी र दुईपाङ्ग्रे सवारी साधनका टायर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सन्राइज ब्याङ्कले आफ्ना डेविट तथा क्रेडिट कार्डको कारोबारमा ५०० देखि १००० सम्म ‘क्यास ब्याक’ (नगद फिर्ता) योजना लागू गरेको छ ।

भिसा कार्डसँग सहकार्य रहेको यो योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा फिर्ता पाइने निश्चित रकम ब्याङ्कले ग्राहकको खातामा जम्मा गरिदिनेछ ।

रु.५ हजारदेखि १० हजारसम्मको कारोबारमा ब्याङ्कले रु.५०० क्यास ब्याक दिनेछ भने १० हजारदेखि १५ हजारसम्ममा रु.७५० र १५ हजारभन्दा माथिको कारोबारमा रु.१००० क्यास ब्याक दिने ब्याङ्कले जनाएको छ ।

ब्याङ्कले १०३ शाखा, २८ वटा शाखारहित ब्याङ्किङ इकाइ, ३ एक्सटेन्सन काउण्टर र ११७ वटा एटीएम मार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

नबिल ब्याङ्कले ‘कन्ट्याक्ट लेस’ कार्डको शुरुआत गरेको छ । उक्त कार्ड मार्फत पीओएस मेसिनमा ट्याप मात्र गरेर कारोबार गर्न सकिनेछ ।

ब्याङ्कका अनुसार ‘नियर फिल्ड कम्युनिकेशन’ (एनएफसी) मेसिन नजिकै अर्को एनएफसी राखेर कनेक्शन गरेपछि कारोबार गर्न सकिन्छ । यसमा कार्ड घुसाउनु आवश्यक पर्दैन । यो कार्ड बढी सुरक्षित भएको ब्याङ्कले जनाएको छ । नबिल ब्याङ्क भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको सदस्य हो । ब्याङ्कले डेबिट, प्रिपेड, क्रेडिट कार्ड तथा एटीएम, पीओएस र ई–कमर्श मार्फत आधुनिक ब्याङ्किङको सेवा दिइरहेको छ ।

नेपाल इन्भेष्टमेण्ट ब्याङ्कले ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयमा दशौं एक्सटेन्सन काउन्टर खोलेको छ ।

काउन्टरको उद्घाटन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, विश्वविद्यालयका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्रा.डा.महेशनाथ पराजुली र स्कूल अफ आर्टस्का डीन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा गरेका हुन् । ब्याङ्कले हाल ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित ब्याङ्किङ इकाई, १११ वटा एटीएम तथा तीन हजार ६६५ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ«े ब्याङ्क लिमिटेडबीच ब्याङ्कासुरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्सुरेन्सका सहायक महाप्रबन्धक आशिष सिंह र ब्याङ्कका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् सर्वसाधारण तथा ब्याङ्कका ग्राहकले माछापुच्छ्रे«को कुनै पनि शाखाबाट सहज रुपमा आईएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउन सक्नेछन् । आईएमई लाइफ इन्सुरेन्सले ६७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

रमझम