२६-३२ जेठ २०७६ | 9-15 June 2019

सामसङ को वल्र्डकप अफर

Share:
  

सामसङ इलेक्ट्रोनिक्सले ‘आईसीसी वल्र्ड कप’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सामसङ टेलिभिजनका केही मोडलमा अधिकतम ४४ प्रतिशतसम्म छूट दिइएको छ । १५ जुलाइसम्म कायम रहने यस्तो छूट टेलिभिजनका मोडल अनुसार फरक हुने कम्पनीले जनाएको छ । एकैपटक रकम भुक्तानी गर्न नचाहने ग्राहकहरूले एक वर्ष अवधिको मासिक किस्ताबन्दीमा पनि रकम भुक्तानी गर्न सक्छन् ।

विभिन्न मोडलका स्मार्ट टेलिभिजनका साथै यूएचडी र स्मार्ट कन्सर्ट लगायतका टेलिभिजनहरू बिक्री गर्दै आएको सामसङ इलेक्ट्रोनिक्सले स्मार्ट टेलिभिजनमा यूट्यूब, नेटफ्लिक्स पनि सजिलै हेर्न सकिने जनाएको छ । त्यस्तै, स्मार्टफोनमा रहेका अन्य मल्टिमिडिया अप्सन पनि टेलिभिजनको पर्दामा हेर्न सकिन्छ । सामसङ ले बजारमा प्रिमियम अल्ट्रा स्लिम डिजाइनमा ४३, ४९, ५५, ६५ र ७५ इन्चका यूएचडी टेलिभिजन सेटहरू उपलब्ध गराइरहेको छ । त्यस्तै, ३२, ४३ र ४९ इन्चका ‘स्मार्ट कन्सर्ट’ मोडलका टेलिभिजन पनि उपलब्ध छन् । यी टेलिभिजनमा आवाज र दृश्यको गुणस्तर उत्कृष्ट रहेकाले ‘होम थिएटर’ को आवश्यकता पूरा हुने कम्पनीको दाबी छ ।

सामसङ का विभिन्न मोडलका टेलिभिजनमध्ये मासिक रु.५३ हजार ३९० किस्ताबन्दीमा क्यूलेड टेलिभिजन खरीद गर्न सकिनेछ । यसको मूल्य रु.५ लाख ४६ हजार ७५० तोकिएको छ । अफरअघि यसको मूल्य रु.७ लाख ८९ हजार ९९० थियो ।

कम्पनीले प्रिमियम यूएचडी मोडलमा पनि भारी छूट दिएको छ । रु.६ लाख ९९ हजार ९९० मूल्यको यो टेलिभिजन आईसीसी वल्र्डकप अफर अन्तर्गत रु.४ लाख ८६ हजारमै उपलब्ध गराउन थालिएको छ । यो टेलिभिजन किस्ताबन्दीमा खरीद गर्न चाहनेले मासिक रु.४७ हजार २९० तिनुपर्नेछ । वारेन्टी सहितका गुणस्तरीय टेलिभिजन खरीदका लागि सामसङ प्लाजा र आधिकारिक डिलरबाट बिल सहित खरीद गर्न कम्पनीले आग्रह गरेको छ । सामसङ छिट्टै ‘आर सिरिज’ मोडलका नयाँ टेलिभिजन सार्वजनिक गर्ने तयारीमा छ ।

मोरङको विराटचोकमा बजाज शोरुम

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले मोरङको विराटचोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

‘मनकामना अटोमोबाइल्स’ नामक उक्त शोरुमले सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा दिनेछ । मोटरसाइकल बिक्रीमा मात्रै नभएर बिक्रीपछिको गुणस्तरीय सेवामा उत्तिकै ध्यान दिइएको कम्पनीले जनाएको छ ।

एनआईसी एशियाले नवलपरासीको कावासोती–६, विष्णुनगरमा २९औं शाखारहित ब्याङ्किङ सेवाको शुरुआत गरेको छ ।

शाखारहित ब्याङ्किङ सेवाले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, स्वीकृत सीमाभित्रको कर्जा कारोबार लगायतको सेवा प्रवाह गर्छ । एनआईसी एशियाका मुलुकभर २८४ शाखा, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवं २९ वटा शाखारहित ब्याङ्किङ इकाइ छन् ।

महालक्ष्मी विकास ब्याङ्कले ललितपुरको झम्सिखेल तथा काठमाडौंको शंखमूलमा नयाँ शाखा विस्तार गरेको छ । यी दुई नयाँ शाखासँगै ब्याङ्कको शाखा संख्या ९५ पुगेको छ । आम जनतामाझ ब्याङ्किङ पहुँच पुर्‍याउन तथा सहज तरिकाले सेवा प्रवाह गर्न शाखा विस्तारलाई तीव्रता दिइएको ब्याङ्कले जनाएको छ ।

comments powered by Disqus

रमझम