१०-१६ चैत २०७५ | 24-30 March 2019

बजाज को ‘उल्टो अफर’

Share:
  

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ विशेष ‘बजाज उल्टो अफर’ ल्याएको छ ।

कम्पनीले ‘किनेपछि जित्ने होइन, जितेपछि किन्ने’ नारा सहित ल्याएको योजना अन्तर्गत ग्राहकले मोटरसाइकल खरीद गर्नुअघि स्क्र्याच गर्ने अवसर पाउनेछन् । जस मार्फत रु.१ लाखसम्म नगद पाउन सक्नेछन् । त्यस्तै खरीदपछि पनि रु.१ लाख जित्न सकिने कम्पनीले जनाएको छ ।

बजाज ले पल्सरका विभिन्न मोडलका साथै एभेन्जर, डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

रुस्लान को ‘गोल्ड रिजर्भ’

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले प्रिमियम भोड्का रुस्लान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । ‘टेस्ट गोल्ड, फिल गोल्ड’ भन्ने नाराका साथ आएको यो भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स राखिएको छ । यूरोपियन फूड ग्रेडबाट प्रमाणित गोल्ड रिजर्भ आईएसओ/आईईसी प्रमाणित ल्याबमा परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

रुस्लान गोल्डमा उच्च गुणस्तरीय कच्चा पदार्थ, उत्कृष्ट स्पिरिट तथा हिमालयको पानी प्रयोग गरिएको कम्पनीको दाबी छ । यो भोड्का ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटरका बोतलमा क्रमशः रु.२२००, रु.११०० र रु.५५० मा किन्न सकिनेछ । ४० वर्षदेखि नेपाली बजारमा रुस्लान ब्राण्ड बिक्री गर्दै आएको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले मदिराजन्य पेय पदार्थहरू उत्पादन, निर्यात तथा बिक्री–वितरण गर्छ ।

‘सिप्रदी’ ले बनायो विद्यालय

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक संस्था ‘सिप्रदियन सहायता संस्था’ ले सिन्धुपाल्चोकमा विद्यालय निर्माण गरेको छ ।

टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको वित्तीय सहयोग र टाटा ट्रष्ट भारतको सहकार्यमा बलेफी गाउँपालिका–४ मा १२ कोठे विद्यालय भवन निर्माण भएको हो । जलपादेवी माध्यमिक विद्यालयको ४४औं वार्षिकोत्सवको अवसरमा ५ चैतमा सिप्रदीले नवनिर्मित भवन हस्तान्तरण गरेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न रु.३ करोड ४९ लाख खर्च भएको सिप्रदीले जनाएको छ । दुईतले भवनसँगै सिप्रदीले शौचालय निर्माण र खानेपानीको व्यवस्था समेत गरेको छ ।

यामाहा को ‘ग्राहक योजना’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘ह्याप्पी न्यू यामाहा’ योजना अन्तर्गत यामाहा का ७०० जना ग्राहकले सुनको सिक्का जित्न सक्नेछन् । साथै, हरेक मोटरसाइकल तथा स्कूटर खरीदमा पाइने स्क्र्याच कार्ड मार्फत ग्राहकले रु.१ लाखसम्म छूट पाउन सक्ने कम्पनीले जनाएको छ । नयाँ वर्ष योजना अवधिभर यामाहा का हरेक डिलरमा साप्ताहिक लक्की ड्र गरिने र विजेतालाई सुनको सिक्का दिइने बताइएको छ ।

comments powered by Disqus

रमझम