२४-३० चैत २०७५ | 7-13 April 2019

स्कोडा को कोडियाक ‘एलएन्डके’

Share:
  

नेपालका लागि स्कोडा गाडीको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले कोडियाकको नयाँ भेरियन्ट ‘लरिन एन्ड क्लेमेन्ट’ (एलएन्डके) सार्वजनिक गरेको छ ।

‘एलएन्डके’ को बडीमा राखिएका चार वटा ‘वाइड एङ्गल’ क्यामेरा मार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यू’ देखिन्छ । त्यस्तै, ‘ह्यान्ड फ्री पार्किङ’ ले गाडीहरूको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सघाउँछ । यसमा रहेको ‘डोर एज प्रोटेक्सन’ ले ढोकालाई भित्ता वा अन्य वस्तुमा ठोक्किनबाट बचाउने कम्पनीले जनाएको छ ।

यसमा ‘पावर न्याप प्याकेज’ भएकाले लामो यात्रा गर्दा पछाडि बस्ने यात्रु आरामले सुत्न सक्छन्, जसमा टाउको राख्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्याङ्केट पनि उपलब्ध छन् । ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचरले अगाडि र पछाडिका यात्रुबीच सहज संवाद गर्न सहयोग गर्छ ।

स्कोडा कोडियाक ‘एलएन्डके’ मा विद्युतीय नियन्त्रण हुने ‘मल्टिप्लेट क्लच’ छ, जसले अफरोड क्षमता बढाउने कम्पनीको दाबी छ । ‘एलएन्डके’ लाभा ब्लू, क्वार्ज ग्रे, मुन ह्वाइट, म्याजिक ब्ल्याक र म्याग्नेटिक ब्राउन गरी पाँच रङमा उपलब्ध छ । यसको मूल्य रु.१ करोड ५८ लाख तोकिएको छ ।

सामसङ को नयाँ वर्ष योजना

सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षमय २०७६’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत सामसङ टीभीको खरीदमा ३२, रेफ्रिजेरेटरमा १३ र वासिङ मेसीन खरीदमा १८ प्रतिशत छुट दिइएको छ । योजना अन्तर्गत खरीदकर्तालाई लक्की ड्रमा समावेश गरी उपहार समेत प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, लक्की ड्र मार्फत पाँच जना ग्राहकले क्रमशः ५५ र ४९ इन्चको कर्भ टिभी, फाइभ इन वान कन्भर्टेबल रेफ्रिजेरेटर, ८ केजीको फ्रन्टलोड वासिङ मेसीन तथा माइक्रोवेभ ओभन प्राप्त गर्नेछन् । १९ चैतदेखि सञ्चालित योजना ३१ वैशाखसम्म लागू हुने कम्पनीले जनाएको छ ।

नबिल ब्याङ्कले ‘नबिल नारी प्याकेज’ शुरू गरेको छ । प्याकेज अन्तर्गत ‘नबिल प्रिमियम नारी बचत’, ‘नबिल नारी कर्जा’ र ‘नबिल लघु उद्यम कर्जा’ गरी तीन वटा योजना छन् ।

नबिल प्रिमियम नारी बचतमा मोबाइल ब्याङ्किङ, स्थानीय र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड, ड्राफ्ट÷स्विफ्ट ट्रान्सफर, लकर लगायतका विशेषता रहेको ब्याङ्कले जनाएको छ । नबिल नारी कर्जा अन्तर्गत वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा रु.५ लाखदेखि रु.१ करोड ५० लाखसम्म कर्जा लिन सकिनेछ । त्यस्तै, महिला लघु उद्यम कर्जा मार्फत उद्यमी महिलाहरुको संख्या बढाउन ब्याङ्क प्रयासरत रहेको जनाइएको छ । विना धितो रु.१५ लाखसम्म दिन सकिने उक्त कर्जाको वार्षिक ब्याजदर ३.९४ प्रतिशत छ ।

सिभिल ब्याङ्क र नेशनल ब्याङ्किङ इन्ष्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा सिभिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल ब्याङ्किङ इन्ष्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इन्ष्टिच्यूटको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाबारे सिभिल ब्याङ्कले आफ्ना कर्मचारी मार्फत ग्राहकमाझ वित्तीय साक्षरता विस्तार गर्नेछ ।

त्यस्तै, ब्याङ्कले महिला समूह, किसान, रेमिटेन्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । सिभिल ब्याङ्कलाई आवश्यक परेमा ब्याङ्किङ इन्ष्टिच्यूटले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ ।

comments powered by Disqus

रमझम