३-९ चैत २०७५ | 17-23 March 2019

टोयोटा को ‘रस टू मुस्ताङ’ यात्रा

Share:
  

नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले रस एसयूभी गाडीको मुस्ताङसम्म र्‍याली आयोजना गरेको छ । २० फागुनमा काठमाडौंबाट शुरु भएको र्‍याली मुस्ताङ हुँदै २६ फागुनमा पोखरा पुगेर समापन गरिएको थियो । पहाडी बाटो, चिसो ठाउँ र अफरोडका लागि ‘रस’ एसयूभी उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

उक्त र्‍यालीपछि पोखरामा १५ वटा रस एसयूभी बुकिङ भएको कम्पनीले जनाएको छ । टोयोटा रसमा ६ वटा एअर ब्याग, टायर प्रेसर मनिटरिङ डिस्प्ले, सेन्ट्रल लकिङ, अटोमेटिक एसी लगायतका प्रिमियम विशेषता छन् ।

भी १५ प्रो सार्वजनिक

भीभो नेपालले भी सिरिजको नयाँ स्मार्टफोन भी १५ प्रो सार्वजनिक गरेको छ । यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित एआई ट्रिपल क्यामेरा सेटअप, ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, इन्टेलिजेन्स पर्सनल असिस्टेन्ट, ६.३९ इन्चको सुपर एमोलेड फुल स्क्रिन, फिंगरप्रिन्ट स्क्यानिङ लगायतका विशेषता छन् । यसको वाइड एंगल क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सक्ने कम्पनीले जनाएको छ ।

भी १५ प्रो मा गुगलसँगको सहकार्यमा भ्वाइस कमाण्ड पनि राखिएको छ । यसमा क्वालकम स्न्यापड्रागन ६७५ एआई अक्टा कोर प्रोसेसर प्रयोग गरिएको छ । ६ जीबी र ८ जीबी ¥यामका भिन्न भर्सनमा रहेको भी १५ प्रो को आन्तरिक स्टोरेज १२८ जीबी छ । टोपाज ब्लू रंगमा उपलब्ध उक्त स्मार्टफोनको मूल्य रु.५२ हजार ४९० तोकिएको छ ।

नबिल ब्याङ्कले शेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर बाँड्ने भएको छ ।

२७ फागुनमा सम्पन्न ब्याङ्कको ३४औं साधारणसभाले गएको वर्षको मुनाफाबाट उक्त शेयर दिने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपछि ब्याङ्कको पूँजी रु.९ अर्ब १ करोड नाघेको साधारणसभामा जानकारी गराइएको थियो ।  

आर्थिक वर्ष २०७४/७५ मा रु.३ अर्ब ९८ करोड मुनाफा गरेको ब्याङ्कले अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमशः ७.५२ र ७.५५ प्रतिशतले वृद्धि गरेको छ । ब्याङ्कको सञ्चालन मुनाफा रु.५ अर्ब ६५ करोड छ । आर्थिक वर्ष २०७३/७४ मा वाणिज्य ब्याङ्कहरूमध्ये राजस्वमा बढी योगदान पु‍र्‍याएवापत आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको पनि ब्याङ्कले जनाएको छ ।

ग्लोबल आईएमई ब्याङ्क र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच ब्याङ्किङ सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिविका तर्फबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ब्याङ्कका कीर्तिपुर शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार परीक्षा नियन्त्रण कार्यालयबाट हुने सम्पूर्ण कारोबार ग्लोबल आईएमई ब्याङ्क मार्फत हुनेछ ।

ग्लोबल आईएमई ब्याङ्कले १५ वटा सरकारी कार्यालयमा आफ्नो इकाइ स्थापना गरेर कारोबार सञ्चालन गर्दै आएको छ ।

नेपाल बाङ्लादेश ब्याङ्कले रसुवाको टिमुरे, कन्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर र बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै ब्याङ्कका शाखा ८५ वटा पुगेका छन् ।

ग्राहकलाई सहज ब्याङ्किङ सेवा प्रदान गर्न शाखा विस्तारलाई तीव्रता दिएको ब्याङ्कले जनाएको छ । यी शाखाबाट ग्राहकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण ब्याङ्किङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

ब्याङ्कले सात एक्सटेन्सन काउन्टर, दुई शाखारहित घरदैलो ब्याङ्किङ सेवा तथा ६३ वटा एटीएम मार्फत ब्याङ्किङ सुविधा दिइरहेको छ ।

comments powered by Disqus

रमझम