५-११ जेठ २०७६ | 19-25 May 2019

अशोक लेल्याण्ड को दोस्त प्लस’

Share:
  

अशोक लेल्यान्ड का गाडीहरूको नेपालस्थित आधिकारिक बिक्रेता आईएमई मोटर्सले ‘दोस्त प्लस’ पिकअप गाडी सार्वजनिक गरेको छ । यो गाडीमा ६० हर्स पावर, अतिरिक्त लोडिङ स्पेस, १५ इन्चको टायर लगायतका विशेषता छन् । ‘दोस्त प्लस’ गाडीको खरीद प्रक्रियालाई सहज बनाउन सरल फाइनान्स व्यवस्थाका साथै क्यासलेस बीमा पोलिसी सुविधा समेत ल्याएको कम्पनीले जनाएको छ । उक्त गाडी नेपालको भौगोलिक अवस्था सुहाउँदो भएको कम्पनीको दाबी छ । १४७५ किलोग्राम भारवहन क्षमता रहेको ‘दोस्त प्लस’ मा १४७८ सीसीको डिजल इन्जिन छ । ५ स्पिड गियर र ४० लिटरको इन्धन ट्याङ्की भएको यसको मूल्य रु.२० लाख ४० हजार तोकिएको छ ।

जेसीबी को अफर

नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ब्याकहो लोडर र एक्साभेटरमा विभिन्न अफर ल्याएको छ ।

अफर अन्तर्गत कम्पनीले जेसीबी थ्री डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउनेछ । एक्साभेटर र ब्याकहो लोडरको सहज खरीदका लागि फाइनान्स, न्यूनतम डाउनपेमेन्ट, सरल ब्याजदर जस्ता सुविधा उपलब्ध गराइएको छ । यी उपकरण ८५ प्रतिशतसम्म फाइनान्समा खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा जेसीबीका एक्साभेटर, रोलर, कम्प्याक्टर, लोडर लगायत उत्पादन छन् ।

शार्क का हेलमेट

नेपाल इन्भेष्टमेण्ट ब्याङ्कले सुनसरीको देवानगंज गाउँपालिकामा ८०औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन देवानगंज गाउँपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरेकी हुन् ।

ब्याङ्कले काठमाडौं उपत्यकाभित्र २४, उपत्यका बाहिर ५६ शाखाका साथै ११२ एटीएम, १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र र ५१ वटा शाखारहित ब्याङ्किङ इकाई मार्फत सेवा प्रवाह गरिरहेको छ ।

एनआईसी एशिया ब्याङ्क र अल्का अस्पतालबीच ब्याङ्कका ग्राहकले अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी एनआईसी एशिया ब्याङ्कको डेबिट एवम् क्रेडिट कार्ड मार्फत उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा ब्याङ्कका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी, अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया ब्याङ्कका २८३ शाखा, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवम् २६ वटा शाखा रहित ब्याङ्किङ इकाइ संचालनमा छन् ।

अजोड इन्स्योरेन्सले अब ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । सेवाग्राहीको व्यस्त समयलाई ध्यान दिंदै १ वैशाखदेखि सार्वजनिक बिदा र शनिबारको दिन पनि सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ । बिदाका दिन समेत बीमालेख जारी गर्ने, बीमा शुल्क भुक्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

रमझम