१-७ वैशाख २०७६ | 14-20 April 2076

हुवावे का पी ३० सिरिज

Share:
  

हुवावे ले ‘पी–३०’, ‘पी–३० प्रो’ र ‘पी–३० लाइट’ गरी तीन मोडलका स्मार्टफोन ल्याएको छ । तीन वटै मोडलमा सुपरस्पेक्ट्रम सेन्सर, डुअल सीम, फिंगर प्रिन्ट सेन्सर, सुपरजुम लेन्स र टाइम अफ फ्लाइट क्यामेरा, स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन लगायतका विशेषता छन् । लाइका क्वाड क्यामेरा प्रणाली रहेको ‘पी–३० प्रो’ मा ४० मेगापिक्सलको क्यामेरा, डुअल भ्यू भिडियो, ४२०० एमएएच ब्याट्री, ६.४७ इन्चको स्क्रिन लगायतका विशेषता छन् ।

ब्रेथिङ क्रिस्टल, एम्बर सनराइज, अरोरा, पर्ल ह्वाइट र ब्ल्याक रंगमा उपलब्ध यी मोडलमध्ये ‘पी–३० प्रो’ को मूल्य रु.१ लाख १९ हजार ९०० तथा ‘पी–३०’ र ‘पी–३० लाइट’ को मूल्य क्रमशः रु.८४ हजार ९०० र रु.३९ हजार ९९० रहेको कम्पनीले जनाएको छ । स्मार्टफोन खरीदका लागि नबिल, माछापुच्छे«, कुमारी, सिद्धार्थ, एनआईसी एशिया, एनएमबी लगायतका ब्याङ्कले शून्य ब्याजदरमा ऋण दिने पनि जनाइएको छ ।

यूएम को नयाँ वर्षे अफर

अमेरिकी मोटरसाइकल यूएमको नेपालस्थित आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्स प्रा.लि.ले नयाँ वर्ष २०७६ लक्षित अफर ल्याएको छ । ‘नयाँ वर्षको बहार’ नामक अफर अन्तर्गत ग्राहकले हरेक मोटरसाइकल खरीदमा रु.५ हजारदेखि रु.१ लाखसम्म नगद जित्न सक्छन् । नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगड सिरिजका विभिन्न मोडलहरु उपलब्ध छन् ।

डीएसआर–२०० को मूल्य रु.४ लाख, डीएसआर–२३० को रु.४ लाख ३५ हजार, हाइपर स्पोर्ट–२३० को रु.६ लाख १४ हजार र रेनेगड स्पोर्ट एसको मूल्य रु.६ लाख २२ हजार तोकिएको कम्पनीले जनाएको छ । २५ चैतदेखि शुरु भएको अफर वैशाख महीनाभर चल्ने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

रमझम